×

NMB BANK
NIC ASIA

‘लिम्बूकी छोरी हुँ, प्राण छउञ्जेल जातीयताको विरोध गर्नेछु किनभने यसले नेपाल बन्न दिँदैन’

कात्तिक २०, २०७४

NTC
Premier Steels
म एकजना सुकुम्बासी परिवारको सदस्य, १३ वर्षदेखि भूमि अधिकारको आन्दोलनमा लागिरहेकी छु । हामीजस्ता गरिब सुकुम्बासीहरू मुलुकमा झण्डै एकलाख परिवार छौँ । अहिले मसँग मात्र १० धुर जमिन छ । अहिले पनि हाम्रो देशमा वर्षको दुइ मुरी मकैका लागि मात्रै पनि हलिया बसेका नागरिकहरू छन् ।

तर यहाँ कुराचाहिँ वर्गको हुँदैन, जातको हुन्छ । राजेन्द्र महतो, जो जिन्दगीभर मन्त्री भए उनैले जातको कुरा गर्ने ? धेरैपटक मन्त्री बनेका महेन्द्रयादवले जातको कुरा गर्न सुहाउँछ ? महन्थ ठाकुर कांग्रेसमा रहुन्जेल पटक–पटक मन्त्री भए । मन्त्री हुन्जेल खान नपुग्नेका लागि बोल्न नपर्ने, गाँसवास नहुनेका लागि आवाज उठाउन नपर्ने तर पदबाट मुक्त भएपछि चाहिँ जातको कुरा गर्ने ? मान्छे उरालेर काम गर्न नदिने र उल्टै अशान्ति मच्चाउने । त्यो देखेर अति नै असह्य भएर सामाजिक आन्दोलनमा पनि लागेँ ।

Muktinath Bank

म त्यति धेरै पढेलेखेको मान्छे होइन, सामान्य एसएलसी पास गरेकी छु । त्यस बेलासम्म मैले ट्विटर चलाउँदैनथे, फेसबुक मात्र चलाउँथे । गत तीन वर्षदेखि ट्विटरमा लेख्न थालेँ । मधेसका गरिब एकातिर छन्, धनीहरूको आन्दोलन अर्कातिर छ । जातीय आन्दोलनले वर्गको मुक्ति हुँदैन, जातको मात्र मुक्ति हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवास नेम्वाङ पनि लिम्बू हो । सरस्वती सुब्बा पनि लिम्बू हो । सुवास नेम्वाङ र मलाई एक ठाउँमा जोड्न मिल्दैन नि । त्यस कारणले म जातीय आन्दोलनको विपक्षमा आफ्नो मत राख्दै आएकी छु । गत वर्ष भूकम्पले ठप्प बनाएको देशलाई आन्दोलनको नाममा बन्धक बनाइयो, अहिले फेरि मधेसबाट सर्वसाधारण ल्याएर सिंहदरबार, बालुवाटारमा तमासा भइराखेको छ ।


Advertisment
Nabil box
Kumari

मैले केही दिन पहिले एउटा ट्विट लेखेकी थिएँ, जातीयताको विरोधमा । ६० वर्ष पुगेका मानिसले अहिले पनि हामीलाइ भेट भयो भने तिमी कुन जातकी, कुन थरकी, कहाँ बस्छ्यौ ? भनेर सोध्नुहुन्छ । तर अहिले तपाईं–हाम्रो उमेरका मानिसले कसैको जात र थर सोध्दैनौँ किनभने अहिलेको आधुनिक समाजमा जातीय कुराको कुनै औचित्य छैन ।

Vianet communication

नेपाल साँच्चिकै राम्रो देश बनाउने हो भने अब जातीय कुरा बन्द गर्नुपर्छ, जातीय कुराले सर्वसाधारण गरिबलाई केही दिने होइन । बरू जनतालाई गरिबीबाट कसरी मुक्त गर्ने हो ? कुषिलाइ कसरी आधुनिक बनाउने हो ? यतातर्फ बहस प्रारम्भ गरौं ।

अहिले पनि नेपालमा एउटा गरिखाने वर्ग छ, अर्को बसीखाने वर्ग छ । एउटा वर्ग बिहान उठेदेखि बेलुकीसम्म खेतीपाती गर्ने तर आधापेट खाने र कुपोषण भएर बस्ने वर्ग छ । अर्को चाहिँ खेतीपातीमा पनि काम नगर्ने र भएको जमिन पनि बाँझो राख्ने वर्ग छ ।

साँच्चिकै जनताको मुक्तिको कुरा गर्ने हो भने गरिब, सुकुम्बासीलाई घर ठड्याउने ठाउँ र जोतेर खाने जग्गा जहिलेसम्म दिइँदैन, तबसम्म देशमा शान्ति हुँदैन । खेतीपाती गर्न जान्ने मान्छेलाई जग्गा दिने हो, कोही खेतीपाती गर्न जान्दैन भने त्यस्तालाई जग्गा दिनुपर्दैन ।

