×

NMB BANK
NIC ASIA

सुर्खेत– अहिलेको स्वार्थी समाजमा कोही व्यक्तिले निःशुल्क रुपमा गाउँमा सेवा गर्छ भन्ने कुरा धेरैलाई पत्याउनै गाह्रो छ । हरेक व्यक्ति धन, सम्पतीको पछि दौडिरहेको हुन्छ । तर, सुर्खेतको गुर्भाकोट–१४ गुमीमा भने एक व्यक्तिले धन पैसा भन्दा पनि विगत पाँच वर्षदेखि एक प्राविमा निःशुल्क रुपमा अध्यापन गरिरहेका छन् ।

Muktinath Bank

सानै उमेरमा बुवाआमा गुमाएका गुमीका ३२ वर्षीय गजेन्द्र राना अहिले त्यहाँ रहेको जनसंयुक्त विद्यालयमा अध्यापन गराइरहेका छन् । स्नातकोत्तर अध्ययन गरेर उनी गाउँमा पाँच वर्षअघि  फर्केका हुन् । बाबुआमाको निधनपछि एक बहिनीसहित उनलाई सुर्खेतमा रहेको  एसओएस बालग्राममा भर्ना गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कक्षा १० सम्म त्यतै अध्ययन गरें । ‘म एसएलसी पास गरिसकेपछि साथीको कारण गाउँमा पहिलोपटक आएको थिएँ ।’ उनले भने, ‘त्यसपछि काठमाडौं गएँ र अध्ययन सम्पन्न गरेर यहाँ आए र अब जान मन लाग्दैन ।’ उनी चाडपर्वका बेला गाउँमा आउँदा यहाँको जनसंयुक्त विद्यालयको दयनीय अवस्था देखेर चिन्तित हुन्थे । 


Advertisment
Nabil box
Kumari

‘पाँच कक्षासम्मको विद्यालयमा १०–१५ जना विद्यार्थी थिए । पढाउने शिक्षकको अभाव, विद्यालय आएका विद्यार्थी दिनभरी माटोमा खेलेर घर फर्किन्थे ।’ विगत स्मरण गर्दै उनले भने, ‘बादी र जनजाति समुदायको बसोबास रहेको यो गाउँमा उच्च शिक्षा अध्ययन गरेको म मात्रै एक्लो थिएँ ।’ पाँच वर्षदेखि उनले अध्यापन गर्न शुरु गरेको विद्यालयले गरेको प्रगति लोभलाग्दो छ ।

Vianet communication

‘पहिले विद्यार्थीहरू यहाँ अध्ययन गर्न मान्दैन थिए । विद्यालय मर्ज हुने अवस्थामा थियो । विद्यार्थीहरु जाडोमा कपडामा टाँक नलगाएर पनि आउने गरेका थिए भने सरसफाईमा उनीहरु शुन्य नै देखिन्थे ।’ उनले भने, ‘तर अहिले समय फेरिएको छ । यो विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको लहर चल्न थालेको छ ।’

उनलाई आर्थिक समस्या भने झेल्न गाह्रो रहेछ । ‘स्वंसेवा गरिरहेका कारण मलाई आर्थिक समस्या केहि मात्रामा आएको छ ।’ उनले भने, ‘मलाई मेरी बहिनी र विद्यालयका शिक्षकहरुले चाडपर्वको बेलामा १५ हजार जति खर्च दिने हुँदा केहि समस्या समाधान हुन्छ ।’ उनले आफूले पैसालाई भन्दा विद्यार्थीहरुलाई बढी महत्व दिएको बताए । ‘पैसा भएर मात्रै सबैकुरा मिल्दो रहनेछ ।’ उनले भने, ‘मलाई पैसा कमाउने रहर भएको भए म यतिबेला नर्वेमा हुन्थे होला । तर, मलाई पैसा कमाउनु भन्दापनि बढी खुशी कमाउन मन लाग्यो र म यहाँ बस्न थालें ।’
 
‘इच्छाशक्ति भए सबै संभव हुँदो रहेछ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनारले भने, गजेन्द्र सर आएपछि विद्यालयले उल्लेख्य प्रगति गरेको छ । ‘विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयमा पोशाक अनिवार्य छ । विद्यालय परिसरभरी फोहर देखिँदैन । सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु आफ्ना नानी–बाबुहरु भर्ना गर्न ‘सोर्सफोर्स’ लगाउँछन् ।’ उनले भने, ‘यहाँका अधिकांश अभिभावकहरुले ऋण गरेरै भएपनि पहिले बोर्डिङ स्कूलमा आफ्ना छोराछोरी पढाउनुहुन्थ्यो अहिले बोर्डिङ छोडेर आउनेको लहर चलेको छ ।’ 

पाँच वर्षअघि राना विद्यालयमा प्रवेश गर्दा २४ जना विद्यार्थी अध्ययनरत थिए । अहिले १५० भन्दाबढी विद्यार्थीहरु छन् । पाँच वर्षअघि शुरुमा तीन महिनाका लागि स्वंयसेवा गर्न आएका गजेन्द्र पाँच वर्षदेखि निरन्तर विद्यालय सुधार अभियानमा छन् । ‘आफू जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ता लागिरहेको छ ।’ उनले भने, ‘आफ्ना गाउँका नानीबाबुहरुको भविष्य अन्धकार देखेपछि केही महिनाका लागि सेवा गरौं भन्ने उद्देश्यले आएको थिएँ, दिन, महिना हुँदै पाँच वर्ष पुगिसक्यो, विद्यार्थीको भविष्य र अभिभावकको मायाले छोड्नै सकेको छैन् ।’

उनले अब विद्यालयलाई कक्षा ८ सम्म सञ्चालन गर्ने लक्ष्य लिएको बताए । ‘मेरो चाहना कक्षा आठसम्मको अध्ययन यहि गर्न सकियोस भन्ने हो ।’ उनले भने, ‘तर यहाँ कक्षाकोठाको अभाव रहेको छ ।’ उनले शिक्षकले चाहेको खण्डमा बोर्डिङ भन्दापनि राम्रो शिक्षा दिक्षा दिन सकिने बताए । 

हुन त न उनी विद्यालयको शिक्षक हुन, न त उनी प्रधानाध्यापक नै हुन् । तर पनि आफू जन्मेको गाउँमा स्वंयसेवा गरी गाउँको मुहार परिवर्तन गर्न खोज्ने उनी एक्ला कर्णालीका तारा हुन भन्दा फरक नपर्ला । उनले विद्यालयमा अवलम्बन गर्ने गरेको शिक्षण शैली, व्यवस्थापनलाई अन्य विद्यालयले ग्रहण गरेर लागू गर्न सकेको खण्डमा कर्णालीको शैक्षिक अवस्था पनि सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x