×

NMB BANK
NIC ASIA

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले नेपालको प्रधानन्यायाधीश हुन ‘योग्य नभएको’ भनेर अस्वीकृत गरेपछि घरबिदा लिएर बसेका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी मंगलवार सर्वोच्च अदालतमा हाजिर भएका छन् । 

Muktinath Bank

सोमवार संसदीय सुनुवाइ समितिको अनुमोदनपछि प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्रलाई स्वागत गरेका जोशी मंगलवार नियमित काममा फर्किएका हुन् । जोशी ३९ दिनको बिदा कटाएर मंगलवार सर्वोच्चमा फर्किएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरसँगको कुराकानीमा जोशीले आफू काममा फर्किएको बताए । तर मंगलवारका लागि उनको पेशी भने तोकिएको छैन । 


Advertisment
Nabil box
Kumari

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले मंगलवार १० वटा इजलाशका लागि पेश तोकेका छन् । जसमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल बाहेक अन्य संयुक्त इजलाश छन् । 

Vianet communication

आफ्नो पेशी नतोकिएको विषयबारे लोकान्तरको प्रश्नमा जोशीले इजलाशमा मेच व्यवस्थापन नभएको हुनसक्ने बताए । ‘म आजदेखि हाजिर भएर काममा फर्किएको छु,’ लोकान्तरसँगको टेलिफोन कुराकानीमा जोशीले भने, ‘सायद मेच मिलाउने काम हुन नसकेकाले आज मेरो पेशी नतोकिएको हुन सक्छ । भोलि (बुधवार)देखि पेशी तोकिन्छ ।’

गत साउन १८ गते (शुक्रवार)को संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि जोशी विदामा बसेका थिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x