×

NMB BANK
NIC ASIA

‘मेरो रगतमै अभिनय छ, म त अभिनय गरेरै मर्ने हो’

मंसिर १५, २०७५

NTC
Premier Steels

काठमाडौं – आजभन्दा १७ वर्ष अगाडि अभिनेता भुवन केसी एक सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

Muktinath Bank

सोही कार्यक्रममा अभिनयसँगै नृत्य गर्दै थिए ६ वर्षीय बालक । ती बालकको नृत्य र अभिनयमा भुवनको नजर पर्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र बनाउने तयारीमा रहेका भुवनले ती बालकलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहे । भुवनलाई प्रभावित पार्ने ती बालक थिए अहिलेका व्यस्त अभिनेता सलोन बस्नेत ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँगको कुराकानीमा सलोन सम्झन्छन्, ‘मेरो प्रस्तुति भुवन अंकलले मन पराएपछि स्टेजमै चढेर आफ्नो चलचित्रमा खेलाउने घोषणा गर्नुभयो ।’ भुवनको ‘नेपाली बाबु’मा सलोनले अभिनय गरे ।

Vianet communication

त्यसपश्चात् सलोन बालकलाकारका रुपमा ३ दर्जन बढी चलचित्रमा अभिनय गरे । आफ्नोपन, आशिर्वाद, आफन्त, हामी तीन भाइ लगायत चलचित्र उनी बालकलाकारको रुपमा अभिनित सफल चलचित्र हुन् । एउटा स्टेज कार्यक्रमले जुराएको संजोगले आज ‘नेपाली बाबु’का बालकलाकार अहिलेका व्यस्त अभिनेताका रुपमा स्थापित छन् ।

पढाइले ६ वर्ष ‘ग्याप’

बाल कलाकारको रुपमा सलोन चलचित्रमा अभिनय गर्दै गए । साथमा पढाइलाई पनि सँगसँगै लैजानुपर्ने थियो । सलोनका अनुसार बाल कलाकारको रुपमा उनले अभिनय गरेको पछिल्लो चलचित्र थियो – हामी तीन भाइ ।

‘हामी तीन भाइमा अभिनय गर्दा म कक्षा ८ मा पढ्दै थिए । त्यसपछि म अभिनयभन्दा पढाइमा केन्द्रित भए,’ उनी झण्डै ६ वर्ष अभिनयलाई एकापट्टि राखेर पढाइमा केन्द्रित भए ।

६ वर्षको ग्यापपछि उनी सुनिल रावलले निर्माण गरिरहेको ‘होस्टेल’ मार्फत् अभिनेताका रुपमा चलचित्र क्षेत्रमा फर्के । फरक कन्सेप्टमा निर्माण भएको चलचित्र ‘होस्टेल’लाई दर्शकले रुचाए । सँगै अभिनेता सलोन पनि दर्शकको नोटिसमा परे ।

दर्शकमा मात्र होइन, उनी निर्माता निर्देशकको नजरमा पनि पर्दै गए । होस्टेलपछि ‘गाजलु’, ‘लभसब’, ‘ए मेरो हजुर २’, ‘बाबु कान्छा’, ‘जय भोले’ लगायतका चलचित्र हुँदै हाल उनी अभिनित नयाँ चलचित्र ‘सुश्री सम्पत्ति’ प्रदर्शनको तयारीमा छ ।

सहायकमा फिट, सोलोमा भएनन् हिट

सलोन अधिकांश चलचित्रमा सहायक भूमिकामा देखिन्छन् । जुन चलचित्र सफल पनि छन्, सँगै सलोनको प्रस्तुतिलाई पनि दर्शकले रुचाउँदै आएका छन् । उनको सहायक भूमिका रहेको होस्टेल, गाजलु, ए मेरो हजुर २ लगायतका चलचित्र सफल हुन् ।

चकलेटी अनुहारका सलोन कमेडी शैलीमा प्रस्तुत हुन्छन्, अनि उनको भूमिकामा दर्शक रमाउँछन् । तर दुर्भाग्य नै मान्नुपर्छ सलोन सोलो हिरोका रुपमा प्रस्तुत भएका चलचित्र भने असफल छन् । जसमा ‘आधापेज’, ‘बाबुकान्छा’लाई लिन सकिन्छ । 

सलोन भन्छन्, ‘म धेरै चलचित्रमा सहायक क्यारेक्टरमा छु । यसले मेरो करिअरलाई भने असर गरेको छैन ।’ सलोन सहायक भएपनि आफ्नो प्रस्तुति बलियो छ भने काम गर्नु नराम्रो नभएको बताउँछन् ।

‘मलाई क्यारेक्टर सानो–ठूलो भन्ने नै लाग्दैन । क्यारेक्टर हेर्छु, बलियो छ भने ओके हुन्छ,’ सलोन भन्छन् । तर आफू सोलो क्यारेक्टरमा चल्न नसक्नुमा दुःखी भने देखिन्छन् । ‘लिड रोलमा अभिनय गरेका चलचित्र मैले छान्न सकिन । त्यो मेरो कमजोरी हो,’ सलोन भन्छन् ।

‘रगतमै अभिनय छ, अभिनय गरेरै मर्ने हो’

निर्देशक तथा कलाकार शोभित बस्नेतका छोरा हुन् सलोन । सलोनका काका जयकिशन बस्नेत पनि अभिनय, निर्माण तथा निर्देशनमा सक्रिय छन् । बुवा र काका त्यो बेला अझ सक्रिय थिए, सलोन बाल्यकालमा थिए । 

पारिवारिक पृष्ठभूमि नै कलाकारिता भएकाले पनि सलोनमा सानैदेखि अभिनयप्रति रुचि थियो । साथमा रुचि पूरा गर्न पारिवारको साथ र सहयोग । सलोन सानैदेखि बुवा र काकासँग स्टेज कार्यक्रममा प्रस्तुति गर्थे । त्यसैक्रममा उनको भेट भुवनसँग भएको थियो ।

सलोन आफू अभिनयकै लागि जन्मिएको बताउँछन् । ‘म बाल कलाकारका रुपमा उदाए । अहिलेसम्म चलचित्र क्षेत्रभन्दा बाहिर कुनै पनि काम गरेको छ्रैन,’ सलोन भन्छन्, ‘सानैदेखि अभिनय गरें, अभिनय बुझें, अनि अभिनयमै रमाए । म त अभिनय गरेरै मर्ने हो ।’ यसकारण पनि अभिनय उनको निर्विकल्प विगत थियो, वर्तमान हो, सँगै भविष्य पनि ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x