×

NMB BANK
NIC ASIA

नेपालगञ्जकी रुबी जसले बुर्का त्यागेर स्कर्ट रोजिन् र एमए गरिन्

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १० फागुन — नौ कक्षा पढ्दै गर्दा नेपालगञ्जकी रुबी खान पहिलोपटक गाउँबाट शहर निस्किएकी थिइन् । त्यस्तै १६/१७ वर्षकी हुँदा उनी पहिलोपटक घरबाट शहर निस्किइन् । मुस्लिम महिलाहरूका लागि काम गर्ने संस्थामा स्वयंसेवकको काम गर्न ।


‘बाउआमाले कमाएको पैसाले खान पुगेन, समुदायभन्दा बाहिर निस्किई भनेर गाउँलेहरू भन्थे,’ रुबी सम्झन्छिन्, ‘अहिले चाहिँ रुबीले राम्रै गरेकी छ भनेर भन्न थालेका छन् ।’ आफ्नै घर नजिकैकी टाठीबाठीमध्येकी एकजना आन्टीको पछि लागेर सो संस्थामा गएकी खानले त्यहाँ धेरै वर्ष स्वयंसेवा गरिन् ।

त्यसबाट पो उनले मुस्लिम महिलाहरू पछि परेका छन् भनेर थाहा पाइन् । अहिले सोही संस्थामा परियोजना संयोजकको रूपमा जागिर खाइरहेकी छन् उनी । पछिल्लो चार वर्षदेखि उनले त्यो संस्थामा जागिर खान थालेकी हुन् ।

उनी पहिलोपटक निकै कट्टर मानिने मुस्लिम समुदायभन्दा बाहिर निस्किएर नेपाल मुस्लिम समाज विकास सचेतना केन्द्रमा गएकी थिइन् । ‘मेरी आमालाई घरकै पुरुष सदस्यहरूले गर्ने व्यवहारका कारण म अलिअलि क्रान्तिकारी बनेर निस्किएकी थिएँ,’ उनी भन्छिन्, ‘अहिले मुस्लिम समुदायका महिलाहरू पछि परेका छन्, उनीहरू पुरुषहरूका भौतिक सामग्री हैनन् भनेर वकालत गर्दै हिँडेकी छु ।’

सानै उमेरदेखि उनले मुस्लिम महिलाहरू घरभित्र सीमित रहेको देखेकी थिइन् । महिलाहिंसाका घटना भइरहेकै थिए । महिलाहरू चुलोचौकोमा सीमित थिए । अनि पाइरहेका थिए तलाक । तलाक अर्थात् मुस्लिम महिलाहरूको सहमतिविना नै पुरुषहरूले सम्बन्धविच्छेद गर्ने एउटा परम्परा ।

‘म सानै छँदा मेरो बुवाले आमालाई तलाक दिनुभएको थियो, हामीलाई आमाले बडा दुःख गरेर हुर्काउनुभयो,’ उनी भन्छिन्, ‘सामान्यतया मुस्लिम महिलाहरूले पढ्नै पाउँदैनन् तर मैले चाहिँ आमाको सहयोगमा स्कूल जान पाएँ ।’

बुवाले छोडेपछिको घरव्यवहार चलाउनुपर्ने भएकोले रुबीका दाइहरू तथा दिदीले पढ्न त पाएनन् । तर रुबीले चाहिँ आमा तथा दाइदिदीहरूको सहयोगमा पढ्न पाइन् । त्यसबेला पनि समाजका मान्छेले कुरा त काटिनैरहन्थे तर रुबी स्कूल जान छोडिनन् ।


कक्षा तीनसम्म मुस्लिम समुदायका बालबालिकाले मात्रै पढ्ने मदरसामा पढिन् उनी । सामान्यतया मदरसा तीन कक्षासम्म मात्रै हुन्थ्यो । त्यसपछि चाहिँ मुस्लिम समुदायका केटीको अध्ययनमा ब्रेक लाग्थ्यो । तर उनले आफ्नो अध्ययनमा ब्रेक लगाइनन् । बुर्का त्यागिन् । स्कर्ट र टाइ लगाएर स्कूल पढ्न गइन् ।

‘त्यसबेला गाउँलेहरूले हाकिम बन्नको लागि पढ्दैछे भनेर गिज्याउँथे,’ उनले भनिन्, ‘गाउँलेकै कारणले धेरैपटक घरबाट पढ्न जान पर्दैन भन्नुहुन्थ्यो, दाइले पिट्नुहुन्थ्यो ।’

तर रुबी स्कूल नगएको दिन साथीहरू उनलाई ल्याउन घरमै आउँथे । रुबीका दाइ तथा आमालाई अनुरोध गरेर रुबीलाई स्कूल लैजान्थे उनीहरूले ।

