×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् हेरफेर

सिंहदरबारबाट ‘रिङ आउट’ झण्डावाल : मन्त्री भएर के राम्रो गरे, कहाँ चुके ?

मंसिर ५, २०७६

NTC
Premier Steels

सिंहदरबारमा २० महिना काम गरेर ६ जना मन्त्री बाहिरिएका छन् । राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले ६ मन्त्रीलाई बिदाइ गरेका हुन् ।

Muktinath Bank

बुधवार बाहिरिएका केही मन्त्रीले सिंहदरबारभित्र रहँदा राम्रो काम पनि गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मातृका यादव : खरो स्वभावले टिक्न सकेनन्


Advertisment
Nabil box
Kumari

खरो स्वभावका मातृका यादवले मन्त्री बनेलगत्तै इन्धन बोक्ने ट्यांकर चालकको दादागिरी तोडेका थिए । 

Vianet communication

ट्यांकरको साँचो खोसेर सेना र प्रहरीका चालकमार्फत इन्धन ढुवानी गर्ने चेतावनीपछि आन्दोलन स्थगित भएको थियो । 

मातृकाले कालिमाटी तरकारी बजारमा भइरहेको बिचौलियालाई थुन्ने चेतावनी दिएर जालो तोडे । कालिमाटी बजार अनुगमनको क्षेत्राधिकारको विषयलाई लिएर कृषि मन्त्री र उनीबीच विवाद भयो । उनकै पालामा नेपालमा फलाम खानी स्थापना गर्ने निर्णय भयो । 

खरो स्वभावका मातृकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टकरावका कारण मन्त्री पदबाट हात धुनुपर्ने अवस्था सिर्जना भयो । २०६५ सालमा वन तथा भूसंरक्षण मन्त्री बनेको समयमा काम नगरेको भनेर डीएफओलाई शौचालयमा थुनेपछि मातृका चर्चा र विवादमा आएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारमा पनि मन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीसँगको टकरावका कारण यादव सरकारबाट बाहिरिएका छन् । यादवले केही महिना पहिलै आफू मन्त्री पदबाट हट्ने संकेत सार्वजनिक कार्यक्रममार्फत नै गरेका थिए । यहीँ कार्यकालमा पनि उनले मालअड्डामा सरुवा माग्न आएका कर्मचारीलाई हातपात गरेको आरोप लाग्यो ।

चक्रपाणि खनाल : भारतीय तरकारीमा विषादी रोक्ने पहल

माओवादी जनयुद्धमा लडाकू कमाण्डर रहेका चक्रपाणि खनाल पहिलो पटक निर्वाचित भएर संसदमा आएर मन्त्री बनेका हुन् । भारतबाट नेपाल भित्रिने तरकारीमा विषादी परीक्षण गर्नुपर्ने नीति ल्याएर उनी चर्चामा आएका थिए । भारतको चर्को दबाबपछि सरकार विषादी परीक्षणको निर्णयबाट पछि हट्यो । भारतसँग घुडा टेकेको भनेर सरकारको आलोचना भयो । 

मन्त्री खनालले भारतबाट आउने खसीबोकाको क्वारेन्टाइन जाँच गर्ने कडा नीति ल्याएपछि अहिले भारतबाट खसीबोकाको आयात रोकिएको छ । मन्त्री खनालको निर्णयपछि बाख्रापालक नेपाली किसानले राहत महसूस गरेका छन् । खनालले नै विदेशबाट आउने धूलो दूध आयातमा रोक लगाउने निर्णय गराएका छन् ।

धान रोप्ने समयमा रासायनिक मलको हाहाकार तथा उखुको मूल्य तोक्न नसकेको भन्दै स्वयं सत्तारुढ दलका सांसदले कृषि मन्त्रालय नै खारेजीको माग गरेका थिए ।

मलेसिया रोजगारीले खोस्यो गोकर्णको मन्त्री पद !

