×

NMB BANK
NIC ASIA

रसिदको भरमा गाडी चलाउँदै लाखौं चालक, ५ सय नेपाली कलाकारसँग ‘ग्रिनकार्ड’

कात्तिक ६, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको असन्तुष्टिका बारेमा गम्भीर छलफल भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा पेश गरेको असहमतिमाथि गम्भीर छलफल भएको हो ।

Muktinath Bank

बैठकमा नेता नेपालले उठाएका विषयलाई गम्भीरता पूर्वक लिने र आगामी दिनमा यस्ता त्रुटि हुन नदिने आश्वासन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । नेता नेपालको असहमतिपत्रमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । वरिष्ठ नेता नेपालले महासचिव विष्णु पौडेलमार्फत असोज १३ गते लिखित रुपमै असहमति पत्र पेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने पूर्ववत् निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ । असन्तुष्टका आवाज आगामी दिनमा सम्बोधन गर्ने भन्दै बैठकले प्रदेश समिति गठनको निर्णयलाई सदर गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला तह र जनसंगठन एकीकरणको विषयमा छलफल गर्न कात्तिक ७ गते दिउँसो तीन बजे बैठक पुनः बस्ने छ । बैठकले प्रवक्ता श्रेष्ठले दिएको राजीनामा समेत अस्वीकृत गर्ने निर्णय गरेको छ ।

Vianet communication

लाखौं चालकले रसिदको भरमा गाडी चलाउँदै
स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । 

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए ।

‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ ।’ 

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका  छैनन् । स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् ।

नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ । पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

साबिककै जिम्मेवारी सम्पन्न गर्न निर्देशन 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साबिककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रूपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले हाल प्रदेश मातहतमा रहने गरी सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई यथावत्रूपमा सञ्चालन गर्न सो अनुरोध गरिएको हो । 
 
जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले जनस्वास्थ्य/स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीको समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिको हस्तान्तरण, आर्थिक प्रशासनसम्बन्धी कागजातको व्यवस्थापन लगायतका कार्य गर्न नयाँ प्रादेशिक संयन्त्र स्थापनाको प्रक्रियामा रहेको जनाइएको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ । 

मन्त्रालयले ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । सङ्घीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र सङ्घको नयाँ संरचना तथा त्यसलाई आवश्यकपर्ने जनशक्तिको खाका तयार पारेको हो । 

काठमाडौं उपत्यकामा रूट परिमार्जन गर्ने तयारी 
अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको सवारी जामलाई नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ । विभागले आगामी पुसदेखि नयाँ रूट सञ्चालनमा ल्याउने भएको हो । 

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो सहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेको छ । तिनै नयाँ रुटमा यातायात सञ्चालन गराउने विभागले तयारी गरिरहेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । परियोजनाले हालका २ सय बढी रूटलाई मिसाएर ६६ रूटमा सिमित गर्न सुझाव दिएको छ । सोहीअनुसार विभागले आगामी पुसदेखि संचालनमा ल्याउने तयारी गरेको जनाएको छ । सबै ६६ रुटको यकिन भैसके पनि विभागले नयाँ रुट सार्वजनिक भने गरेको छैन । 
 
पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’
नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरू स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरू उतै रमाउन थालेका छन् ।

‘नेपाली अमेरिकन कलाकार सङ्घ’का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् । 

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’को मान्यतासमेत दिने भएकाले उनीहरू उतै सम्मानित भएको अनुभव गर्छन् । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । 

कृष्णनगरमा कर्फ्यू
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा  लगाएको छ ।  दुर्गाको मूर्ति सेलाउने क्रममा  विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो ।

आइतबार राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो । विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । 

मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ । 

भारतमा एकैपरिवारका चार नेपालीको 
भारतको गोरखपुरमा कारलाई गाडीले ठक्कर दिँदा एकै परिवारका चारजना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गोरखपुरदेखि वारणासीतर्फ गइरहेको कारलाई राजादेपुरमा गाडीले ठक्कर दिँदा सिन्धुलीका ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुवा गोरख श्रेष्ठ र भाई उपेन्द्रको मृत्यु भएको हो ।

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान
थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्याण्ड प्रस्थान गर्नेमा अधिकांश खेलाडी अघिल्लो महीना भुटानमा सम्पन्न साफ च्याम्पियनसिपमा सहभागी खेलाडी छन् ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा आगामी बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा शुक्रबार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतबार खेल्नेछ । समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी
यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । धनगढीले इङ्ल्याण्डका ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी बलर उमेद आसिफलाई टोलीमा भित्र्याएको धनगढी ब्लुजका मुख्य लगानीकर्ता व्यवसायी सञ्जीव शर्माले जानकारी दिए ।

प्रतियोगिताको नियमानुसार प्रत्यक टोलीले दुई विदेशी खेलाडी राख्न पाउनेछन् । पिपिएलमा धनगढीले कात्तिक १० गते काठमाडौँ रोयल्स, कात्तिक ११ गते विराटनगर टाइटन्स, कात्तिक १४ गते चितवन राइनोज, कात्तिक १५ गते बुटवल ब्लास्टर्स र कात्तिक १६ गते पोखरा पल्टनसँग खेल्नेछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x