कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जेठ २९, २०७७
कोरोना रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो समय सरकार असफल भएको निष्कर्षसहित जिल्ला र स्थानीय निकायहरूले परीक्षणका लागि धमाधम पीसीआर मेसिन किन्ने निर्णय गर्न थालेका छन् ।
बिहीवार तनहुँको म्याग्दे गाउँपालिकाको समन्वयमा तनहुँका १० वटै स्थानीय निकायका प्रतिनिधिहरू बसेर पीसीआर मेसिन किन्ने निर्णय गरेका छन् ।
तनहुँ जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँ जिल्लाको १० स्थानीयमध्ये म्याग्दे गाउँपालिकाको इनिसियसनमा पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको बताए ।
'कोभिड १९' को सवालमा सरकार र राज्यकातर्फबाट खासै जिम्मेवारी तोकेको छैन । तर पनि हामीले आफ्नो कर्तव्यअनुसार बैठक बसेर निर्णय गरेका छौं,' वाग्लेले लोकान्तरसँग भने, 'भारतबाट आएका थुप्रै दाजुभाइहरू छन् । तिनीहरूलाई पीसीआर गरेर समय पुगेपछि घर फिर्ता पठाउनु पर्ने हो, तर अहिले त्यसो भएको छैन ।'
उनले १४ दिनका लागि भनेर क्वारेन्टाइनमा राखिने तर २०/२२ दिनसम्म पनि परीक्षणको अभावमा उनीहरू क्वारेन्टाइन बस्नुपर्ने बाध्यता देखिएको बताए । 'कतिपयको रिपोर्ट होल्ड भएको छ, सरकारले नै ढिलो गरिरहेको छ,' उनले भने, 'पोखरामा रहेको प्रादेशिक अस्पतालमा भएको एउटा मेसिनले सबै जिल्लाहरूबाट गएको स्वाब परीक्षण गर्ने क्षमता राखेको छैन ।'
तनहुँमा रहेका ६ गाउँपालिकाका तर्फबाट ५० प्रतिशत र ४ नगरपालिकाले ५० प्रतिशत खर्च गर्ने गरी पीसीआर मेसिन किन्ने सहमति भएको छ ।
मेसिन भने शुक्लागण्डकी नगरपालिकास्थित गिरिजाप्रसाद कोइराला श्वासप्रस्वास केन्द्रमा राखिने सहमति भएको हो । जसलाई सरकारले कोभिड– १९ अस्पताल पनि बनाएको छ ।
'शुक्ला गण्डकी नगरपालिकालाई जिम्मा दिएका छौं,' जिसस प्रमुख वाग्लेले भने, 'नगरपालिकाले नेपाल सरकारको मापदण्डमा रहेको स्वास्थ्य निर्देशनालयसँग सम्पर्क राख्छ । लागत मूल्य लिएर टेन्डर गर्छ ।'
भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापाले कोभिड– १९ को महामारी कहिले के हुन्छ भन्ने स्पष्ट नभएकाले त्यसको तयारीस्वरूप पीसीआर मेसिन किनेर परीक्षण गर्ने गरी सहमति भएको जनाए ।
गुल्मी जिल्लामा पनि पहल शुरू
बहुउपयोगी पीसीआर मेसिन किन्ने पहल गुल्मी जिल्लामा पनि शुरू भएको छ ।
मंगलवार जिल्लाका स्थानीय निकाय र अन्य सरोकारवाला क्षेत्रका प्रतिनिधिहरूको बैठक बसेर पीसीआर मेसिन किन्नेबारे छलफल भएको थियो ।
गुल्मी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले लोकान्तरसँग कुरा गर्दै केन्द्र र प्रदेश सरकारको बोझ हलुका गर्ने भन्दै आफूहरूले पहल थालेको बताए ।
'संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँगै गुल्मी घर भएका विदेशमा बस्ने साथीहरूको सहयोगमा हामीले कोभिड– १९ अस्पताल नै निर्माण गर्ने हिसाबले छलफल गरेका हौँ ।'
उनले पीसीआर मेसिन मात्र नभएर जिल्लाको स्वास्थ्य सेवाकै स्थिति बढोत्तरी गर्ने हिसाबले अघि बढ्न चाहेको बताए ।
पीसीआर मेसिन कहाँ राख्ने भन्नेबारे मोटामोटी सहमति जुटिसकेको छ । पराजुलीकाअनुसार सदरमुकाम तम्घासमा रहेको एउटा खाली सरकारी भवनलाई अस्पतालकै रूपमा विकास गर्ने गरी तयारी भइरहेको छ । 'तम्घासमै हुन्छ होला, सरकारी भवन खाली छ र त्यसलाई प्रयोग गर्न सक्छौं कि भन्ने कुरा कुरा आइरहेको छ,' उनले भने ।
उनले मंगलवारको बैठकपछि ५ जनाको अध्ययन कार्यदल गठन गरिएको र उक्त कार्यदलले बिहीवार अपराह्न ३ बजे रिपोर्ट बुझाउने कार्यक्रम रहेको बताए ।
स्याङ्जाको वालिङ नगरपालिका पनि तात्दै
वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाणले लोकान्तरसँग कुरा गर्दै केन्द्र सरकारको भर पर्ने हो भने पागल भइने किस्सा सुनाए ।
'कोभिड– १९ नियन्त्रण र रोकथामका कुराहरू केन्द्रबाट सुन्ने हो भने पागल नै भइन्छ,' उनले भने, 'कहिले पीसीआर नगर भन्छन्, कहिले गर भन्छन् । कहिले परीक्षण नै नगरी १४ दिनमा लखेट्ने भन्छन् ।'
उनले आफ्नो तर्फबाट जनताको सुरक्षा गर्नका लागि पीसीआर मेसिन किन्ने निर्णय गरिएको बताए । 'हाम्रो तर्फबाट तयारी गर्ने हो, आफ्ना जनताको जिम्मेवारी लिने हो,' खाणले लोकान्तरसँग भने ।
उनले कोभिड– १९ अहिलेसम्म कम्युनिटीको चरणमा प्रवेश नगरेको तर यदि कम्युनिटीमा प्रवेश गर्ने स्थिति आयो भने आफूहरू दैनिक १ हजारसम्म परीक्षण गर्न सक्ने तयारी अवस्थामा बस्न नगरपालिकाले पीसीआर मेसिन किन्ने निर्णय गरेको बताए ।
'विदेशबाट आउनेभित्रै सिमित राख्न सकियो भने छुट्टै मेसिन आवश्यक छैन । अब तेस्रो मुलुकबाट आउनेहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । हाम्रो पहिलो प्रयास भनेको कम्युनिटी लेभलमा जान नदिने नै हो । यति गर्दागर्दै पनि कम्युनिटीमा गयो भने हामीलाई तत्कालै मेसिन चाहिन्छ,' उनले भने ।
उनले मेसिन जम्मा २० हजार डलरमा किन्न सकिने आफूले बुझेको बताए । '२० हजार डलर भनेको २४/२५ लाख नेपाली हुन्छ, त्योभन्दा जनताको स्वास्थ्य ठूलो हो ।'
त्यस्तै विदेशमा बस्ने झापा जिल्लाका नागरिकहरू पनि जिल्लामा एउटा पीसीआर मेसिन किन्ने अभियानमा लागिरहेका छन् ।
इजरायल बस्ने खेमराज जमरकट्टेलले आफूहरू आर्थिक अभियानमा लागेको बताए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...