फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सन् २०१९ सेप्टेम्बर २७ मा स्पेनको बार्सिलोना शहर हुँदै लेइदा शहरसम्म पुग्दा बाटोमा देखिने समुन्द्रीतट, सुन्दर बस्ती, खेतीपातीका हरिया फाँटहरू र मेडिटेरेनियन वनजंगलले मेरो मन कति प्रफुल्ल थियो भन्ने व्यक्त गर्न शब्दले साथ दिँदैन होला ।
विश्वविद्यालयको पढाइसँगै लेइदा शहरको झिलिमिली, पबबारको चर्को आवाज, भीडभाड, समुन्द्रीबिच, पिरेनिज पहाड र मेडिटेरेनियन फरेस्टको घुमफिरले दिनचर्या बितेको पत्तो थिएन । हर्ष र उल्लासको सिमै थिएन ।
नयाँ वर्ष २०२० सँगसँगै कोभिड १९ को ज्वालामुखी चिनियाँ वुहान शहरमा विस्फोट भयो रे भन्ने हल्ला युरोपमा पैmलियो तर पनि युरोप आप्mनै मस्तीमा थियो । अकस्मात् चलचित्रको पर्दामा देखिने दृश्यझैं सूक्ष्म जीवाणुको आक्रमण एकाएक इरान–इटालीमा भयो । आफू नमरी स्वर्ग देखिँदैन भनेझैं स्पेनीहरूले अझै नटेरी फूटबल आयोजना, ८ मार्चको महिला दिवसको जुलुस जस्ता कार्यक्रम गर्दै थिए ।
एकाएक अस्ट्रेलियामा फैलिएको डढेलोरुपी कोभिड स्पेनमा पनि दन्कियो । दिनरात उस्तै लाग्ने यहाँका चलायमान शहर एकाएक ठप्प भए ।
सडकपेटी, चौर र समुन्द्रीबिचमा वियरको चुस्कीमा साथीसँग अँगालो मार्दै रमाउने जीवनशैली छिनभरमा फुटेको सिसाझैं चकनाचुर भयो । खुला आकाशमा उड्ने पन्छी पिँजडाको चरीझै खुम्चियो । यही पिँजडाको परिवेशमा बसेर म यस आलेखमा स्पेनको लेइदा शहरको घर नम्बर १३० बाट आपूmले देखेका र सोचेका केही कोभिड अनुभूतिहरू कोरेको छु ।
हालसम्म युरोपेली मुलुकमध्ये कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देश स्पेन हो । यो आलेख तयार गर्दासम्म स्पेनको लकडाउन (बन्दाबन्दी) ४३ औं दिन पुगेको छ । अझै कति लम्बिन्छ कुनै निश्चितता छैन । २ लाखभन्दा बढी संक्रमित भएकोमा २० हजारभन्दा बढी मानिसहरू मृत्यलोक पुगेको समाचार छ । मार्च महिनादेखि नै सूक्ष्म जीवाणुसँगको घमासान युद्ध चलिरहेकै छ ।
युरोपका अधिकांश राष्ट्रमा कोभिडले स्पेनमा जस्तै आक्रान्त पारिरहेको छ । युद्धस्तरमा नै स्पेनभर कोभिडसँग राज्यले पूर्णरुपमा शक्ति, स्रोत र साधन उपयोग गरेर जुधिरहेको छ ।
अहिले शहरका ठूल्ठूला पर्यटकीय होटल औषधालयमा परिणत भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाले राज्यको चरम संघर्षलाई सघाइरहेका छन् । बन्दाबन्दीको नियम कडा रुपमा लागू छ । बेकामले बरालिनेलाई चर्को फाइनदेखि जेलसम्म सजायको घोषणा गरिएको छ । अत्यावश्यक सेवाबाहेक अन्य कार्यमा बन्देज नै लगाइएको छ ।
कोभिडका कारण वर्षभर पर्यटकले भरिभराउ हुने मेड्रिड र बार्सिलोना जस्ता आर्थिक हबका शहरहरू अहिले कोरोनाको इपिसेन्टर बनिरहेका छन् । दैनिक रुपमा अधिकांश मृत मानव शरीर यिनै इपिसेन्टरमा भेटिन्छन् । हजारौं
दर्शकले हेर्ने फुटबलका खेल मैदान, डिस्को, बार, पब, होटल रेस्टुरा, पार्क, चोक र सडकहरू उजाड छन् । सबैको मनस्थितिमा ‘उडायो सपना सबै हुरीले’ भन्ने अवस्था सिर्जना भइरहेको छ ।
कोभिडपूर्व र कोभिडपछिको मेरो मनस्थिति र दिनचर्या पनि पूर्णिमा र औंशीको रात जस्तै फेरिएको छ । पहिलेका रमाइलापल सम्झँदै कोभिड नियन्त्रण कहिले होला भन्ने आशाका त्यान्द्राहरू मथिङ्गलमा हरपल घुमिरहन्छन् ।
