×

NMB BANK
NIC ASIA

रारा घुम्ने प्याकेज बनाउँदै सुर्खेतका होटल व्यवसायी, प्रदेश राजधानीमा आर्थिक चहलपहल

फागुन ८, २०७४

NTC
Premier Steels

सुर्खेत, ८ फागुन – के तपाई मुगुको रारा जाने सोचमा हुनुहुन्छ ? यदि हो भने अब प्रदेश नम्बर ६ को राजधानी सुर्खेत आउनुहोस् । यहाँहरुका लागि होटल व्यवसायी संघ सुर्खेतले न्यनतम दररेटमा पर्यटकीय गन्तब्यका लागि प्याकेज निर्माण गरिरहेको छ ।

Muktinath Bank

प्रदेशमा सरकार बनिसकेको र सरकारले गतिवधि समेत शुरु गरेकाले वीरेन्द्रनगरका होटल व्यवसायीहरु पनि पर्यटनलाई ध्यान राख्दै विभिन्न योजनाहरु बनाउन लागि परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुनको दोस्रो साताबाट सुरु हुने राराको सिजनलाई मध्यनजर गर्दै सुर्खेत, दैलेख, जुुम्ला र रारा क्षेत्रका स्थानहरुमा पर्यटक लैजाने तयारीका साथ गृहकार्य भइरहेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बताए । उनका अनुसार अब रारा जाने यात्रुले प्याकेजमा नै दैलेख, जुम्ला, र सुर्खेतका पर्यटकीय स्थलहरुको समेत अवलोकन गर्न पाउनेछन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको र पर्यटनलाई समृद्धिको आधार मानेकाले आफूहरु पनि त्यहि मार्गमा हिडेर प्रदेशलाई समृद्ध बनाउन लाग्ने उनको भनाई  थियो ।

Vianet communication

‘रारा जाने पर्यटकहरुले धेरै दुःख पाउने गुनासाहरु हामीले सुनेका छौं’ उनले लोकान्तरसँग भने, ‘अब ती गुनासाहरु नआउन दिन र पर्यटकले चाहेजस्तो वातावरण बनाउन हामीहरु गृहकार्य गर्दैछौं ।’  

शाहीले काठमाण्डौं वा अन्य जिल्लाबाट आएका गाडीहरुले कर्णाली राजमार्गमा विग्रेर धोका दिने, ड्राइभरले गाडी चलाउन नसकेर गाडी रारामै छोडेर फर्किने, आएका पर्यटकहरु अन्यत्र जान नपाउने जस्ता समस्याहरु आएकाले

त्यसको समाधान गर्न आफूहरुले सुर्खेत देखि रारासम्मको लागि न्यूनतम दरमा पर्यटक ल्याउने र लैजाने व्यवस्था गर्न लागेको बताए ।

‘हामीले यो सेवा सुरु गरेको खण्डमा पर्यटकहरुलाई दैलेखको पञ्चकोशी क्षेत्र, जुम्ला, मुगुको राराताल, सुर्खेतको बुलबुले ताल, काँक्रेविहार आदि क्षेत्रको एकै चरणमा भ्रमण गराउने छौं ।’ उनले भने, ‘पर्यटकहरुलाई कुनै पनि समस्यामा नपार्ने गरि न्युनतम रेटमा सेवा दिनेछौं ।’ अध्यक्ष शाहीले आफूहरुले पर्यटकलाई खाने, बस्ने उपयुक्त स्थानको समेत व्यवस्था मिलाउने बताए । 

आन्तरिक पर्यटकका लागि गोठीकाँडामा सञ्चालनमा आएको स्टे भ्याली भ्यू रिसोर्टले रारा जाने यात्रुहरुका लागि २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यो छुट खाना, कोठा भाडा सबैमा लागु हुने रिर्सोटले जनाएको छ । 

सुर्खेतमा रारा जाने पर्यटकहरुको भिड बढ्न थालेपछि विभिन्न होटलहरुले छुटको घोषणा गर्दै पर्यटक तान्न कस्सिएका छन् । रारा जाने सिजन करिब करिब सुरु भएको छ । आगामी कात्तिकसम्म रारा जानेहरुको लर्को लागिरहन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x