×

NMB BANK
NIC ASIA

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा

असोज ११, २०७६

NTC
Premier Steels

धनगढी – खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढी लगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

Muktinath Bank

त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरि भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीय नजिकिँदै गरेको वडादशैंको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । ‘यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ,’ कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भने, ‘भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।’


Advertisment
Nabil box
Kumari

बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहुँच पुग्न नसकेको र भएका सडक पनि बिग्रे भत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

Vianet communication

२ सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट यो वर्ष १ हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पुर्‍याइएकामा ३ दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ । 

सो स्याउ काठमाडौं पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ । ‘स्याउ बेच्न नसकेका किसानको परिश्रम, व्यथा, समस्या देख्दा चित्त दुःख्यो,’ संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भने, ‘स्याउ किसानले भोगेका समस्यामा कसैले चासो नदिएपछि सहकारी आफैंले बजारीकरणको पहल गरी किसानलाई थोरै भएपनि राहत दिने प्रयत्न गरेको हो ।’

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पुर्‍याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बाजुराको स्वामीकार्तिकबाट धनगढीसम्म स्याउ पुर्‍याउन एक हप्ताको समय लागेको थियो । 

स्याउको स्वाद लिएका यहाँका ओमप्रकास जोशीले भने, ‘७ सय किलोमिटरको दूरीका भारतीय शहरबाट स्याउ नेपाली बजारमा भित्र्याइन्छ तर ३ सय किलोमिटरको दूरीमा रहेको बाजुरामा उत्पादन भएको स्याउ नेपालका बजारमा पुर्‍याउने व्यवस्था हुन नसक्नु बिडम्बना हो ।’ धनगढी, अत्तरिया लगायतका शहरी क्षेत्रको फलफूल बजारमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोबार हुँदै आएको छ ।

बारीमा १ दाना स्याउको मूल्य १ रुपैयाँ 

स्याउ फल्ने गाउँमा यतिबेला १ दाना स्याउ १ रुपैयाँमा पाउने गरेको छ । ‘गाउँमा १ रुपैयाँमा १ दाना पाउँदा सदरमुकाम मार्तडीमा १० रुपैयाँमा १ दाना पाउँछ,’ सहकारीका अध्यक्ष शाहीले भने, ‘यस्तो अवस्थामा सडकको पहँुच पुर्‍याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।’

सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो १५ देखि २५ रुपैयाँमा खरीद गरेर धनगढी बजारमा पुर्‍याएको हो । धनगढी बजारमा स्याउको मूल्य १ किलोको १०० रुपैयाँ, ५ किलोभन्दा बढी किन्नेलाई प्रतिकिलो ९० रुपैयाँ र प्रतिकार्टून २० किलोको पोका किन्नेलाई प्रतिकिलो ७५ रुपैयाँ तोकिएको छ ।

भारतबाट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो १०० देखि १८० रुपैयाँसम्म छ । – सिद्धराज भट्ट/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x