बन्दाबन्दीमै मेरो दैनिकी पनि लेखपढ, यूट्युब, फोनकल र साथीभाइसँग गफगाफमा बितिरहेको छ । २–३ हप्तामा खाद्यान्न लिन जानेबाहेक घरबाहिर निस्कने परिस्थिति छैन । खाद्य स्टोरले पनि सामान किन्नभित्र पस्दा हातमा पञ्जा दिने र स्यानिटाइजर लगाउन लगाई सामाजिक दूरी कायम गराउँछ । यहाँको एउटा सुखद पक्ष के छ भने यो महामारीमा कसैले पनि खाद्यान्नको अभाव झेल्नुपरेको छैन ।
बजारमा कालोबजारीको मार कसैले भोग्नु परेको छैन । खाद्यान्नको लोडले भरिएका गाडीहरू चिल्ला सडकमा गुडिरहेका देखिन्छन् । खेतीपातीका काम अहिले पनि निरन्तर चलिरहेका छन् भन्ने सुनिन्छ । अहिलेसम्म त सरकारले खाद्य सुरक्षाको राम्रो प्रबन्ध मिलाएकै छ । तैपनि विश्वव्यापी रुपमा आउन सक्ने खाद्य संकटको चुनौती यहाँ पनि कस्तो आउने हो पूर्व अनुमान गर्न गाह्रो छ ।
युरोप र अमेरिकाका अन्य मुलुकमा झै स्पेनमा पनि अहिले सामान्य स्वास्थ्य सामग्रीको चरम अभाव छ । मास्क, पञ्जा र स्यानिटाइजर समेत यहाँका फार्मेसीमा सहज रुपमा पाइँदैनन् । कोभिडअघि र कोभिडपछि मानवीय आवश्यकता र सोचाइमा परिवर्तन आउँदैछ । सायद म मात्रै होइन, यहाँका स्पेनियाहरू पनि अहिले महंगो भौतिक वस्तु होइन, सामान्य मास्क र पञ्जाको महत्त्व बुझ्दै होलान् ।
स्वतन्त्रता, मानवता र मनोरञ्जन नै मानवका लागि आवश्यकीय आवश्यकता हो भन्ने स्पेनियाहरू अहिले रोग र भोकलाई नै पहिलो प्राथमिकता दिँदै होलान् । पहिले मेस्सी, बार्सा र फूटबलको नशामा झुम्ने स्पेनियाहरू अहिले मानवलाई बचाउने चिकित्सकको महत्त्व र भूमिका बुझ्दै छन् । स्वास्थ्यकर्मीलाई भगवान् र स्वास्थ्य शिक्षालाई ज्ञान भन्दैछन् । सायद विश्वले अबको समय चिकित्सा क्षेत्रमा लगानी थप्दै जाला ।
रोगसँगको लडाइँका निम्ति प्रतिरोधात्मक क्षमता बढाउन खानपिन र सामाजिक व्यवहारमा पनि परिवर्तन आउला । स्पेनियाहरू हरेक सुविधाका लागि गगनचुम्बी भवनमा बस्ने, डान्सबार र रेस्टुरेन्टमा रमाउने अनि आत्मियता प्रकट गर्न ओठ, अँगालो र हात मिलाउने गर्छन् । सायद यिनीहरू पनि अब छरिएर बस्ने, धोती फेरेर खाना खाने अनि २ मिटर टाढैबाट नमस्कार गर्नेे पूर्वीय परम्पराको सिको गर्नेछन् ।
मेरो यहाँको दिनचर्या आफ्नो अध्ययनका साथै केही नयाँ पुस्तकको अध्ययन र विद्युतीय सञ्जालमै बित्दछ । यहाँ सबै सुविधा भएर पनि जाबो भाइरसले देशलाई नै अनिश्चितकालीन बन्दी बनाइरहेको छ । मेरो अवस्थाको त के वर्णन गर्नु ! उता ‘कर्णालीब्लुज’को कथाको नशामा सुदूर तराईको मटेरा गाउँ र कटासे हुँदै कालिकोटसम्म पुग्दछु ।
वास्तविक नेपाली जीवन शैली र जीवन भोगाइका पीडाले मेरो मन च्वास्स छुन्छ । भौतिक दूरी टाढा भएपनि अनलाइनका अखबारे पानाहरू छिनछिनमा पल्टाउँछु । संसार कोभिड महामारीसँग लडिरहेको छ । सुविधासम्पन्न राष्ट्रका मन्त्रीहरू जनताको पीडा र अभावलाई सहन नसकेर आत्महत्या गरे भन्ने सुनिन्छ ।
सत्ता र प्रतिपक्ष, गरीब र धनीबीच कुनै भेदभाव छैन तर विडम्बनाको कुरा मेरो देशमा ‘नेताहरू भोटको राजनीति गरे, संविधानलाई बन्दक बनाए, सत्ता परिवर्तन हुने भयो, पार्टी फुट्ने र गाँसिने भए, राहत सामग्री वितरणमा धाँधली भयो, स्वास्थ्य सामग्री खरिदमा कमिसन खाइयो, व्यापारमा कालोबजारी भयो’ जस्ता नकारात्मक खबरबाहेक केही सुन्न र पढ्न पाइँदैन ।