कृषि उत्पादन बढ्नेगरी जग्गाको मालिक बनाउने, किसानका छोराछोरीलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनसक्यो भने बल्ल नयाँ नेपाल बन्छ । होइन भने उही कुराका मात्र खेल हुन्छन्, काम हँुदैन ।

यो देश कस्तो भइसक्यो भने, गत वैशाखको २३ गते बर्दियामा लालबाबु दर्जी भन्ने व्यक्ति जिल्ला वन अधिकारीबाट कुटिएर रक्ताम्मे हुनुप¥यो, वनको जग्गा कब्जा गरेर बसेको आरोपमा । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई त्यसरी कुटियो । यस्तो अन्याय रहेसम्म देशमा शान्ति हुन्छ ?

मधेसको आन्दोलन त्यो व्यक्तिको मुक्तिको लागि हुनुपर्ने होइन ? अहिले सिंहदरबार, माइतीघर मण्डला अगाडि हामी मन्त्री सांसद हुन पाएनौँ भनेर आन्दोलन हुन्छ । तपाईं हामीले बल्ल–बल्ल ल्याएको संविधानको विरोधमा हाम्रो जनजाति दाजुभाइ पनि लागेको देख्दा चिन्ता लाग्छ क्या ।

मैले गर्न सक्ने त खास केही होइन, सामाजिक सञ्जालमा लेख्छु । अहिंसात्मक आन्दोलनमा विश्वास गर्न सक्ने व्यक्ति भएकीले जातीय राज्यको कुराले गरिबको मुक्ति हुँदैन भनेर लागेकी हुँ ।

सैयौं काँडाका बीचमा एउटा सुन्दर गुलाफ फुलेको हुन्छ, हाम्रो समुदायका पनि कतिपय मान्छेहरू जातीय आन्दोलनमा लागेका छन् जाने र या नजानेर । म लिम्बूकी छोरी, छोरा होइन छोरी । जातीय राज्य चाहिँदैन भनेर जातीय राज्यको विरुद्धमा लागेकी छु ।

दर्शन मण्डल तराईका दलित तीन पुस्तादेखि भूमिहीन हुनुहुन्छ, जातीय राज्यले उहाँको पेट पनि भरिँदैन र घरमा छानो पनि लाग्दैन । बच्चाले पढ्न पाउँदैन र जाहान बिरामी भएको बेलामा निःशुल्क उपचार पनि पाउँदिनन् । त्यो देखेर आएको र भोगेर आएको हुनाले ९९ जना लिम्बू एकातिर हुँदा पनि म एक्ली एकातिर छु ।

तपाईंले लेखेर राख्नुस् नेपालमा जातीय राज्यको संभावना पनि छैन र त्यो आवश्यक पनि होइन । म अहिले मात्र होइन, जतिन्जेल बाँच्छु जातीयताको विरोध गरिहनेछु । मन्त्री सांसद बन्ने लोभले जातीय कुराको समर्थन गर्न सक्दिनँ ।

मजस्ता गरिब जनताले दुइछाक खान पाउँछन् कि पाउँदैनन् ? घाम पानीबाट ओत लाग्ने एउटा घर पाउँछन् कि पाउँदैनन्, मेरो लागि त्यो महत्वपूर्ण कुरा हो । अहिले जातीय राज्यको चर्का कुरा गरेपनि भोलि सम्झौता भएपछि त्यही उपेन्द्र यादव मन्त्री बन्ने हो, राजेन्द्र महतो र महेन्द्र यादव नै मन्त्री बन्ने हो । तिनीहरू मन्त्री बनेर मधेसी र जनजातिका समस्या समाधान हुने होइन ।

हामी एकपटक काठमाडौंमा आएका थियांै, त्यही क्रममा शान्ता चौधरी दिदीले भूमिहीनका समस्या समाधानका लागि सिंहदरबार बोलाउनु भएको थियो । त्यहाँ गएको त केही सांसदले यस्तो सुकिला कपडा लगाउने पनि सुकुम्बासी हुन्छन्, सुकुम्बासीले पनि मोबाइल बोक्छन् भनेर पो भने !