आफ्ना दाइभाइले पढेको भएपनि रुबीकी आमाले चाहिँ पढ्न पाएकी थिइनन् । शायद त्यही कारणले हुनसक्छ, आमाले रुबीलाई पढाउने इच्छा देखाइन् ।

नौ कक्षासम्मको अध्ययन पूरा गरेर रुबी घरमै बसिरहेकी थिइन् । ती दिदीले केही कुरा सिक्न सक्ने भए जाऊ भनेर संस्थामा लगिन् । तर रुबीले क्षमता नपुगेको कारणले जागिर चाहिँ पाइनन् ।

‘त्यसपछि म त्यो संस्थाका कार्यक्रमहरूमा रात दिन नभनी हिँड्न थालें,’ उनले भनिन्, ‘गाउँसमाजबाट निकै तल्लो स्तरको टिप्पणी गर्नुहुन्थ्यो ।’ अभिभावकले गाउँघरका बच्चीहरूले गलत गरिहाले भने रुबीकै संज्ञा दिएर संस्कारमा नबसेको भन्थे ।

आफूहरूलाई छोडेर मगर समुदायकी महिलालाई बिहे गरेर सुर्खेत पुगेका बुवाले पनि त्यो संस्थामा काम गर्नुपर्दैन भनेर भन्थे । खबर पठाइरहन्थे । गाउँलेहरूले रुबी संस्थाको कामको बहानामा होटलहरूमा जान थाली भनेर गाउँलेहरूले वेश्या भन्दै टिप्पणी गर्थे । तर परिवार कसरी चलेको छ भनेर कसैले चिन्ता प्रकट गर्दैनथ्यो ।


‘ती दिनहरूमा मलाई साह्रै दुःख लाग्थ्यो, घरमा आमा र दाइलाई कन्भिन्स गर्न निकै गाह्रो थियो,’ उनले भनिन्, ‘हामी गाउँमा महिलाहरूमाथि हिंसा भयो भने झगडा गर्दै हिँड्थ्यौं ।’

मुस्लिम समुदायले देशमा जस्तो किसिमको कानून आएपनि मुस्लिम कानून नै मान्ने भएकोले धर्मगुरुहरू सबैभन्दा ठूला मान्छे थिए । रुबीले धर्मगुरुहरूसँग पनि छलफल गर्थिन् । गुरुहरूले बुर्का लगाउनुपर्ने तर पढ्न र बाहिर निस्कँदा फरक नपर्ने जवाफ दिएपछि उनलाई केही सहज हुन्थ्यो ।

तर आमाले चाहिँ विस्तारै त्यो संस्थामा काम नगर्नू भनेर सम्झाइरहेकी थिइन् । ‘तपार्इंले पो सहनुभयो, म त सहन सक्दिनँ नि,’ भनेर रुबीले जवाफ फर्काउँथिन् । समुदायकै बेइज्जती गरेको भनेर धेरै पटक अपमानित हुनुप–यो उनले ।

अहिले रुबी २८ वर्षकी भइन् । परिस्थिति बिस्तारै बदलिँदै छ । रुबीका पछि केही युवतीहरू लागेका छन् । उनीहरूले मुस्लिम महिलाहरू घरभित्रै सीमित हुनुहुँदैन भनेर रुबीलाई साथ दिएका छन् । ‘अहिले पनि धेरै केटीहरूको अवस्था त पहिलेकै जस्तो छ,’ उनले लोकान्तरसँग भनिन्, ‘तर केही हदसम्म चाहिँ सुध्रिएको छ ।’ उनका अनुसार अहिले पनि मुस्लिम समुदायका बच्चीहरू तीन कक्षाभन्दा माथि पढ्दैनन् ।

रुबीले चाहिँ समाजशास्त्रमा एमए पास गरेकी छन् । उनी अहिले एलएलबी पढ्दै छिन् । ‘भारतको उत्तर प्रदेशबाट एसएलसीपछिको पढाइ गरेकी हुँ,’ उनले भनिन्, ‘मैले स्वयंसेवा गरेको संस्था र आमाले पढ्नको लागि सहयोग गर्नुभएको थियो ।’ उनका अनुसार अहिले चाहिँ रुबीले आफ्नो खर्च आफै कमाउँछिन् ।

