×

NMB BANK
NIC ASIA

बहुप्रतिक्षित खानेपानी आयोजना

दशकदेखि अल्झिएको बुटवलको 'मेलम्ची': झुम्साखोलाको पानी ल्याउन बल्ल हुँदै काम

बुटवल | चैत १८, २०८०

NTC
Premier Steels

बुटवलमा खानेपानीको दीर्घकालीन स्रोत खोजी हुन थालेको करिब तीनदशक हुन लाग्यो । पहाडी जिल्लाबाट बसाइँ सरी बुटवल झर्नेको लहर नै चलेपछि यहाँको जनघनत्व तीव्र रूपमा बढ्दै गयो ।

Muktinath Bank

अध्ययन, रोजगारी र व्यवसायका लागि केन्द्र बुटवल भएपछि शहर विस्तारले तीव्रता पायो । तिनाउ नदी र आसपासका पानीका स्रोतको दोहनले भूमिगत पानी सुक्दै गए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वि.सं. २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ अगाडि सारियो । केही वर्ष काम भए पनि त्यो आयोजना त्यतिकै बिलाएर गयो । २०६० देखि खानेपानीको संकट बढेसँगै वैकल्पिक स्रोत खोजी हुन थाल्यो ।


Advertisment
Nabil box
Kumari

२०७० मा पाल्पाको तिनाउमा पर्ने झुम्सा खोला खानेपानी आयोजना अघि बढाइयो । केही प्राविधिक त्रुटिका कारण तत्कालीन अवस्थामा त्यसले सार्थकता पाउन सकेन । 

Vianet communication

त्यसपछि नयाँ मुहानको खोजी गरी २०७७ मा दैनिक ३ करोड ४० लाख लिटर पानी झारेर बुटवलबासीको प्यास मेट्न झुम्साखोला खानेपानी आयोजना अघि बढ्यो । अब यो बहुप्रतिक्षित आयोजना सम्पन्न हुनेमा बुटवलबासी आशावादी देखिएका छन् ।

फरक स्थानबाट व्यवस्थित ड्याम, ट्याङकी र पाइप लाइनमार्फत बुटवलमा पानी ल्याउने गरी अहिले यो आयोजना अगाडि बढेको हो । ‘बुटवलको मेलम्ची’ भनिएको आयोजना अब भने द्रुत गतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

पाल्पाको तिनाउ गापा वडा नं. ३ र ४ को सिमानामा पर्ने झुम्सा खोलाबाट ड्याम इन्टेक निर्माण कार्य सम्पन्न भएको छ भने अधिकांश पाइप लाइन विस्तारको काम पनि पूरा भइसकेको छ । 

null

पाल्पाको झुम्साखोलादेखि बुटवलको रामफेदीसम्म १३.५ किमी लामो पाइपलाइन विस्तार भइरहेको छ । योमध्ये करिब १२.८ किमी पाइपलाइनको विस्तार कार्य पूरा भइसकेको बुटवल खानेपानी आयोजनाका इन्जिनियर मोहनदत्त भट्टले जानकारी दिए ।

आयोजना शुरू भएलगत्तै फैलिएको कोभिड, वर्षात्को कठिनाई र केही समय स्थानीयहरूको अवरोधले काम प्रभावित भए पनि अहिले भने सबै अवरोध समाधान भएर निर्माण कार्यले तीव्रता पाएको बुटवल खानेपानी अयोजनाको दाबी छ । 

अब तीनमध्ये एउटा भत्किएको क्रसिङ ट्रस ब्रिज निर्माण गर्न बाँकी छ भने पानी प्रशोधन केन्द्र र बुटवलका विभिन्न ठाउँमा गरी १० वटा पानी भण्डारण ट्याङ्की निर्माणका काम बाँकी छन् । बुटवलमा पानी ल्याएपछि पहिलो चरणमा पाँचवटा ‘कोर एरिया’ गोलपार्कमा ट्याङ्की निर्माण गरेर वितरण गरिनेछ । हिलपार्क, बुटवल वडा– ३, वडा– १०, वडा– १२ र सैनिक क्याम्प क्षेत्रमा विशेष ट्याङकी निर्माण गरिनेछ । अर्को चरणमा बाँकी पाँचवटा ट्याङकी निर्माण गरिने छ । 

पानी उत्पादन गर्न प्रशारण पाइप लाइन तथा क्रसिङ ट्रस ब्रिज निर्माणको काम कन्काइ एन्ड कालिका जेभी कोटेश्वर, काठमाडौंले गरिरहेको छ ।

खानेपानी मन्त्री राजेन्द्र राईले समयतालिका निर्माण गरेर निर्माण कार्य अगाडि बढाउन निर्माण कम्पनीलाई आग्रह गरेका छन् । 

आयोजनको अवलोकन गर्दै मन्त्री राईले भने, ‘महत्त्वपूर्ण आयोजनालाई समय लम्ब्याएर होइन, समय तालिका बनाएर छिटो निर्माण सक्नुपर्छ ।’

एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौडेलले झुम्साखोलाको पानी बुटवल झरेपछि लामो प्रसायले दीर्घकालीन सार्थकता पाउने बताए ।

null

झुम्सा खोलाको फिरफिरे घाटमा भत्किएको ट्रस ब्रिजका संरचना हटाउने काम धमाधम भइरहेको र अरू दुई ठाउँमा ट्रस ब्रिज निर्माणको काम चलिरहेको छ । 

झुम्सा खोलाको फिरफिरे घाटमै इन्टेक निर्माणको काम सकिएर केही किमी पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । भत्किएको ट्रसका बारेमा मन्त्रालयले छानबिन समिति गठन गरेर आयोजना स्थलमै पठाएको थियो । 

पश्चिम नेपालको प्रमुख शहर बुटवलमा अहिले तीन लाखभन्दा धेरै जनसंख्या छ । अहिले बुटवलमा झण्डै साढे चार करोड लिटर खानेपानीको माग रहेको बताइन्छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको छ । त्यसको स्रोत भने तिनाउ नदी नै हो । तिनाउबाट दैनिक ८० लाख लिटर र ११ वटा ट्युबवेल (बोरिङ्ग) बाट ९० लाख लिटर खानेपानी आपूर्ति गरिएको खानेपानी संस्थानले जनाएको छ ।

बुटवलमा सबैभन्दा बढी खानेपानी समस्या वडा नम्बर ७ र ८ मा छ । दुई वडालाई लक्षित गरी एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिन लागेको डिप बोरिङ पार्टीका स्थानीय कार्यकताहरूले विरोध गरेपछि रोकिएको थियो ।

चुरे क्षेत्रको निरन्तर दोहनले तराई क्षेत्रमा खानेपानीको विकराल संकट बढ्दै गएको छ । घरायसी प्रयोजन तथा सिँचाइमा जमीनमुनिको पानी प्रयोग हुँदै आएको छ ।

नदी र खोलामा पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा कम हुँदै गएको वर्षा प्रमुख कारण भएको वातावरण इन्जिनियर खेटराज दाहालले बताए ।

उनका अनुसार जमिनको सोस्ने क्षमता, गिट्टी–बालुवा उत्खनन् आदि पनि पानीको सतह घट्नुको कारणका रूपमा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x