×

NMB BANK
NIC ASIA

मन्त्रीको गाडीमा आगजनी

बालकुमारीमा जलेको प्राडोको इतिहास– मेलम्ची आयोजना, उमाकान्तको चुनाव प्रचारदेखि ज्वालासम्म

काठमाडाैं | पुस १३, २०८०

NTC
Premier Steels

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको छ ।

Muktinath Bank

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत हुन् । 


Advertisment
Nabil box
Kumari

जलेको गाडीको इतिहास 

Vianet communication

'बा २ झ ५८६१ नम्बरको गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हाम्रो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)मा हस्तान्तरण भएको हो,' मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ' यो ल्यान्ड क्रुजर प्राडो गाडी हो ।'

जाप्निज कम्पनी टोयोटाको उक्त गाडी खानेपानी मन्त्रालयको नाममा छ । हस्तान्तरण कहिले भयो भन्ने कुराको लिखित अभिलेख भने नरहेको उनले खुलाए ।

पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरीले उक्त गाडी प्रयोग गर्दा निजी नम्बर प्लेट हालेर चुनाव प्रचार प्रसारमा दुरुपयोग गरेका थिए ।

मन्त्री चौधरीलेबा २ झ ५८६१ नम्बरको  रातोनिलो नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बर प्लेट राखेर चुनावमा दुरुपयोग गरेको आरोप लागेको थियो ।

null

खानेपानी मन्त्रालयका सूचना अधिकारी टेकनाथ दाहालका अनुसार उक्त गाडी मेलम्ची खानेपानी आयोजनाको हो ।

'उक्त गाडी चलाउने ड्राइभरबाट बुझ्दा खानेपानी मन्त्री उमाकान्त चौधरी हुँदा उहाँले मेलम्चीको गाडी झिकाएर चढ्नुभएको थियो,' दाहालले लोकान्तरसँग भने, 'त्यसपछि राम्रो गाडी हो भने चढ्न सकिन्छ कि भनेर तत्कालीन प्रधानमन्त्रीले झिकाउनुभयो, तर चढ्नुभएन ।'

प्रधानमन्त्री कार्यालयमा रहेको गाडी अहिलेको यातायात मन्त्री प्रकाश ज्वालाले छानेर लिएको उनले खुलाए ।

null

खानेपानी मन्त्रालयमा त्यस गाडीको बिल बुक स्टोर शाखामा रहे पनि लिखित केही अभिलेख नरहेको उनले बताए ।

'हामीले त्यस गाडीको विषयमा स्टोर शाखामा पनि बुझ्न लगायौं । तर, त्यहाँ कुनै लिखित अभिलेख नै छैन,' उनले थपे, 'गाडीको बिल बुक हुन सक्ने भनिए पनि अहिले बिल बुक समेत भेटिएको छैन । शायद, मेलम्ची खानेपानी विकास समितिमा केही अभिलेख हुन सक्छ ।'

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जैकी अहमद अन्सारीसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

जलाइएको सरकारी गाडीको बिलबुक नवीकरण भए/ नभएको, इन्स्योरेन्स भए/नभएको सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय दुवै बेखबर छन् ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x