×

NMB BANK
NIC ASIA

आकर्षक नीति तथा कार्यक्रमलाई पछ्याउन नसकेको बजेट !

जेठ १५, २०७७

NTC
Premier Steels

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सिथिल बनेको अर्थतन्त्रको पुनरोत्थानमा केन्द्रित रहने भनिएको बजेट समस्या समाधानमा असफल देखिएको छ।

Muktinath Bank

संसदबाट पारित सरकारका नीति तथा कार्यक्रम कोरोनाका कारण उत्पन्न समस्या समाधानमा केन्द्रित रहेर आएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संसदमा आर्थिक वर्ष ०७७/०७८ का लागि सरकारका नीति तथा कार्यक्रम बाचन गरेकी थिइन्। संसदबाट पारित भएका वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गरिन्छ। नीति तथा कार्यक्रमले नै बजेटलाई दिशानिर्देश गर्छ।


Advertisment
Nabil box
Kumari

तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा पेश गरेको बजेटले उत्साह जगाउन नसकेको टिप्पणी भएको छ। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटबाट आफू प्रशन्न रहेको प्रतिक्रिया जनाए पनि पूर्वमाओवादी खेमाका केही नेताहरूले बजेटले निराशा उत्पन्न गराएको टिप्पणी गरे। 

Vianet communication

अर्थमन्त्री खतिवडाले ल्याएका पहिलो र दोस्रो बजेट पनि विवादमुत्तक्त रहेका थिएनन्। पहिलो बजेट आएपछि प्रचण्डले पुरक बजेट ल्याउनुपर्ने बताएका थिए। 

‘नीति तथा कार्यक्रम धेरै राम्रो आएको थियो, समस्या केन्द्रित थियो। नीति तथा कार्यक्रम बजेटले पच्छाउनुपर्थ्याे। त्यसो गर्न सकेन’ नेकपाका एक सांसदले भने, ‘प्रधानमन्त्रीको नीति तथा कार्यक्रमलाई अर्थमन्त्रीको बजेटले पच्छाउन सकेन। कोभिड-१९ लाई कसरी सामना गर्ने व्यवस्थित प्लान छैन।’

कोरोनाका कारण सिथिल बनेको अर्थतन्त्र उकास्न तथा बेरोजगारीको भयाभह अवस्थालाई सम्बोधन गर्न कुनै कार्यक्रम नआएकोमा नेकपाको एउटा पंक्ति निराश देखिएको छ। ‘अर्थतन्त्रलाई कसरी गतिशिल तुल्याउने भन्ने कुनै ठोस कार्यक्रम आएन, जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम पनि देखिएन’ बजेटबारे नेकपाका एक सांसदले टिप्पणी गरे। 

अर्थमन्त्री खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अतिहत्त्वाकाक्षी लक्ष्यसहित बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेका थिए। कोरोनाका कारण अर्थतन्त्र शिथिल बनेका कारण ७ प्रतिशतको आर्थिक बृद्धिको अपेक्षा कोरो कल्पना हुने जानकारहरू बताउछन्। 

बजेटपछिको प्रतिक्रियामा विपक्षी दलका नेता र व्यबसायीहरूले कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर कम गर्न नीति तथा कार्यक्रम असफल रहेको टिप्पणी गरेका छन्। 

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बावुराम भट्टराईले यस्तो विशिष्ठ परिस्थितिमा गत वषकै कार्यक्रम दोहोरिएको बताए। कोरोनाले सिर्जना गरेको संकटको अवस्थामा विशिष्ट प्रकृतिको बजेट ल्याउनु पर्नेमा विगतकै कार्यक्रम दोहोरिएको उनले दावी गरे। ‘यो क्यान्सर रोगको उपचारका लागि सामान्य झारफुक जस्तो देखियो,’ उनले भने। स्वास्थ्य क्षेत्रमा गत वर्ष ६८ अर्ब बजेट छुट्टाइएकोमा यसर्ष ९० अर्ब पुर्याइएको उदाहरण पेश गर्दै प्रश्न गरे- २२ अर्बले कोरोनासँग लडन सकिन्छ ? 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा. मीनेन्द्र रिजालले कोरोनाका कारण अर्थतन्त्र जोगाउन के गर्न सकिन्छ भन्नेबारे बजेट मौन रहेको बताए। कोरोनाको संकट अझै गहिरिने खतरा कायम रहेको समयमा अहिले आएको बजेटले संकट समाधान नगर्ने दावी गरे। ‘सरकारको असफलताको प्रमाणको रुपमा यो जस्तावेज आएको छ’ रिजालले भने। 

बिहीबार अर्थमन्त्री खतिवडाले साढे २ घण्टा लगाएर बजेट भाषण गर्दा नेकपा सांसदहरूले खासै टेबल ठटाएनन्। गत वर्षको बजेटका धेरै कार्यक्रम दोहोरिएपछि अर्थमन्त्रीले बजेट भाषण गर्दा नेकपाकै सांसदहरू निदाएका थिए। 

‘२०५१ सालको ९ महिने अल्पमतको सरकारको पालामा ल्याएको बजेटलाई अहिले पनि हामीले चुनावको बेलामा बेचिरहेका छौं, तर लगातार ३ पटक बजेट ल्याउने अवसर पाए पनि अर्थमन्त्री खतिवडा जनप्रिय बजेट ल्याउन चुक्नुभयो,’ ती सांसदले लोकान्तरसँग भने। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x