×

NMB BANK
NIC ASIA

राजधानी विवाद

मुख्यमन्त्रीले एकाएक राजधानी र नामाकारणको प्रस्ताव लगेपछि मन्त्रीहरु नै आश्चर्यचकित

असोज १६, २०७७

NTC
Premier Steels

बुटवल । प्रदेश–५ को मन्त्रिपरिषद् बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । सो  बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले क्याबिनेटका मन्त्रीहरुलाई नै आश्चर्यचकित बनाउने गरी प्रदेश राजधानी र नामकरणको प्रस्ताव ल्याए ।  

Muktinath Bank

मुख्यमन्त्रीले ल्याएको प्रस्तावका विषयमा अन्य मन्त्रीले प्रतिवाद गर्न सकेनन् । उसो त त्यतिबेलासम्म अन्य मन्त्रीहरुलाई एकाएक राजधानी र नामकरणको विषय कसरी आयो भन्ने कुुरा समेत थाहा थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 बिहीबार नै प्रदेश स्थायी राजधानी दाङको देउखुुरी बनाउने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएअनुसार मुख्यमन्त्रीले प्रस्ताव अगाडि बढाएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पार्टीले दाङलाई राजधानी बनाउने निर्णय गरेअनुसार मुख्यमन्त्रीले क्याबिनेटमा प्रस्ताव ल्याएको बताए । यद्यपी उनले एकाएक ल्याइएको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् ।  
 उनले भने, ‘पार्टी अध्यक्षद्वयले सहमति गरेपछि त्यही अनुसार मुख्यमन्त्रीले एकाएक राजधानी र नामकरणको प्रस्ताव क्याबिनेटमा लैजानुभएको रहेछ ।’ 

Vianet communication

उनले थपे,  ‘मुख्यमन्त्रीले क्याबिनेटमा ल्याएको प्रस्ताव किन आयो भनेर विरोध गर्न पाइएन । म मन्त्री भए पनि एउटा सांसद पनि हुँ । मेरो धारणा संसदमा राख्छु ।’  क्याबिनेट बैठकपछि प्रदेशसभामा समेत प्रस्तुत भइसकेको प्रस्तावको विषयमा सोमबार छलफल हुनेछ । 
नेकपा संसदीय दलको बैठक शनिबार
प्रदेश राजधानीको विषयले राजनीतिक माहोल तातिइरहेको बेला नेकपा संसदीय दलको बैंक शनिबार बस्ने बताइएको छ । राजधानीका विषयमा सत्तारुढ नेकपाभित्र अन्तरविरोध रहेका कारण शनिबारको बैठकलाई महत्वका साथ हेरिएको छ । यद्यपी पार्टीकै निर्णय भएकाले बागमती प्रदेशमै जस्तो अन्तिममा भोटिङ हुने बेला विद्रोह हुने सम्भावना कम रहेको पनि कतिपयको भनाइ छ ।  नेकपामा अहिले दुुई तिहाई बहुमत छ । ८७ सांसद रहेको प्रदेशसभामा ६० सांसद नेकपामा छन् । 

स्थायी राजधानीको प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा पेश गरेका थिए ।  प्रस्ताव आएसँगै विरोधका स्वरहरु समेत सुनिन थालेका छन् । 
प्रमुख प्रतिपक्षी दल कांग्रेस  पूर्ववर्ती सरकारले घोषणा गरेको ठाउँ बुटवलमै राजधानी हुनुपर्ने पक्षमा रहेको छ भने उसले आन्दोलनमा उत्रिने समेत जनाएको छ । उसो काँग्रेसको भ्रातृ संगठन नेवि संघ आन्दोलनमा उत्रिसकेको छ । 

बुटवलमा विरोध भइरहँदा दाङमा भने खुसीयाली छाएको छ । विगतमा अस्थायी राजधानी तोक्ने समयमा समेत बुटवल र दाङमा आन्दोलन चर्किएको थियो । 

 



 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x