×

NMB BANK
NIC ASIA

प्रदेश ३ : आर्थिक वर्ष २०७६/७७ को बजेट पारित

असार १२, २०७६

NTC
Premier Steels

हेटौँडा-प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजित बजेट बहुमतद्वारा पारित गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेटलाई पारित गरियोस् भनी प्रस्ताव राखेका थिए।

Muktinath Bank

    सोही बैठकले राजश्व र व्ययको अनुमानसम्बन्धी विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन कार्यान्वयनसम्बन्धी विधेयक २०७६ लाई पनि बहुमतले पारित गरेको छ । 
प्रदेशसभा सदस्यहरु न्च्छेनारायण श्रेष्ठ, रमेश पौडेल, सृजना सैजु, सुरेन्द्रराज गोसाईं र रिना गुरुङले विभिन्न शीर्षकमा छुट्टयाएको बजेट कटौति गरी एक रुपैयाँ मात्र कायम गरियोस् भनी प्रस्ताव राखेका थिए । 
प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उनीहरुलाई प्रस्ताव फिर्ता लिनुस् भनी गरेकाे रुलिङमा प्रदेशसभा सदस्यहरुले फिर्ता नलिने अडान लिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरिएको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले असार १ गते आगामी आवका लागि कूल रु ४७ अर्ब ६० करोड ७९ लाख बजेट प्रस्तुत गरेका थिए । प्रदेशसभाको बैठकमा असार १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा विभिन्न ६ मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमा दफावार छलफल भई आज बजेट पारित गरिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभामुख श्रेष्ठले अर्को बैठक सूचना जारी नभएसम्मका स्थगित गरिएको जानकारी दिनुभएको थियो । प्रदेशसभामा १०९ प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x