×

NMB BANK
NIC ASIA

कैलालीमा विद्यार्थी नहुँदा विद्यालय बन्द : दोषी खुट्याउन आरोप–प्रत्यारोप

जेठ २९, २०७५

NTC
Premier Steels

कैलाली (लौसा), २९ जेठ – अध्ययनरत अधिकांश विद्यार्थी निजी विद्यालयमा भर्ना भएपछि कैलालीको एक सामुदायिक विद्यालय बन्द भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ लौसास्थित जनता प्राथमिक विद्यालयमा विद्यार्थी नै भर्ना नभएपछि बन्द भएको हो ।

Muktinath Bank

शैक्षिक सत्र ०६९ र ०७० मा सो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुँदै आएको थियो । तर, पछिल्लो समय विद्यार्थी संख्या घट्दै आएको थियो । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मको कुनै पनि तहमा विद्यार्थी भर्ना नभएपछि बन्द गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम कठरियाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय सञ्चालन गर्न धेरै प्रयास गरेको जिकिर गर्दै उनले भने, ‘गत वर्ष स्थानीय अभिभावकलाई भेला गरेर अन्यत्र भर्ना भएका विद्यार्थीलाई फर्काएर विद्यालय सञ्चालन ग¥यांै । तर, यो पालि गर्न सकेनौ ।’ थोरै विद्यार्थी हुँदा पनि विद्यालयका शिक्षकले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी अन्यत्र भर्ना भएको अध्यक्ष कठरियाको दाबी छ ।


Advertisment
Nabil box
Kumari

‘शिक्षकलाई कम विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अनुरोध गर्यौं । तर, शिक्षकले दिन सक्नुभएन । अनि यो अवस्था आएको हो,’ उनले भने । २०५० सालमा स्थापना भएको विद्यालयमा केही वर्ष अघिसम्म २ सय जनासम्म विद्यार्थी अध्ययनरत थिए । तर, हाल सो विद्यालयमा बाल विकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ । बाल विकास केन्द्रमा पनि जम्मा १३ जना मात्रै विद्यार्थी रहेका बाल विकास केन्द्रकी शिक्षिका प्रेमकुमारी कठरियाले बताइन् ।
विद्यार्थी नै भर्ना नभएपछि विद्यालयका शिक्षक अन्य विद्यालयमा काज सरुवाको प्रक्रियामा लागेका छन् । ३ जना राहत दरबन्दी, २ जना बाल विकास केन्द्र शिक्षक र १ जना कार्यालय सहयोगी गरी सो विद्यालयमा ६ जना शिक्षक कार्यरत छन् ।

Vianet communication

विद्यार्थी भर्ना नभएपछि विद्यालय व्यवस्थापन समितिले बाल विकास केन्द्र बाहेकका शिक्षकलाई काज सरुवाको लागि कैलारी गाउँपालिकालाई सिफारिस गरेको छ । तर, अझै काज सरुवाबारे टुंगो नलागेको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर नेपालीले बताए । तर, विद्यालयको पठनपाठन गुणस्तरीय नभएको आरोप भने निराधार रहेको विद्यालयका प्रधानाध्यापक नेपालीको भनाई छ । 

‘हामी कक्षाभार अनुसार नै शिक्षण तथा पठनपाठन गराउने हो । गराउँदै आएका छौ र गराइरहने छौ । विद्यालय बन्द भएको दोष जति हाम्रो टाउकोमा थुपार्नु कहाँसम्मको नैतिकता हो ?’ उनी भन्छन्, ‘शिक्षा ऐन अनुसार १ शिक्षक बराबर ५० जना विद्यार्थी हुनुपर्छ । तर, शिक्षक भार अनुसार विद्यार्थी नभएपछि विद्यालय यस अवस्थामा पुगेको हो ।’ 

त्यस्तै, प्रअ नेपालीले विद्यालय बन्द हुनुको प्रमुख कारण आन्तरिक विवाद रहेको खुलासा समेत गरे । समिति र राहात दरबन्दीमा कार्यरत शिक्षकबीचको विवादले विद्यालय बन्दको अवस्थामा पुगेको उनको भनाई छ । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले अन्य शिक्षकलाई तलब खुवाउन र विद्यालय सञ्चालनको लागि राहात शिक्षकको तलब विद्यालयको खातामा आउनुपर्ने दवाब सिर्जना गरेको थियो । तर, राहात शिक्षकले आफूहरूको तलब दिन नमिल्ने अडान लिएपछि टकरावको अवस्था सिर्जना भएको प्रअ नेपालीको भनाई छ । विद्यालयको सो विवादबारे अभिभावक हुँदै  विद्यार्थीसम्म पुगेपछि विद्यार्थीको संख्या घटेको बताइएको छ ।

लौसाका स्थानीय समाजसेवी डम्मन कठरियाले सो विद्यालय स्थापनाको लागि ४ कठ्ठा जग्गा दान गरेका थिए । हाल सो जग्गामा २/२ कोठे ३ वटा पक्की भवन, १ वटा कच्ची भवन, २ वटा पक्की शौचालय, ३ वटा बच्चा खेल्ने झुला र २ वटा धारा लगायत संरचना निर्माण गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x