२०६७ सालमा पहिलो पटक ऊर्जामन्त्री बनेको समयमा विद्युत्को महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न आफैं हिँडेपछि चर्चा कमाएका गोकर्णले ओली सरकारको पालामा श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाएका थिए ।

गोकर्ण मन्त्री रहेको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको उद्घाटन भयो । गोकर्णको पालमा जापानसँग श्रम सम्झौता भयो । तर गोकर्णको अनिर्णयका कारण नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसियामा १ वर्षसम्म कामदार पठाउने काम बन्द भयो ।

स्वदेशमा पनि विकल्प नदिने र विदेशमा कामदार पठाउन रोकेको भन्दै मन्त्री विष्टको आलोचना भयो । विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तोड्न नसकेको तथा श्रम स्वीकृतिको नाममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न नसकेको आरोप उनीमाथि लागेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सार्वजनिक स्थानका गाई धपाउन र बाँदर लखेट्न समेत राज्यकोषको दुरूपयोग गरेर कार्यकर्ता पोस्ने काम भएको भन्दै उनको आलोचना भयो ।

ट्रेड युनियनको स्वार्थमा गुम्यो लालबाबुको मन्त्री पद

२०७० सालमा तत्कालीन सुशील कोइराला सरकारमा सामान्य प्रशासनमन्त्री बनेको समयमा डीभी र पीआरधारी कर्मचारीलाई जागिरबाट हात धुनुपर्ने कानून ल्याएर लालबाबु पण्डित चर्चामा आएका थिए ।

२०७४ फागुनमा शपथ गरेलगत्तै पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै लालबाबु छानिएका थिए । शुरूमा विज्ञान तथा वातावरण मन्त्रीको रूपमा काम गरेका पण्डितले १ महिनापछि सामान्य प्रशासन मन्त्रालयको जिम्मा पाएका थिए । 

कर्मचारी समायोजनको अपजसपूर्ण काम लालबाबुले समयमै पूरा गरे । कर्मचारी समायोजनामा असन्तुष्ट ट्रेड युनियनका नेताहरूले प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए । कर्मचारीका टे«ड युनियन हाबी हुँदा मन्त्री पण्डित बाहिरिए । 

थममायाले केही गरिनन्, केही बिगारिनन्

लामो समय नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेकी थममाया थापा पहिलो पटक मन्त्री बनेकी थिइन् । 

मन्त्री बनेको २ वर्षमा गाडी चढ्नेबाहेक केही काम नदेखिएको भन्दै मन्त्री थापालाई हटाउन लागिएको नेकपा स्रोत बताउँछ । 

‘उहाँ मन्त्रालयमा गएर न केही राम्रो काम गर्नुभयो, न बिगार्नु भयो,’ नेकपाका एक सांसद भन्छन् । 

सर्वाधिक बद्नाम मन्त्रीका रूपमा रहे रघुवीर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि मन्त्री पदबाट हात धोएका छन् ।

सिंहदरबारमा महासेठको झण्डै २० महिना लामो कार्यकाल बिर्सनलायक रह्यो । महासेठ ओली सरकारका सर्वाधिक बदनाम मन्त्रीमध्ये एक रहे । 

कुनैपनि निर्माणाधीन आयोजना समयमा सम्पन्न गर्न नसकेको भनेर उनको तीव्र आलोचना भयो । काठमाडौंका विस्तारित सडकहरू समयमा सम्पन्न गर्नेतर्फ उनले देखिने गरी कुनैपनि पहल गरेनन्, जसका कारण राजधानीबासी धूलो र हिलोको सास्ती खेप्न बाध्य छन् । 

‘काठमाडौंका विस्तारित सडक समयमा नबन्दा धूलो र हिलोका कारण बितेको दुई वर्षमा सरकारको सबैभन्दा बढी आलोचना भयो,’ नेकपाका एक नेता भन्छन्, ‘उहाँको कार्यसम्पादन मूल्यांकन सफ्टवेरमा हेर्नुपर्दैन, उहाँको घर जाने नख्खुको बाटो हेरे पुग्छ ।’

धनबहादुर, रामकुमारी र सुरेन्द्र पनि बिदा

ओली सरकारमा रहेका ३ राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि बिदा भएका छन् । बुढा र चौधरीले नेकपा तथा यादवले समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x