×

NMB BANK
NIC ASIA

‘विप्लव’ लुकेका छैनन्– नेकपा

मंसिर ५, २०७५

NTC
Premier Steels

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ । 

Muktinath Bank

बुधबार रिपोर्टर्स क्लब नेपालमा आगामी मंसिर ८ गते काठमाडौं आयोजना गरिने जनसभाका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य चीरन पुनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराकासाथ आफूहरुले उक्त जनसभाको आह्वान गरेको पुनले जानकारी दिए । 
उनले भने,‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढि जनताकोबीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्, त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनःगठन दिवसको अवसरमा जनताका आवाजबारे हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ ।’


Advertisment
Nabil box
Kumari

पार्टीका महासचिव क. विप्लवलाई लुकाउनुको कारण के हो नि ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले भने,‘पार्टीको निर्णयअनुसार नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेलाको सम्बोधन गर्नुहुनेछ, उहाँ लुक्नुभएको पनि होईन, लुकाएका पनि होईनौं, आजको दिनमा सबैभन्दा धेरै जनता भएको पार्टी हाम्रो पार्टी हो, विशेष कारणबश उहाँ आउनु हुनेछैन्।’

Vianet communication

‘‘(नेकपा) र काँग्रेसलाई निम्तो छैन’’

आगामी मंसिर ८ गते काठमाडौंको शान्तिवाटिकामा नेकपा विप्लव माओवादीको आमसभामा मित्र पार्टीका रुपमा बैद्य माओवादीलगायत केही शीर्ष नेतालाईमात्रै निम्तो दिईएको जनसभा प्रचारप्रासर उपसमितिले जनाएको छ । 
विप्लव माओवादीले (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ । जनसभामा देशैभरिबाट हजारौंको संख्यामा जनता काठमाडौं आउने आयोजक समितिको विश्वास छ । 

पुनले सरकारको नेतृत्व गरिरहेको (नेकपा) र संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई उक्त भेलाको लागि आफूहरुले निम्तो नदिएको स्पष्ट पारे ।

त्यस्तै, पार्टी प्रवक्ता ‘प्रकाण्ड’को जन्मथलो कालिकोटबाट धेरै जनताको सहभागिता रहने पनि पुनले जनाए । उनले भने,‘प्रवक्तामाथि सरकारले जुन प्रकारको षड्यन्त्र रच्यो र गिरफ्तार गर्यो, त्यसबाट कालिकोटवासी निक्कै चुर बनेका छन्, प्रवक्ताको रिहाईको लागि धेरै संघर्ष पनि गरेका छन्, कालिकोटका जनताले त यतिसम्म पनि भन्नुभएको छ, भए गाडीमा चढेर आउँछौं, नभए हिँडेर आउँछौं, यतिसम्म भन्ने जनता हाम्रो साथमा छन् ।’
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुणराज लोहनी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष  प्रकाश डुम्रे, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलगायतको उपस्थी रहेको थियो । 

जनसभा प्रचारप्रसार उपसमितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिशनखोरी, हत्या, हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरुको चलखेल बढेको अवस्थामा हाम्रो पार्टीले पार्टी पूनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल बनाउन सम्पूर्ण पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजिवी, वकिलगायत सम्पूर्ण कम्युनिष्ट वामपन्थी, देशभक्ति, लोकतान्त्रिक शक्तिहरुसमक्ष आवश्यक सहयोग र उपस्थितिको लागि हाम्रो पार्टी तथा जनसभा तथा परिचालन समिति हार्दिक आह्वान गर्दछ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x