कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
कात्तिक ३, २०७६
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।
भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाइ–शुभकामना दिँदै उनले देशमा भ्रष्टाचारका विरुद्धमा कारवाही चलिरहेको बताए ।
सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उनले भने, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’
गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उद्यमशीलताको दिशातर्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उनले भने, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय रुपमै नेपालको छवि माथि उठेको छ ।’
प्रधानमन्त्रीले अगाडि भने, ‘गैरआवासीय नेपालीले परिचयपत्र पाउने छन्, जसमा राजनीतिक अधिकारबाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविधा वा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’
अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमा ध्यान पुर्याएर काम गरीरहेको ओलीको दाबी थियो ।
‘हामी आग्रह गर्दछौं, नेपाली बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔं,’ ओलीले भने, ‘हामी त्यसरी फर्किएर आउनेहरुका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौ । तर बाहिर जाने नै हो भने पनि दक्ष भएर जानुपर्छ भन्ने कुरामा हामी जोड दिन चाहन्छौ, आवश्यक तालिम दिएर विदेश जान सुझाव दिन्छौ ।’
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...