विद्युतीय सञ्जालमा जेजस्ता अफवाहहरू सुन्नमा आएपनि सही समयमा सरकारको बन्दाबन्दी कार्यक्रमले नेपालीहरू अनाहकमा दुष्ट भाइरसको शिकार बन्नु परेको छैन । सरकारको दूरदर्शी र साहसी कदमलाई साधुवाद भन्नैपर्छ ।
युरोप र अमेरिकी सरकारको स्वास्थ्य प्रबन्धका तुलनामा नेपाल सरकारले गरेको स्वास्थ्य प्रबन्धलाई प्रशंसा गर्नैपर्छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालको स्वास्थ्य कदमलाई स्वागत योग्य काम भनेकै छ । अझै सरकारले देशमा कोभिडको टेस्ट, टेस्ट र रिटेस्ट गर्नुपर्ने धेरै काम बाँकी नै छन् । पीसीआर टेस्ट बढाउँदै जानुपर्ने अवस्था छ । विदेशमा रहेका लाखौं युवा जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्ने काम बाँकी नै छ ।
यो समय सत्ता र प्रतिपक्ष, धनी र गरीब, नाफा र घाटाको लेखाजोखा गर्ने बेला होइन । अहिलै सरकारको आलोचना र प्रशंसा गर्ने बेला आइसकेको छैन । अझै सत्ता र प्रतिपक्ष कसैले पनि सूक्ष्म जीवाणुशास्त्री र चिकित्सकको महत्त्व र गाम्भीर्यतालाई बुझेको जस्तो देखिँदैन । सरकारद्वारा विप्रेषणको विकल्पमा स्वनिर्भर नयाँ अर्थनीति अझै आए जस्तो पनि मलाई लाग्दैन । सरकार विरोधीबाट पनि कोभिड प्रतिरोधी सुझाव र सल्लाहभन्दा पनि सत्ता अभावको आक्रोश मात्र गुञ्जिएको महसूस हुन्छ ।
हरेक समस्यासँग सम्भावना पनि लुकेको हुन्छ । कोभिडले मानिसलाई बन्दी बनाएपनि अन्य प्राणीहरूले मानवीय बन्धनबाट मुक्ति पाएका छन् । विश्वभर नै वायु प्रदूषणमा कमी आएको छ । वातावरणीय विषाक्तता कम भएको छ । प्रकृति आफैंमा बोक्सी र आफैं धामी पनि हो । प्रकृतिमा रमाएका जीवजन्तुको विनाश नै अहिले कोभिड संकटको मूल कारक तत्व हो । मानिसको भूमिका प्रकृतिमा केवल क्षणिक व्यवस्थापकको रुपमा मात्रै हो ।
सही व्यवस्थापन गर्न सके प्रकृति वरदान हो, नत्र यही नै मानव जातिको अन्त्यका लागि अभिषाप पनि । मानव जातिले प्रकृतिको अत्याधिक दोहन गर्नाले अन्ततः आफूलाई नै यसरी चुनौती दिन्छ भनेर न सोच्यो, न त सम्झियो ।
मानव केवल प्रविधिको विकास, प्रकृतिको दोहन, अन्तरिक्षको खोज, बम–बारुदको निर्माण र युद्धको तयारीमा तल्लिन भयो । हिजोसम्म दम्भले भरिएको मानवीय स्वभावले आज प्रकृतिलाई नै महान् सम्झन थालेको छ । प्रकृतिको शरणमा पर्न बाध्य बनाएको छ । कोभिडले नै मानवलाई दम्भ र अहंकार त्यागेर नयाँ सोचाइ र मार्गमा लाग्न सिकाउँदैछ ।
विज्ञान र प्रविधिमा धेरै आशातित उपलब्धि हासिल गर्न नसकेपनि नेपाललाई प्रकृति, संस्कृति र पशुपतिनाथले साथ दिएकै छन् । राजनीतिले साथ नदिएपनि धन्य छ साथ दिने प्रकृति, संस्कृति र पशुपतिलाई । आखिर रोग र भोकको नियन्त्रण गरे मात्र राज्यको भूमिका देखिँदो रहेछ । बाँकी अन्य आवश्यकता त क्रमशः आउँदै र पूर्ति हुँदै जानेछन् ।
यो महामारीले गाउँघर, वनपाखा र उकाली–ओराली एकपटक सम्झायो । नेपालीपन र संस्कृतिको महत्त्व सिकायो । आशा गरौं बिग्रेको राजनीति सुध्रिनेछ, कोभिड नियन्त्रणमा आउनेछ अनि स्वदेशमै शिक्षा, स्वास्थ्य र स्वरोजगारमा नेपाल आत्मनिर्भर हुनेछ । आगामी दिनमा हामी सबै नेपालीले स्वदेशमै कला, संस्कृति र प्रकृतिको जगेर्ना गर्न पाइयोस् । जय मातृभूमि !
(डिभिजन वन कार्यालय बाग्लुङका सहायक वन अधिकृत थापा हाल स्पेनमा वन तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा अध्ययनरत छन् ।)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...