×

NMB BANK
NIC ASIA

प्रदेशः २ मा नेकपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता, सरकार के हुन्छ ?

जेठ १३, २०७५

NTC
Premier Steels

धनुषा, १३ जेठ - प्रदेश २ सरकारलाई विश्वासको मत दिएको नेपाल कम्युनिस्ट पार्टीले आज आज समर्थन फिर्ता लिएको छ । 

Muktinath Bank

सरकारको १०० दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सय सात सदस्य रहेको प्रदेशसभामा एमालेका २१ को र माओवादी केन्द्रको ११ गरी एकीकृत भएको नेकपाका जम्मा ३२ सांसद रहेका छन् भने काँग्रेसका १९ सांसद रहेका छन् । 


Advertisment
Nabil box
Kumari

गत जेठ ३ गते काँग्रेसलाई प्रमुख विपक्षी दलका रुपमा मान्यता दिएपछि एमाले र माओवादी केन्द्रले उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको बताइएको छ । 

Vianet communication

तत्कालीन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आजदेखि शुरु बर्खे अधिवेशनको पहिलो बैठकमा संसद् अवरुद्ध गरे  । मण्डलले भने, “मोदी भ्रमणका बेला विपक्षीलाई बेवास्ता गर्ने सरकारलाई हाम्रो समर्थन हुँदैन ।” 

त्यसैगरी माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए  । उनले सरकार भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचारका भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए  । मण्डलले भने, “मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो, सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कदम चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।” 

सरकारको विरोध गर्ने क्रममा नेकपा सांसदहरुले बैठकबाट उठेर सदन अवरुद्ध गरे । मुख्यमन्त्रीले बोल्न समय मागेपछि नेकपा सांसदहरुले उठेर विरोध जनाएपछि संसद् अवरुद्ध भएको हो । 

मुख्यमन्त्रीलाई बोल्न नदिएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सञ्चालन नियमावली २०७५ को दफा २० अनुसार सभामुखले गरेको निर्णयमा अवरोध गर्न नपाइने भन्दै बैठकमा अवरोध नगर्न आग्रह गरे  । तर नेकपा सांसदहरुले सभामुख पनि जनताभन्दा माथि नहुने बताउँदै सभामुखले आफ्नो कुरा लाद्न नपाउने जिकिर गरेका थिए । 


नेकपाले समर्थन फिर्ता लिए पनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । एक सय सात सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजवादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ । 
दुवै दलका गरी ५४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म काँग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकामा अब नेकपा र काँग्रेस विपक्षी दल बन्न पुगेका छन् । -रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x