त्यस कुराले हामीलाई ज्यादै निराश बनायो, त्यो सुनेर शान्ता दिदी समितिको बैठकमै रुनुभयो । गरिबले सफा लुगा लाउन नहुने ? यस्तो अन्याय पनि हुन्छ ? देशका नीति निर्माण गर्न बस्नेको सोचाइको स्तर त्यस्तो छ । नेपालमा खेतीपाती गर्ने को, खेतीपाती नगर्ने को भनेर छुट्टिनुपर्छ । खेतीपाती नगर्नेसँग सयौँ बिघा जमीन छ, खेती गर्नेसँग एकधुर पनि छैन । सरकारले निश्चित गर्नुप¥यो कि हदबन्दीभन्दा माथिको जग्गा विना क्षतिपूर्ति राज्यले लिने र बेच्न नपाउने गरी सुकुम्बासीलाई खेती किसानीका लागि दिनुप¥यो । यसले मात्र देशमा समानता ल्याउँछ । सुरक्षित घरवास पूर्वराजा ज्ञानेन्द्रलाई पनि चाहिन्छ, हामीलाई पनि चाहिन्छ । एउटा हलीको छोरो पनि भोलि डाक्टर बन्न सक्ला । सरकारले भूमिहीन गरिबलाई सुरक्षित आवास र शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ । नेपालमा अझै पनि वर्गीय राजनीति बाँकी नै छ, लालबहादुर दर्जीजस्ता राज्यबाट उपेक्षित नागरिकलाई जातीय राजनीतिले होइन वर्गीय राजनीतिले नै हित गर्छ । दलका नेताहरूले वर्गीय राजनीति सकियो भनिरहेका छन् यो उनीहरूको गलत विश्लेषण हो । अहिलेसम्म पनि राजनीतिक दललाई वर्गीय राजनीतिको कुरा लिएर चुनावमा गीत गाउन सजिलो भयो । तर सुकुम्बासीका समस्या समाधानमा सरकार यस्तै गैरजिम्मेवार रहिरह्यो भने अर्कोपटक सुकुम्बासीले भोट नहाल्न सक्छन्, त्यस अर्थमा हामीलाई विप्लव भनेपनि वैद्य भनेपनि फरक पर्दैन । जातीय राज्यको विरोध गर्दा धम्की त कति आए–आए । मार्नेसम्मका धम्की आए । मोबाइल खोल्दा म्यासेन्जरमा धम्की आएर हैरान हुन्थ्यो – ‘तँ कहिले घर आउँछेस् भनेर’ । त्यस्ता धम्कीसँग म कहिलै डराइनँ, बरू धम्की दिनेलाई बोलाएर सम्झाएँ, जातीय आन्दोलनले कसैको हित गर्दैन भनेर । दुःख त यति दिए, घर घेरेर मार्छु सम्म भने । तर सत्य कुरा गर्न कहिले डर मान्नु हुँदैन । मेरो बुबाको पुख्र्यौली घर पाँचथर हो, अहिले म तराईमा बस्छु । त्यहाँ भएका मेरा आफन्तले अहिले पनि मलाई सोध्छन् किन विरोध गछ्र्यौ भनेर । मैले जवाफमा वर्गलाइ हेर्ने गर्नुस् भन्ने गरेकी छु । बरू आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाउनेले जातीय राज्यको नारा लगाउन लाज मान्नुपर्ने हो ।

आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाएका जनजातिका केही अगुवाहरुले जातको मुक्ति भएपछि हावामा उडिन्छ भनेर सोझा सिधालाई भड्काएका छन् । जातीय आन्दोलन अवसर लुट्नेका लागि रहेछ । सर्वसाधारणलाई केही फाइदा गर्दैन, उनै नेता र मन्त्री हुने हुन् । तराईमा आन्दोलन भयो भने पनि उनीहरू काठमाडौंमै बसेका हुन्छन् । फोनबाट निर्देशन दिने मात्र न हुन् ।

म के कुरामा सचेत छु भने आफ्नो अधिकारको कुरा गर्दा अरूलाई आक्षेप लगाएर माग पूरा हँुदैनन् । म सरस्वती लिम्बूले जातीय राज्यको विरोध गरेपनि अर्की रीता वा सीता लिम्बूले जातीय राज्यको माग गर्छन् भने पनि म उनीहरूलाई गाली गर्दिनँ किनभने उनीहरूलाई जातीय राज्यले सबै रोग निवारण गर्छ भन्ने भ्रम छ ।

हामी सुकुम्बासी हौँ भन्दैमा जमिन्दारको जग्गा आफैं खोस्ने होइन । हामीले राज्यसँग संघर्ष गरेको हो । जातका नाममा भिडलाई भड्काउन त सजिलो छ, तर जातीय राज्य स्थापना हुने संभावना भने छँदैछैन र त्यस्तो आवश्यक पनि होइन । जातीय राज्यको कुरा गर्नेहरू हिजो पाँच सय जना थिए, अहिले ५० जना भएछन्, भोलि त्यो सके पाँच जनामा झर्नेछ ।

(राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव एवं सामाजिक अभियन्ता सरस्वती सुब्बासँग लोकान्तरले गरेको कुराकानीमा आधारित)

आर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x