×

NMB BANK
NIC ASIA

मन्त्रीबाट हटाइएपछि लालबाबुको प्रतिक्रिया– समायोजन केही व्यक्तिलाई चित्त बुझेको थिएन !

मंसिर ५, २०७६

NTC
फाइल फोटो
Premier Steels

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट जिम्मेवारीमुक्त गरिएका नेकपा नेता एवं सांसद लालबाबु पण्डितले मन्त्री हटाउने र राख्ने प्रधानमन्त्रीको स्वविवेककको कुरा भएको बताएका छन् । प्रधानमन्त्रीय प्रणालीमा राम्रो/नराम्रोको कुरै नहुने उनले टिप्पणी गरे । 

Muktinath Bank

‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले जसलाई उपयुक्त देख्नुहुन्छ उसलाई राख्नुहुन्छ, त्यहाँनेर राम्रो/नराम्रोको प्रश्न उठ्दैन,’ आफूले गरेका कामप्रति कुनै पश्चाताप नरहेको भन्दै पण्डितले भने, ‘हरेक दिन भन्ने गरेको छु, मैले कुनै गलत कार्य गरेको छैन । मैले गरेको कामको मर्ने बेलासम्म पनि जस–अपजसको भारी बोक्न तयार छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीबाट जिम्मेवारीमुक्त गराइएपछि बिहीवार लोकान्तर डटकमलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्री पण्डितले संघीयता कार्यान्वयको जटिल काम आफूले पूरा गरेको बताए । कर्मचारी समायाेजनका क्रममा केही व्यक्ति असन्तुष्ट रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘मेरो जिम्मेवारी नै सबैभन्दा कठिन थियो– संघीयता कार्यान्वयनको । त्यसमा पनि सरकारको तीनवटै तहको संरचना बनाउनुपर्ने थियो, त्यसमा कर्मचारीहरूलाई कामको जिम्मेवारी दिँदै व्यवस्थापन गर्दै जानुपर्ने थियो । यसमा व्यक्तिगतरूपमा कोही कर्मचारी रिसाउन सक्छन्, कोही व्यक्ति पनि रिसाउन सक्छन्, किनभने समायोजनमा उनका मान्छे आफूले भनेअनुसार नहुन सक्छ । मैले त सफ्टवेर प्रणालीको प्रयोग गरेको हो,’ पण्डितले लोकान्तरसँग भने, ‘त्यसले गर्दा प्रधानमन्त्रीज्यूले अझै राम्रो रिजल्ट निकालौंला भनेर नयाँ क्याबिनेट बनाउनुभएको छ भने शुभकामना बाहेक के भन्ने ?’

Vianet communication

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्दै पण्डितले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा हृदयेश त्रिपाठीलाई दिएका छन् ।

तत्कालीन तमलोपाबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सूर्च चिह्न लिएर चुनाव लडेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x