×

NMB BANK
NIC ASIA

दोषीको नाममा निर्दोष समातेपछि थुनामुक्त गर्न प्रहरीलाई सर्वोच्चको आदेश

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

सर्वोच्च अदालतले काले सार्कीको ठाउँमा कृष्णबहादुर कार्कीलाई पक्राउ गरेपछि थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ ।

Muktinath Bank

न्यायाधीश प्रकाश कुमारढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमवार बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै कृष्णबहादुर सार्कीलाई हिरासतमुक्त गर्न आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०४२ जेठ १२ मा अन्तिम फैसला भएको मानव वेचविखन मुद्दामा कसूर कायम भई सजाय पाएका काले सार्की र हाल सोही काले सार्की भनी थुनामा रहेका निवेदक बन्दी कृष्ण बहादुर श्रेष्ठ एकै व्यक्ति हुन भन्ने प्रमाणबाट पुष्टि नभएको अदालतको आदेशमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

'यस्तो अवस्थामा निजलाई राखिएको थुना वैध वा कानूनी थुना भन्न नमिली गैरकानूनी थुना देखिन आएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निवेदक बन्दी आजै थुनामुक्त हुने ठहर्छ,' सर्वोच्चले आदेश गरेको छ ।

Vianet communication

कृष्णबहादुर सार्कीलाई गाईने सार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी काले सार्की समेत भएको मानव बेचविखन मुद्दामा प्रतिवादी काले सार्कीलाई अन्तिम फैसला समेतबाट ठहर भएको कैद वर्ष २० कार्यान्वयनका लागि पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०८० फागुन११ मा कैदपुर्जी समेत दिइएको कार्य गैरकानूनी रहेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा परेको थियो ।

'मानिसको पहिचान नै नगरी काले सार्कीको नाउँको कैदमा अर्कै व्यक्ति मेरो बुबालाई पक्राउ गरी कैदीपुर्जी दिई थुनामा राखेको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ,' रिटमा उल्लेख छ ।

सोही रिटउपर भएको सुनुवाई भएपछि सर्वोच्च अदालतले रिटबमोजिम नै आदेश दिएको हो ।

आदेशमा भनिएको छ, 'यी निवेदक बन्दीलाई ठहर भएको भनिएको मानव वेचविखन मुद्दाको मिसील अध्ययन गर्दा, प्रहरी प्रतिवेदनमा काले सार्की विरूद्ध अभियोजन गरिएको देखिन्छ । काले सार्की भन्ने कृष्ण बहादुर सार्की भन्ने सो मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न आएको वा देखिएको अवस्था छैन ।'

हेर्नुहोस् आदेश : 

nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x