×

NMB BANK
NIC ASIA

शुक्रवार रातिको विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् ।

Muktinath Bank

सग्लो रहेका घरमा पनि भित्र छिर्ने हिम्मत अधिकांशको देखिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बेलुका जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा पुग्दा स्थानीयहरू खुला आकाशमुनि ओछ्यान लगाएर सुतिरहेका भेटिए ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर रात बिताउने उनीहरूले बताएका छन् ।

यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको स्थानीय विवश रानाले लोकान्तरसँग बताए ।

'यहीँ ८ जनाको मृत्यु भयो । एकै परिवारका २ जना परे,' दिनभर उद्धारमा खटिएका रानाले भने ।

null

उनी पनि परिवारसहित खुला आकाशमुनि रात बिताउने तयारीमा छन् ।

कात्तिककाे चिसो र शीतमा खुला आकाशमुनि सुत्दा स्वास्थ्य समस्या निम्तिने चिन्ता समेत बढेको छ ।

null

लक्ष्मी नाम बताउने एक महिलाले आफ्नी छोरीलाई मुस्किलले बचाएको बताइन् ।

'मर्न नलेख्या भएर ढुंगा छल्दै बाहिर निस्कियौं । साथमै सुतेकी ५ वर्षकी छोरीलाई बल्लबल्ल तान्न भ्याएँ,' उनले भनिन्, 'हातमा चोट लागेको छ ।'

null

राहत सामग्री आएको सुने पनि आफूहरूको हातमा नपरेको उनको भनाइ छ ।

'राहतको चामल तथा चाउचाउ अलि माथिसम्म ल्याएछन् । हाम्रो हातमा केही परेको छैन,' उनले भनिन्, 'खाने अन्न पनि सबै घरमा पुरियो । केही साथमा छैन ।'

सुतिरहेका बेला शुरूमा झ्याप्पै आएको भूकम्पले यति ठूलो विनाश निम्त्याएको उनीहरूको भनाइ छ ।

null

भूकम्पका कारण जाजरकोटमा १०५ तथा रुकुम पश्चिममा ३८ गरी १४३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । १६६ जना घाइते छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x