×

NMB BANK
NIC ASIA

साहित्यले विकृतिको चिरफार गर्नुपर्छ : मन्त्री केसी

फागुन १७, २०७६

NTC
फाइल फोटो
Premier Steels

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले साहित्यले समाजमा विद्यमान विकृतिको चिरफार गर्नुपर्ने बताएकी छन् ।

Muktinath Bank

राप्ती साहित्य परिषद् रुकुमले शनिवार मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरेको ‘साहित्य माला’ कार्यक्रममा उनले समाज रहेका समग्र विकृति र विसङ्गतिविरुद्ध साहित्य ओकेलिनुपर्ने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘साहित्य सभ्य समाज र असल संस्कृतिको द्योतक हो,’ उनले भनिन्, ‘यो वर्तमान राजनीतिक पार्टीको संस्कार बदल्नतर्फ मुखरित हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले शक्तिशालीलाई पूजा गर्ने संस्कृतिबाट टाढा हुन आग्रह गर्दै युवापुस्ता सिर्जनशील भएर लाग्न जरुरी रहेको बताइन् । उनले भनिन्, ‘प्रेमबाट विचलित भएर आत्महत्या गर्ने पुस्ताले समाज र परिवार ध्वस्त हुन्छ । तसर्थ राम्रो संस्कार हामी आफैंले विजारोपण गर्ने हो ।’

Vianet communication

उनले भ्रष्टाचारको अन्त्य नभई विकास असम्भव भएको प्रस्ट्याउँदै यसको खबरदारी सबै क्षेत्रलाई गर्न आग्रह गरिन् ।

प्रदेशसभा सदस्य देवी ओलीले नेपाल कला, साहित्य, प्रेमी मनले भरिएको देश भएको उल्लेख गर्दै समाजको यथार्थतालाई साहित्यबाट उजागर गरी समाज र सरकार दुवैलाई सचेत तुल्याउन सहभागी स्रष्टा, सर्जकलाई सुझाए ।

मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकाय केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख जसवीर रोका र अतिथि संकायमा अध्यापनरत डा. दीपक गौतमले युवा पुस्तामा नकरात्मकता बढी देखिएको टिप्पणी गरे ।

साहित्य माला कार्यक्रममा १३ स्रष्टाले मुलुकको विकास, सीमा रक्षा, राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तन, कमजोर नागरिक जीवनशैली र सुशासन कायम हुन नसक्नु लगायतका भाव आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x