नेकपाका गाउँपालिका अध्यक्ष ८ लाख घुससहित रंगेहात पक्राउ

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ परेका छन् । ८ लाख घुस लिने क्रममा अध्यक्ष केसीलाई बिहीवार अपराह्न अख्तियारले नियन्त्रणमा लिएको हो ।

बिहीवार अपराह्न विरेन्द्रनगरमा अध्यक्ष केसीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले बताए ।


Advertisement

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारले उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्