कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
काठमाडाैं | फागुन २७, २०८०
गायिका एलिना चौहानसँगको विवादलाई लिएर साउण्ड सिस्टम व्यवसायीले जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ ।
आइतवार विज्ञप्ति जारी गर्दै दोहोरीगीत प्रतिष्ठानले साउण्ड सिस्टम व्यवसायीको गैरजिम्मेवार र वहिस्कारको सोचबाट उद्धत अभिव्यक्तिप्रति आफूहरूको आपत्ति रहेको बताएको हो ।
‘कलाकार र साउण्ड इञ्जिनियर, टेक्निसियनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रुपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र वहिस्कारको सोचबाट उद्धत अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति छ’ – अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अव्यवहारिक र असहिष्णु अभिव्यक्ति सच्याएर कलाकार र साउण्ड सिस्टम व्यवसायीको सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न समेत दोहोरीगीत प्रतिष्ठानले अपिल गरेको छ । एलिना दोहोरीगीत प्रतिष्ठानको आजीवन सदस्य समेत हुन् ।
गत आइतवार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उक्त घटनालाई लिएर साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एलिनाले माफी मागिसकेकी छिन् ।
यस घटनालाई लिएर विभिन्न गायक गायिकाहरूले गल्ती एलिनाको मात्र नभएकाले साउण्ड टेक्निसियनले पनि माफी माग्नुपर्ने धारणा राखेका छन् ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...