×

NMB BANK
NIC ASIA

विद्युत् उत्पादन क्षमता बढाउन अध्ययन शुरू

कात्तिक २४, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

खस्यौली –रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरू भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत् उत्पादन हुँदै आएको छ । 

Muktinath Bank

नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् उत्पादन बढाएर तीन मेगावाट पुर्‍याउने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाइएको हो । 'विद्युत् उत्पादन बढाउन सकियो भने विद्युत् वितरणमा देखिने भोल्टेजको समस्या समाधान हुन्छ । बुटवल बजारका लागि आवश्यक विद्युत् आपूर्ति पूरा गर्न सकिन्छ', मिश्रले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न प्राविधिक समस्याका कारण बन्द अवस्थामा रहेको  तिनाउ विद्युत् गहृ २०७४ जेठदेखि नियमितरुपमा सञ्चालनमा आएको थियो । विद्युत् गहृमा २५० किलोवाटका दुई टर्वाइन र ५०० किलोवाटको एक टर्वाइन सञ्चालनमा थिए । समस्या देखिएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको  प्रमुख मिश्रले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

तिनाउ पावर हाउसबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान भएपनि खास गरी अति संवेदनशिल सरकारी कार्यालयमा खपत भइरहेको बताइएको छ । आर्थिक वर्ष २०७३/७४ मा १० लाख ५८ हजार ६४५ युनिट विद्युत् उत्पादन भएको उक्त पावर हाउसबाट आव २०७४/७५ मा २० लाख २१ हजार ९८० युनिट विद्युत् उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा २४ लाख ९६ हजार ८४० युनिट विद्युत् उत्पादन भएको छ । सो पावर हाउस २०३७ सालमा निर्माण भएको हो ।  

Vianet communication

लाइन काटेर असुली

नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रले विभिन्न आर्थिक वर्षमा विद्युत् लाइन काट्दै रकम असुली गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा ३५५ ग्राहकको विद्युत् लाइन काटेर रु एक करोड चार लाख ४३ हजार असुली गरिएको थियो । आव २०७४/७५ मा ७२७ उपभोक्ताको लाइन काटेर रु एक करोड ७२ लाख ६७ हजार तथा आव २०७४/७५ मा ७४० ग्राहकको लाइन काटेर झण्डै रु दुई करोड असुली गरिएको वितरण केन्द्रका प्रमुख मिश्रले जानकारी दिए। 

रुपन्देहीको शङ्करनगर, कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका तिनाउ र सुनवलका केही भागका उपभोक्तको विद्युत् लाइन काटिएको थियो । यसैगरी नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रले आव २०७५/७६ मा रु एक अर्ब ४२ करोड राजश्व सङ्कलन गरेको छ । केन्द्रले आव २०७४/७५ मा रु एक अर्ब १९ करोड सात लाख २१ हजार राजश्व सङ्कलन गरेको छ भने आव २०७३/७४ मा रु ९६ करोड ६६ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x