×

NMB BANK
NIC ASIA

‘प्रेमनाथ’ ट्रेलरमा प्रेम र एक्सन

पुस १९, २०७५

NTC
Premier Steels

काठमाडौं –चलचित्र ‘प्रेमनाथ’को ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको छ ।

Muktinath Bank

बुधबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फष्टलुक पोष्टरमा चलचित्रका अधिकाँश कलाकारले स्थान पाएका छन् । ट्रेलर पनि अन्य चलचित्रको भन्दा भिन्न प्रकारले तयार गरिएको छ । ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्राथमिकता पाएका छन् ।


Advertisment
Nabil box
Kumari

२५ सय बर्ष अगाडीको प्रेमकथा दाबी गरिएको चलचित्र कलाकार गणेश बेलवासेले निर्देशन गरेका हुन् । चलचित्रमा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राई लगायतको अभिनय रहेको छ । 

Vianet communication

यसै चलचित्रमार्फत कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यू गरेका छन् ।

काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रको निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् । 

‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् । नृत्य निर्देशन रजिन पाठक हुन् । गीतमा राजेश पायल राई, भुपु पाण्डे, बेनुका राई, सूची पन्थी, अञ्जली पटेल, रेयापे दाजु र चित्रवीर जिसीको स्वर छ । ‘प्रेमनाथ’मा छायांकन सुमिन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको रहेको छ । चलचित्र चैत २५ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x