×

NMB BANK
NIC ASIA

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधवार काठमाडौंमा शुरू स्थायी कमिटी बैठकका लागि ७ वटा एजेन्डा तय भएका छन् ।

Muktinath Bank

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार तय गरेर बुधवारको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेका ५ एजेण्डामा २ वटा थपिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकले ७ वटा एजेण्डा तय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सदस्यहरूको सुझावका आधारमा २ वटा एजेण्डा थपिएको उनले बताए । 

Vianet communication

पश्चिम रुकुममा भएको जातीय नरसंहारको घटना र नागरिकता विधेयकको विषय पनि नेकपाको बैठकका एजेण्डा बनेका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार पहिलो कार्यसूचीमा अध्यक्षद्वारा अहिलेको समसामयिक अवस्थाबारे बैठकको प्रारम्भमै मन्तव्य राख्ने र दोस्रोमा कोभिड– १९ रोकथाम नियन्त्रण र उपचारका लागि भइरहेका पहलबारे छलफल गर्ने छ ।

तेस्रोमा नेपालको सीमा समस्या समाधान, चौथोमा सरकारको कामको समग्र समीक्षा, पाँचौं पार्टीको कामको समीक्षा र संगठनको बाँकी काम तथा छैटौंमा एमसीसीबारे छलफल गर्नेगरी स्थायी कमिटी बैठकका एजेण्डा तय भएको छ । 

सातौं नम्बरमा विविध भनेर रुकुम घटनाका सन्दर्भ, नागरिकता विधेयक र कोभिड– १९ का कारण कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए । 

एजेण्डा तय भएपछि बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी, सरकारको कार्यभारबारे सकारात्मक सुझाव दिनेगरी स्वच्छ, आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए । 

सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक छलफल गर्न तथा कमजोरीको समीक्षा गरी आत्मआलोचना गर्न आग्रह गरे ।

स्थायी कमिटीको अर्को बैठक पर्सि १२ गते बस्ने श्रेष्ठले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x