×

NMB BANK
NIC ASIA

‘ऊनको स्वीटर’ फिल्मको गीत युट्युबको ट्रेन्डिङ वानमा

काठमाडाैं | फागुन ११, २०८०

NTC
Premier Steels

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीत ‘फूल’ युट्युबमा ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । 

Muktinath Bank

युट्युबमा संगीततर्फ ट्रेन्डिङ वानमा रहेको गीतलाई रिलिजको एक सातामा १३ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा प्रतिक्रियाहरू समेत सकारात्मक आएका छन् । गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन् । ‘फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं । त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं,’ उनले भने, ‘सबैले पूरा भर्सन पर्खिरहनु भएको थियो । फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो । तर यो पनि धेरैले मन पराइदिनु भयो । हामी उत्साहित छौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गीतमा हर्क साउदका शब्द, सुजनको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ । मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ । 


Advertisment
Nabil box
Kumari

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ । लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो । भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् । ‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो । 

Vianet communication

फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा रहनेछन् । त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् । 

फिल्म वैशाखबाट फ्लोरमा जानेछ । फिल्मलाई पाँचथरमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x