×

NMB BANK
NIC ASIA

सुनसरीमा हेभिवेट नेतालाई बागीले तनाव

कात्तिक २०, २०७४

NTC
Premier Steels
इटहरी, १७ कात्तिक—मंसिर २१ गते दोश्रो चरणमा हुने चुनावको लागि बिहिबार सुनसरीमा उत्साहप्रद मनोनयन दर्ता भएको छ ।News Sunsari
दर्ता गराउनेहरुमा वर्तमान सरकारका उपप्रधानमन्त्री विजय कुमार गच्छादार, वर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमाले सचिव तथा प्रदेश एक संयोजक भीम आचार्य लगायतका छन् ।
४ लाख ७४ हजार ८ सय ३१ जना मतदाता रहेको सुनसरीमा बिहिबार विहान दश बजेबाट मनोनयन दर्ता सुरु भएको थियो ।
चुनावी मैदानमा बहालवाला उपप्रधानमन्त्री, मन्त्री र एमाले सचिव भीम आचार्यसँगै वनराज्य मन्त्री भगवति चौधरी, पुर्वमन्त्री तथा समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राई समेत रहेका छन् ।

कांग्रेसका गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा प्रनितिधिसभाको लागि मनोनयन दर्ता गराए भने अर्थमन्त्रि कार्कीले सुनसरी क्षेत्र नम्बर चारबाट प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराए ।

एमालबाट प्रदेश नम्बर १ को मूख्य मन्त्रीको दावेदारका रुपमा हेरिएका भीम आचार्यले भने प्रदेशसभाको लागि सुनसरी क्षेत्र नम्बर १ को ख बाट आफ्नो उम्मेदवारी दर्ता गराए ।

एमालेकै नेता तथा पूर्व वनराज्य मन्त्री भगवति चौधरीले सुनसरी क्षेत्र नम्बर तीनको प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराइन् । अघिल्लो चुनावमा झिनो मतान्तरले गच्छदारसँग पराजित चौधरी यो पटक पनि गच्छदारसँगैको चुनावी प्रतिस्पर्धामा छिन् ।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले भने सुनसरी क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राईलाई नेपाली कांग्रेसले सघाउने भएको छ । समाजवादी फोरमले चाहिँ अर्थमन्त्री कार्की उठेको सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसलाइ सघाउने छ ।
अघिल्ला चुनावमा ६ क्षेत्र रहेको सुनसरीमा ४ क्षेत्र कायम रहेको छ ।

हेभिवेट नेतालाई बागीको चिन्ता
सुनसरीका 'हेभिवेट' नेताहरुलाई मनोनयन दर्ताकै दिन बागी उम्मेदवारको तनाव भएको छ । गच्छदार उठेको सुनसरी क्षेत्र नम्बर तीनमा कांग्रेसकै प्रभावशाली नेता महेश बास्तोला बागी उम्मेदवार बनेका छन्

आफू दाबेदार रहँदा रहँदै अन्तिम समयमा गच्छदारले आफ्नो निकटका कुमार थापालाई प्रदेशसभामा उठाएकाले बागी दिएको बास्तोलाले बताए ।
यस्तै एमालेका भीम आचार्याविरुद्ध पनि एमालेकै बरुण राईको बागी उम्मेदवारी परेको छ ।
कार्कीविरुद्ध पनि सुनसरी कांग्रेसका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेतले बागी हाल्ने चेतावनी दिएपनि अन्ततः ब्याक भए ।
उनले आफूले पनि उम्मेदवारी दिने पत्रकार सम्मेलननै गरेर बताएका थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x