×

NMB BANK
NIC ASIA

ओलीसँग निर्णायक वार्ताका लागि प्रचण्ड र माधव नेपाल बालुवाटारमा

साउन १, २०७७

NTC
Premier Steels

नेकपाभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् ।

Muktinath Bank

बिहीवारको छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । भेटवार्ता केहीबेर अघिबाट शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ओली र प्रचण्डले मात्र छलफल गर्दै आएका थिए । दुई अध्यक्षबीचको वार्ता निर्णायक चरणमा पुगेपछि नेता नेपाललाई पनि सहभागी गराउने भनिएको थियो ।


Advertisment
Nabil box
Kumari

भोलि बस्ने स्थायी कमिटी बैठकअघि निर्णायक वार्ताका लागि भन्दै प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् ।

Vianet communication

अध्यक्षद्वयबीच बुधवार पनि छलफल भएको थियो । हिजोको छलफलका आधारमा आज नेता नेपाललाई सहभागी गराइएको हो । 

असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक बीचमै रोकेर ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।

दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बताइए पनि सहमति जुटिसकेको छैन । 

स्थायी  कमिटी बैठकमा ओलीको राजीनामा माग गरिएपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको थियो ।

असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक साउन २ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x