×

NMB BANK
NIC ASIA

पहाडको बाटोमा गुडिरहेको कार छेउमा पुग्दा उड्यो (भिडियो)

माघ १३, २०७६

NTC
Premier Steels

फ्रान्समा चलिरहेको वर्ल्ड र्‍याली च्याम्पियनशिपमा एक गाडी हिउँले ढाकिएको पहाडको छेउबाट उडेको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

ओट तानाक नामक चालकले शुक्रवार चलाएको कार नागबेली बाटोमा जाँदै गर्दा नियन्त्रण गुम्न पुगेको थियो । ह्युन्डाई आई२० कार पहाडको छेउमा उडेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तानाक र उनका सहचालक मार्टिन जार्भिओजा कुनै पनि सहयोगविना कारबाट निस्कन सफल भएका थिए । उनीहरूलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ । 


Advertisment
Nabil box
Kumari

भिडियोमा कार मज्जाले साँघुरो र घुमाउरो बाटोमा गुडिरहेको देखिन्छ । 

Vianet communication

गाडी पहिला सडकको छेउतिर पुग्छ र तानाकले त्यसलाई सडकतिर ल्याउन बाध्य हुन्छन् ।

तर केही सेकेन्डभित्रै तानाकले गाडी बाहिरतिर लान्छन् ।

स्तब्ध भएका दर्शकहरूले हेर्दै गर्दा उनले गाडीलाई सडकको छेउबाट उडाउँछन् । गाडी त्यतिखेर १०० माइल प्रतिघन्टाको गतिमा गुडिरहेको हुन्छ । 

कार तल रहेको तटबन्धमा बज्रिन्छ र त्यसको विन्डस्क्रीन चकनाचुर हुन्छ । 

भुइँमा बज्रिएपछि कार पुल्टुंग हुन्छ र त्यसले आकाश र भुइँ छिटोछिटो देखाउँछ । 

ड्याशक्यामबाट कारको कुच्चिएको बोनेट देखिन्छ र कार पल्टा खाइरहन्छ । 

कारबाहिर खिचिएको भिडियोमा कार कसरी तीव्र गतिमा छेउमा गएको भन्ने देखिन्छ । 

कार हावामा उड्छ र रुखमा गएर ठोकिन्छ । 

तानाक र जार्भेओजाले कार दुर्घटनामा परेपछि प्रतियोगिता त्यागेका थिए ।  

तानाकले पोहोर साल टोयोटा गाडीमा च्याम्पियनशिप जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x