×

NMB BANK
NIC ASIA

कार्यालयलाई 'स्मार्ट' बनाउने प्रचण्डको प्रयास

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना– ६८ दरबन्दी कटौती हुँदा २ सचिव घट्ने

काठमाडाैं | पुस १२, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी संख्या २३४ बाट घटाएर १६६ मा झारेको हो ।

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयको शासकीय संरचना यही सातादेखि परिवर्तन हुने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकायका रूपमा विकास गर्नका लागि सचिवको अध्यक्षतामा गठित अध्ययन कार्यदलबाट प्रतिवेदन प्राप्त भई क्रमशः कार्यान्वयनमा लगिएको छ,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार २ सचिव, केही सहसचिव, उपसचिव र शाखा अधिकृतसहित ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ ।

Vianet communication

'प्रधानमन्त्री कार्यालयलाई स्मार्ट कार्यालय बनाउनका लागि अनावश्यक दरबन्दीहरू कटौती गरिएको हो,' आचार्यले लोकान्तरसँग भने, 'हिजो सचिवलाई थन्क्याउने, जिम्मेवारी नदिएर राख्नेजस्तो भएको थियो । अब प्रधानमन्त्री कार्यालयमा सचिव आउन प्रतिस्पर्धा हुने जसरी स्मार्ट कार्यालय बनाउन लागिएको हो ।' 

धेरै सचिव भए पनि काम तथा जिम्मेवारी अभाव महसुस गरेर आफूलाई कारबाही गरी प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएको भन्ने सचिवहरूमा बुझाइ देखिन्छ । तर, अब अनावश्यक दरबन्दी हटाएर स्मार्ट र प्रभावकारी तरिकाले काम हुने हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयजस्तो ठाउँमा आउन सचिवहरूमा हीनताबोध भन्दा पनि प्रतिस्पर्धा हुने उनले बताए ।

'६८ जना कर्मचारीको दरबन्दी कटौती हुँदा राज्य वार्षिक रूपमा करोडौं रुपैयाँ आर्थिक भारबाट जोगिएको छ,' आचार्यले लोकान्तरसँग थपे, 'सबै मन्त्रालयहरूको समेत अनुगमन गर्नुपर्ने निकायका लागि पहिले भएकै महाशाखाहरूलाई एक आपसमा मर्ज गरेर चुस्त र स्मार्ट कार्यालय बनाउन लागिएको हो ।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा १ जना मुख्य सचिव, ७ जना सचिव, ११ जना सहसचिव, ३० जना उपसचिव,४६ जना शाखा अधिकृत, २ जना लेखा अधिकृत,  शाखा अधिकृतअन्तर्गत ३ जना कम्प्युटर अधिकृत, १ जना कम्प्युटर इन्जिनियर, १ जना तथ्यांक अधिकृत, १ जना पुस्तकालय अधिकृत र १ जना छाविकार अधिकृतको दरबन्दी थियो । 

त्यसैगरी २० जना नायब सुब्बा, १ जना लेखापाल, ३४ जना कम्प्युटर अपरेटर, १ जना पुस्तकालय सहायक, १ जना मेकानिकल सुपरभाइजर, ५ जना खरिदार, सवारी चालक, कार्यालय सहयोगी गरी ५१ जना श्रेणीविहीनसहित कुल २३४ जना कर्मचारीहरूको दरबन्दी थियो ।

हेर्नुहोस्, यस्तो थियो साबिक दरबन्दी :

null

null

प्रधानमन्त्री कार्यालयकै सचिव गणेश पाण्डेले दिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, नीति प्रतिष्ठाले समेत दिएको प्रतिवेदनको आधारमा साबिकको दरबन्दीको पुनर्संरचना गरिएको आचार्यले बताए । 

आईटीसँग सम्बन्धित केही दरबन्दीहरू नयाँ थपिएको समेत उनले खुलाए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x