बलिउड अभिनेत्रीले गरिन यस्तो सीनमा अभिनय, फ्यानले गरे गालीको वर्षा

जेठ २४, २०७५

बलिउड अभिनेत्री स्वरा भास्कर फेरि एकपट सामाजिक सञ्जालमा ट्रोल भएकी छिन् । हालसालै रिलिज भएको फिल्म वीरे दी वेडिङको एक सीनको कारण उनलाई निशानामा पारिरहेका छन् । 

फिल्ममा स्वरा भास्करलाई एक सीनमा हस्तमैथुन गरिरहको देखाइएको छ । यो सीनलाई लिएर ट्वीटरमा मानिसहरुले अपत्ति जनाइरहेका छन् । स्वराका लागि आपत्तिजनक शव्दको पनि प्रयोग भइरहेको छ । 


फिल्ममा स्वराको रोललाई मानिसहरुले महिला सशक्तिकरणसँग जोडिरहेका छन् । स्वरा भास्करले आपत्ति जनाइरहेका मानिसहरुलाई हटाइरहेकी छिन् । 

सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भास्करको फिल्मलाई सफ्ट पोर्न फिल्म भएको बताइरहेका छन् भने केही फिल्म हेदा जाल हुने अवस्था आउने भनी टिप्पणी गरिरहेका छन् । 

स्वरा भास्करले भने ट्वीटरमा लेखेकी छिन्,‘यस्तो लागिरहेको छ कि कुनै आइटी सेलले या त फिल्मको टिकट स्पोन्टर गरेको छ या फेरि ट्वीट’
 

जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस