×

NMB BANK
NIC ASIA

इलाममा ओलीको स्पष्टोक्ति– एमाले पहिचानविरोधी होइन

इलाम | बैशाख १२, २०८१

NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् । इलामको चुलाचुलीमा बुधबार भएकाे कोणसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारलाई मत माग्दा जातीय कुरा नगर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

Muktinath Bank

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले पहिचानविरोधी नभएको स्पष्ट पार्दै जातका पछि नलाग्न आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाम–२ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गर्दै उनले एमालेले जति अन्य कसैले पनि दलित, मुस्लिम र जनजातिलाई अवसर नदिएको दाबी गरे ।  


Advertisment
Nabil box
Kumari

‘जातीय आधारमा नभइ बिनाभेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन्,’ उनले भने, ‘त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सबै जुटौं । ’

Vianet communication

जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेदवार सुहाङबाहेक कोही नभएको पनि ओलीले दाबी गरे ।  उनले स्व सुवास नेम्वाङले दिएको योगदान नबिर्सन पनि आग्रह गरे ।

राजनीतिमा सहीलाई सही भन्न सक्नुपर्ने बताउँदै ओलीले त्यसमा सुवास सँधै अगाडि रहेको उनले बताए । ‘ज्ञान, क्षमताको हिसाबले सुवासजी सबैका गुरु हुनुहुन्थ्यो । उहाँको असामयिक निधन भएपछि उहाँको क्षेत्रमा उहाँकै छोरालाई उम्मेदवार बनाएका छौं । उहाँको मर्मलाई बुझेर अलमलमा नपरी, भ्रममा नपरी मतदान गर्न पनि  आग्रह गर्दछु,’ उनले भने । 

गठबन्धन र समीकरणले देश सँधै चल्न नसक्ने समेत बताएका छन्  । ‘सँधै समीकरण र सधैँ गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘मिसन– ८४ मा  निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रुपमा हामीले देखाउनु पर्छ ।’ 

अब पनि अनेक प्रकारको जोड–घटाउ र मिलजुल गरेर, बहुमत पुर्याएर देश चल्न नसक्ने ओलीले स्पष्ट पारे । अहिले भने देशलाई बचाउन मात्रै समीकरण गरेको उनको भनाइ थियो ।  

इलाम–२ मा एमालेका सुहाङ र नेपाली कांग्रेसका डम्बर खड्काबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

विशेषगरी पहिचान पक्षधरले एमाले र ओलीलाई पहिचानविरोधी बताउँदै आएका छन् । उनले मंगलबार यसैको सफाइ दिएका हुन् ।

इलाम–२ मा पहिचान पक्षधरले पनि डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार छन् । 
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x