×

NMB BANK
NIC ASIA

कपिलवस्तुमा पूर्वराजदूत र पूर्वकमाण्डरको रोचक भिडन्त, कसले मार्ला बाजी ? [भिडियो अन्तर्वार्ता]

मंसिर १३, २०७४

NTC
Premier Steels

पकडी, कपिलवस्तु १३ मंसिर- पूर्वराजदूत दीपकुमार उपाध्याय र तत्कालिन माओवादी जनमुक्ति सेनाका कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव) बीचको प्रतिष्पर्धाका कारण कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी रौनक रोच बनेको छ । 

Muktinath Bank

नेपाली कांग्रेसका नेता उपाध्याय भारतको लागि नेपाली राजदूतको पद त्यागेर चुनावी मैदानमा होमिएका छन् । उनको आगमनले आफूहरु उत्साहित भएको कपिलवस्तुका मतदाताले लोकान्तरसँग वताए । 
२०६४ सालको संविधानसभा निर्वाचनमा उपाध्याय कपिलवस्तु १ बाट विजयी भएका थिए । २०७० सालको संविधानसभा चुनावमा उपाध्याय र माओवादी केन्द्रका स्थायी समिति सदस्य खनाल दुवै पराजीत भए । उपाध्ययाले थोरै मतले हारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खनाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा उनका राजनीतिक सल्लाहकार थिए । वामपन्थी गठबन्धनबाट चुनावी मैदानमा रहेका खनाललाई नेकपा एमालेको समर्थन छ । 
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार कपिलवस्तुका विभिन्न क्षेत्रमा भएका सभालाई सम्वोधगर्दै दीपकुमारको पक्षमा मत मागे । 


Advertisment
Nabil box
Kumari

अन्य ठाउँमा जस्तै कपिलवस्तुको कार्यक्रममा पनि देउवाले वामपन्थी गठबन्धनले चुनाव जिते मुलुकमा अधिनायकवाद आउने टिप्पणी गर्न छुटाएनन् । 

Vianet communication

कपिलवस्तुको दक्षिणी पकडी बजारमा भेटिएका केही मतदाताले उपाध्यायको सम्भावना वलियो रहेको वताए  । कतिपयले भने लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच तीब्र प्रतिष्पर्धा रहेको बताए । सीमावर्ती दक्षिणी भेगमा मधेस केन्द्रीत दलको पनि सामान्य प्रभाव छ । 

पूर्वपश्चिम राजमार्ग आसपासमा वामपन्थी गठबन्धनको प्रभाव रहेको देखिन्छ भने दक्षिणी भेगमा नेपाली कांग्रेसको प्रभाव रहेको मतदाताहरुको प्रतिक्रिया छ । 
दुवै उम्मेदवारले आफूले नै चुनाव जित्ने दावी गर्छन् । 

‘हुँदा खादाँको जागिर छाडेर कपिलवस्तुका जनताको सेवाका लागि आएको छु । मतदाताको अपार स्नेह पाएको छु । चुनाव जित्छु’ निकै आत्मविश्वासमा देखिएका उपाध्यायले लोकान्तरसँग भने ।

युद्ध भन्दा चुनाव जित्न कठिन !

वामपन्थी उम्मेदवार खनालले विगतको ’जनयुद्ध‘ भन्दा चुनाव लड्न जटिल रहेको बताए । 

‘ज्यान जाने खतरा त हुने, तर युद्धको समयमा निर्देशन यति परिपक्क र विश्वासिला हुन्थे कि सहजै कार्यान्वयनमा जान्थे’ खनालले लोकान्तरसँग भने ‘संसदीय चुनाव झन जालझेलपूर्ण र फरक धारको पेचिलो हुँदो रहेछ । तरपनि यसपटक मैले चुनाव जित्छु ।’

कपिलवस्तु १ को प्रदेश सभातर्फ एमालेका विष्णुप्रसाद पन्थी र फजरुल रहमान तथा नेपाली कांग्रेसको तर्फबाट पूर्णप्रसाद चौधरी र राजेश आचार्य चुनावी मैदानमा छन् । 

पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका नेता दानबहादुर कुर्मी पनि प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । विगतमा तमलोपाबाट चुनाव जितेका उनले दुवै गठबन्धनका केही भोट काट्ने स्थानीयको अनुमान छ । 
राजपाका घनबहादुर मिदुन थापा तथा राष्ट्रिय जनमोर्चाका माधव भट्टले पनि उम्मेदवारी दिएका छन् । उनीहरुको खासै प्रभाव देखिएको छैन । 

गत संविधानसभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका अतहर कमाल मुसलमानले कांग्रेस उम्मेदवार विरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसले सहज महसुश गरेको छ । गत संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका उनी केही समय पहिले कांग्रस प्रवेश गरेका थिए । उनले उपाध्यायलाई सघाइरहेका छन् । 

प्रतिनिधि सभाका तीनवटा क्षेत्रमध्ये कुनैमा पनि एमालेका उम्मेदवार छैनन् । भागवण्डा गर्दा क्षेत्र नम्बर एकमा माओवादीका उम्मेदवार छन् भने २ र ३ मा हृदेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका वृजेश कुमार गुप्ता र इश्वर दयाल मिश्रले टिकट पाएका छन् । 

उम्मेदवारहरु एकले अर्कोलाई गाली गर्ने गरेका छैनन् । दुवैले राजनीतिक संस्कार देखाएको मतदाताहरु बताउँछन् । स्थानीय शिवप्रसाद कुर्मीले कपिलवस्तुको दक्षिणी भेगको मुख्य समस्या सिंचाइ, मल र समयमा विउ नपाउनु रहेको बताए । 

‘दीपकुमार यहाँका पुरानो नेता हुन् । जनताको सुख दुःखमा साथ दिन्छन भनेर उनको प्रचारमा हिडेको छु’ कांग्रेस समर्थक कौलेश्वर यादवले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x