×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले अहिलेसम्म १६ वटा ऐन राजपत्रमा प्रकाशित गरिसकेको छ ।

Muktinath Bank

प्रदेशका अन्य स्थानीय तहको तुलनामा द्रूत गतिमा ऐन बनाएको नगरपालिकाले काम गर्न सहज होस् र जनताको आवश्यकता अनुरुप विकास निर्माण गर्न सहजता आओस् भन्ने प्रमुख ध्येयका साथ गत वर्ष र चालू वर्षलाई कानून निर्माणको वर्षको रुपमा लिएको नगर प्रमुख देवकुमार सुवेदीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले कर्णाली प्रदेश राजधानीलाई हरित तथा समृद्ध नगरपालिका बनाउन चाहन्छौं,’ उनले भने, ‘त्यही प्रमुख उद्देश्यका साथ हामीले नगरलाई आवश्यक पर्ने कानून निर्माण गर्दै राजपत्रमा प्रकाशित गरेका हौं ।’ वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीका अनुसार नगरपालिकाको राजपत्रमा अहिलेसम्म १६ वटा ऐन तथा कार्यविधि प्रकाशित गरिसकिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार वीरेन्द्रनगर नगपालिकाको सहकारी ऐन २०७४, वीरेन्द्रनगर नगरपालिका शिक्षा ऐन २०७४, वीेरेन्द्रनगर नगपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४, वीरेन्द्रनगर नगपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७४ र वीरेन्द्रनगर नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ राजपत्रमा प्रकाशित भइसकेको उनको भनाई थियो ।

Vianet communication

सार्वजनिक निर्माण कार्यको लागि ‘घ’ वर्गको ईजाजत पत्र जारी, नविकरण, संशोधन, नामसारी र खारेजी गर्नका लागि तयार गरिएको निर्देशिका २०७४ प्रथम संशोधन २०७५ बैशाख १०, सार्वजनिक निर्माण कार्यको लागि ‘घ’ वर्गको ईजाजतपत्र जारी, नविकरण, संशोधन, नामसारी र खारेजी गर्नका लागि तयार गरिएको निर्देशिका २०७४, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४ पनि लागू भइसकेको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार गैरसरकारी संस्था समन्वय, परिचालन तथा अनुगमन सम्बन्धी निर्देशिका २०७४, ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७४, इको क्लबको गठन, सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४, सार्वजनिक निजी साझेदारी ऐन २०७४, वीरेन्द्रनगर नगपालिका सुर्खेतको विनियोजन ऐन २०७५ र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक ऐन २०७५ राजपत्रमा प्रकाशित भइसकेको छ ।

राजपत्रमा विभिन्न ऐन प्रकाशित भइसकेपछि नगरमा काम गर्न सहज भएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् । उनले अरु केही ऐन बन्ने चरणमा रहेका र ती ऐन पनि चाँडै प्रकाशित गरिने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x