×

NMB BANK
NIC ASIA

वैज्ञानिक शिक्षा

विद्यालयमा खेतीपाती गर्ने ‘हेडसर’ : एकातिर व्यावसायिक शिक्षा, अर्काेतिर कमाइ

जेठ १८, २०७६

NTC
Premier Steels

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ?

Muktinath Bank

उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक हो । विद्यार्थीलाई व्यवसायी बनाउने शिक्षकको रुपमा आफूलाई उनले स्थापित गर्न खोजिरहेको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँको किहुँहुँक्कामा जन्मेका सिग्देल ३० वर्षदेखि कर्णालीको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा ‘हेडसर’ (प्रधानाध्यापक) छन् । नम्र स्वभावका सिग्देलले विद्यालयलाई कर्णालीभरि नै चिनाइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

यति मात्रै होइन, विद्यालय नेपालमै प्रख्यात सामुदायिक विद्यालयको रुपमा चिनिसकेको छ । उनी अध्यापनरत विद्यालयमा २६ जिल्लाका विद्यार्थी अध्ययन गर्ने र फर्किंदा पैसा कमाएर लैजाने गर्छन् ।

Vianet communication

विद्यालयमा अनार खेती

प्रधानाध्यापक सिग्देलका अनुसार विद्यालयले अनार खेतीको शुरूवात गर्ने भएको छ । विद्यालयको २५ रोपनी जमिनमा १ हजार अनार रोप्ने तयारी गरेको उनले बताए । ‘अनारको बेर्ना हामीले भारतको नासिकबाट ल्याएका हौं,’ उनले भने, ‘१ रोपनी जग्गामा ४० विरुवा रोप्न सकिने र ३ वर्षपछि कम्तिमा पनि प्रतिविरुवाले २ क्विन्टल अनार उत्पादन दिनेछ ।’ 

विद्यालयको नर्सरीमा १० हजार अनारका बेर्ना हुर्किरहेका छन् । १ बेर्नाको मूल्य २ सय ५० रुपैयाँ हो । बराहताल–८ ग्वालेकाँडामा विद्यालयको २ सय रोपनी जमिन छ, अहिले त्यहाँ बाख्रापालन भइरहेको छ । 
अम्लिसोको कुचो खरिद गर्न विद्यालयले अन्यत्र जानै पर्दैन । त्यहाँ उत्पादन भएको अम्लिसो नै विद्यालयका लागि आयआर्जनको माध्यम तथा विद्यालयको पैसा जोगाउने साधन बनेको छ । 

विद्यालय व्यवस्थापन समितिलाई रोजगारी दिने योजना

प्रधानाध्यापक सिग्देलले विद्यालय व्यवस्थापन समितिका सदस्यलाई मासिक १२ हजार रुपैयाँसम्मको रोजगारी दिने योजना बनाएको बताए । ‘पशुपालन भइरहेको छ । तरकारी खेती भइरहेको छ । अनार खेतीको शुरूवात गर्दैछौं । मौरीपालनबाट लाखौं आम्दानी भइरहेको छ,’ उनी भन्छन्, ‘गाईपालन र माछापालन पनि भएको छ । २ वटा ट्याक्टर पनि छन् ।’ यी सबै कुरा व्यवस्थापन गर्दा उत्पादन बढ्ने र त्यहीबाट सदस्यलाई रोजगारी दिने योजना बनाइरहेको उनले बताए ।

सिक्न इच्छुकलाई तालिम

उनले देशभरबाट पशु तथा बाली विज्ञानबारे सिक्न आए निःशुल्क सिकाउने बताए । ‘कोही हामी कहाँ सीप सिक्न भनेर आए भने हामी सिकाउन तयार छौं,’ उनले भने, ‘कोही आएको खण्डमा तालिम दिने र सामान खरिद गर्न पनि माध्यम बनिदिन्छौं । जुम्लाको व्यक्तिले जति ओखर उत्पादन गर्छन्, हामी बिक्री गर्न सक्छौं । बाली विज्ञान र पशु सम्बन्धी तालिम दिन्छौं । लगानीका लागि एनएमबी बैंकसँग जोडिदिन्छौं । ऋण पाउने कुरा पनि हामी पक्का गर्दिन्छौं ।’ तर त्यसका लागि दृढ इच्छाशक्ति हुनुपर्ने उनले बताए ।

९ कक्षामा पढ्दै गर्दा बुवा गुमाएका सिग्देलले बुवा आमा गुमाएका विद्यार्थीलाई छात्रवृत्ति कसरी दिन सकिन्छ भन्ने मनमा लागिरहने बताए । गाउँका विक्रम सुनारलाई उनले ६ कक्षाबाट विद्यालयमा निःशुल्क पढाएका थिए । ११ र १२ कक्षामा विज्ञान संकाय सुर्खेतस्थित सुर्खेत होराइजन एकेडेमीले गराइदिएको बताउँदै हाल विक्रम काठमाडौंमा एमबीबीएसको तयारी गरिरहेको उनले बताउँछन् । उनलाई सहयोग गर्ने कोही भए विक्रमको डाक्टर बन्ने धोको पूरा हुने उनले बताए ।

विद्यालयमा अध्ययन गरेका हरेक विद्यार्थी आत्मनिर्भर बनून् भन्ने सिग्देलको अपेक्षा छ । ‘आगामी ५ वर्षमा अभिभावक र विद्यार्थीलाई स्वरोजगारमा लैजाने कल्पना गरेका छौं र हामी सक्छौें,’ उनी भन्छन्, ‘विद्यालय नमूना भयो । ५६ करोड पाउँदैछौं । इभेन्ट परियोजनाले छान्यो । डेढ करोड पाएका छौं । काउन्सिलिङ गर्ने कार्यालय खोल्दैछौं ।’

‘३० वर्ष एकै विद्यालयमा बस्दा अलग–अलग सोचका अभिभावक भेटिए । पहिला कुनै राम्रो काम गर्दा थरिथरिका सोच आउने गर्थे तर हाल त्यो प्रचलन अन्त्य भएको छ,’ प्रधानाध्यापक सिग्देलले भने । विगतमा १५ महिनासम्म तलब नखाएर पनि काम गरेको सम्झना उनीसँग छ ।

सिग्देलकी पत्नी र २ छोरा नेपालगञ्जमा बस्छन् । हेडसरको ५ वर्ष जति जागिर बाँकी छ । उनले यतै सानो घर बनाउने र यतै बस्ने योजना समेत बनाएका छन् ।

उनी १० वर्षसम्म तनहँुमा हुर्केका थिए । ‘गाउँमा ३ कक्षासम्म पढ्ने विद्यालय नजिक थियो । ४ कक्षा टाढा हुँदा जान सकिएन । कक्षा ३ मैले त्यही कारण दोहोर्‍याएँ,’ उनी भन्छन्, ‘शिक्षाको महत्त्व बुझेर काकाकाकी बर्दियामा बस्नुहुन्थ्यो । त्यही गएँ अध्ययन गर्न ।’ त्यसपछि उनको पढाइ अगाडि बढेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

बैशाख ४, २०७६

काठमाडौं – चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ को...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x