‘नेपालगञ्जमा एमए गरेको मुस्लिम केटी शायद ममात्रै हुँ,’ उनले भनिन्, ‘हाम्रो समुदाय आफ्नो कट्टरताबाट माथि उठ्न सकेन ।’ अहिले पनि रुबीले मुस्लिम महिलाहरूको पक्षमा काम गरिरहेकी छन् । उनले भारतको उत्तर प्रदेशमा क्याम्पस भर्ना हुने तर नेपालगञ्जमै ट्युसन पढ्ने गरेर डिग्रीसम्मको पढाइ पूरा गरेकी हुन् ।

अरू समुदायका मान्छेको अवस्था जुन गतिमा बदलिएको छ, त्यसैअनुरूप मुस्लिम समुदायका महिलाको अवस्था चाहिँ बदलिएको छैन । तर मुस्लिम महिलाहरूले आफूहरू अन्यायमा परेको भनेर भन्न थालेका छन् ।

रुबीले चाहिँ सानै उमेरमा बुर्का हटाएकी हुन् । अहिले पनि उनको गाउँघरमा बुर्का लगाउने युवतीहरू नै धेरै छन्् । तर रुबी चाहीँ पाइन्ट र टिसर्ट लगाएर हिँड्छिन् अनि खुशी छिन् ।

तर रुबीभन्दा केही वर्ष मात्रै जेठी दिदीको अवस्था रुबीको जस्तो छैन । पुरानै ढर्रामा चलेकी छन् उनी । एघार वर्षको छोरीलाई पनि बुर्का नै लगाइदिन्छिन् । ‘हामीकहाँ भएको कट्टरता नै हाम्रो सबैभन्दा ठूलो समस्या हो,’ उनले भनिन्, ‘हामीले धेरैपटक धर्मगुरुहरूसँग छलफल ग–यौं, महिलाले पढ्नुहुँदैन भनेर उहाँहरूले भन्नुभएको छैन ।’

अहिले बिस्तारै मुस्लिम समुदायमा छोराछोरीलाई पढाउनुपर्छ भनेर चेतना जागेको छ । तर अभिभावकहरू मुस्लिम समुदायले मात्रै पढ्ने मदरसामा पढाउन चाहन्छन् । उनीहरू विपन्न छन् । पछि बीचैमा बढाउन सकिँदैन कि भनेर चिन्ता प्रकट गर्छन् ।

अहिलेपनि गाउँमा २० वर्ष कटेको अविवाहित मुस्लिम महिला पाइँदैनन् । तर रुबी चाहिँ २८ वर्षसम्म अविवाहित छन् । ‘धेरै केटाहरूले बिहेको लागि प्रस्ताव गरे तर उनीहरूसँग कुरै मिलेन,’ उनले भनिन्, ‘केटाहरू बुर्का लगाउनुपर्ने, दोपट्टा लगाउनुपर्ने लगायतका माग लिएर आउँछन् ।’ आफ्नो समुदायमा आफ्नो स्तर मिल्ने केटा नै नभएको पनि उनलाई लागेको छ ।

पढेलेखेका युवाहरू भएपनि उनीहरूको पुरानो सोच चाहिँ हटेको छैन । ‘म त आफ्नो समुदायभन्दा बाहिर विवाह गर्न चाहन्छु,’ उनी भन्छिन्, ‘तर मैले बाहिर विवाह गर्नेबित्तिकै मेरो पछि लागेका केटीहरू ब्याक हुन्छन् ।’
आफूले बाहिर विवाह गर्नेबित्तिकै आफ्नो पछि लागेका केटीहरूलाई उनीहरूका अभिभावकले रोक्ने उनी बताउँछिन् ।


उनलाई जीवनभर नै महिला अभियन्ता भएर बाँच्न मन लागेको छ । उनी पछाडि पारिएका मुस्लिम महिलाकै पक्षमा काम गर्न चाहन्छिन् । साह्रै संस्कारी बनेर पछि परेका महिलाको पक्षमा उनी काम गर्न चाहन्छिन् ।

अहिले पनि मुस्लिम समुदायमा विवाह दर्ता नभएका थुप्रै महिला रहको उनी बताउँछिन् । कतिपयले त वृद्धा भत्ता खाने बेला भएपछि मात्रै विवाह दर्ता, नागरिकता लगायतका कागज बनाउँछन् । सोही कारणले पनि मुस्लिम महिलाहरुले विना कारण तलाक पाइरहेको उनी बताउँछिन् ।

मुस्लिम समुदायले अन्य समुदायका मान्छेलाई विश्वास नगर्ने भएकोले मुस्लिम समुदायमा काम गर्न सरकारलाई समेत गाह्रो रहेको उनी बताउँछिन् । तर मुस्लिम समुदायमा रहेका मदरसाहरूलाई माथिल्लो तहसम्म अध्ययन हुने विद्यालयको रूपमा विकास गर्नुपर्ने उनी बताउँछिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x