सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई, पायाे ६ लाख पुरस्कार

 मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि हात पारेको छ। 

शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आयतबार भएको फाइनल खेलमा थ्री स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो।  उपाधिसँगै क्बले ६ लाख प्राप्त गरेको छ, भनेउपविजेता थ्री स्टारले ३ लाखमा चित्त बुझाएको छ। 


Advertisement

खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो। खेलको दोस्रो मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्री स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो। 

फाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए। उनले नगद १० हजार पाए। 


Advertisement

 प्रतियोगिताका म्यान अफ दी टुर्नामेन्ट थ्री स्टारका कप्तान विक्रम लामा भए। उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्री स्टारकै सञ्जोग राई भए। प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए। 

प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्री स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए। उनीहरुले जनही २० हजार पाए। उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार प्रदान गरियो।  प्रतियोगिता फागुन ४ गतेदेखि शुरु भएको थियो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्