×

NMB BANK
NIC ASIA

राजधानी विवाद

किन थाम्न सकेनन् पौडेलले ? कसरी सम्भव भयो प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्न ?

असोज १६, २०७७

NTC
Premier Steels

प्रदेश–५ को राजधानी बुटवल कायम गर्नुपर्ने अडानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल पार्टीको सर्वोच्च निकाय सचिवालयमा एक्लै परेका छन् । सचिवालयका ९ मध्ये ८ जना सदस्य प्रदेशको राजधानी दाङ कायम गर्नुपर्ने पक्षमा देखिएपछि पौडेल एक्लै परेका हुन् । 

Muktinath Bank

रुपन्देहीबाट पटक–पटक निर्वाचित पौडेलले बुटवललाई प्रदेश राजधानी बनाउन जोडबल गर्दै आएका थिए । बुटवललाई प्रदेशको राजधानी बनाउनुपर्ने पौडेलको अभियानमा नेपाली कांग्रेसका नेताहरुले पनि साथ दिँदै आएका थिए ।  पौडेलको सक्रियतामा बुटवल विकास, निर्माण, पूर्वाधार र व्यापारिक केन्द्रका हिसाबले अग्रणी शहरका रुपमा स्थापित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शंकर पोखरेललाई सहमति दिएपछि प्रदेशको स्थायी राजधानी दाङ कायम गर्ने निर्णय हुन पुगेको विश्वस्त स्रोतले लोकान्तरलाई बताएको छ ।  


Advertisment
Nabil box
Kumari

सोही अनुसार शुक्रबार प्रदेश ५ सरकारले दाङ र अर्घाखाँची जिल्लाको केही भागलाई समेटेर दाङको भालुवाङ क्षेत्रमा राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा पेश गरेको थियो । स्रोतका अनुसार प्रदेशको राजधानी र नामाङ्‍कनको विषयमा निर्णय दिन माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका दुई अध्यक्षलाई यसै साता छुट्टै पत्र लेखेका थिए । 

Vianet communication

अध्यक्ष ओली र प्रचण्डले बिहीवार मुख्यमन्त्री पोखरेललाई प्रदेशको राजधानी तोक्ने विषय प्रदेश सभाको अधिकार भन्दै पार्टीबाट निर्णय गराउनु उचित नहुने जवाफ लेखेर पठाएका थिए । ‘प्रदेशको राजधानी र नाम टुंगो लगाउने अधिकार संविधानतः प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्ने विषय हो,’ अध्यक्षद्वयले लेखेको पत्रको ब्यहोरामा उल्लेख छ ।

यद्यपी बुटवलबाट दाङ सार्ने विषयमा सहमति जनाइदिन मुख्यमन्त्री पोखरेलले गरेको अनुरोधलाई अध्यक्षद्वयले ‘तपाईंको प्रस्तावमा हाम्रो सहमति छ’ भनेर जवाफ फर्काएको स्रोतको दाबी छ । अध्यक्षद्वयको त्यही जवाफको जगमा टेकेर पोखरेल दाङ कायम गराउने विषयमा अघि बढेका थिए ।

यसअघि प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने निर्णय पनि अध्यक्षद्वयकै सहमतिमा भएको थियो । 

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको  निर्णय अनुसार अधिकांश प्रदेशको राजधानी सोही स्थानमा तोकिएका छन् । यसअघि पनि बुटवलबाट प्रदेशको राजधानी सार्ने तयारी भएपछि विरोध भएको थियो । 
पूर्वाधारको हिसावले राजधानीका लागि बुटवल नै उपयुक्त हुने पूर्वाधार विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

काठमाडौंपछि पोखरा र भैरहवामा क्षेत्रीय स्तरका विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस हिसाबले पनि प्रदेश ५ को राजधानी बुटवल नै उपयुक्त हुने आवाज बलियो छ ।

बुटवलको पक्षमा पौडेल एक्लै 

प्रदेश ३ को राजधानी तोक्ने विषय अध्यक्षद्वयको सहमतिबाट भएपछि त्यसको विरोध भएको थियो । पौडेल बाहेक सचिवालयका सबै नेता दाङको पक्षमा उभिएपछि अध्यक्षद्वयले गरेको संकेतका आधारमा पोखरेलको जोडबलकै कारण राजधानी दाङमा सर्न पुगेको देखिएको छ । 

अध्यक्ष प्रचण्ड लगायत पूर्वमाओवादी खेमाका सबै नेताहरु दाङको पक्षमा उभिएका थिए । केही महिना पहिले दाङ पुगेर प्रचण्डले प्रदेशको राजधानी दाङ बनाउनु पर्ने बताएका थिए ।

 माओवादीको उद्गम थलो रुकुम–रोल्पालाइ पायक पर्ने ठाउँ दाङ हुने भन्दै उपाध्यक्ष वामदेव गौतम पनि प्रदेशको राजधानी दाङ राख्ने पक्षमा थिए ।

नेकपा भित्र विवाद चर्किरहेको समयमा पनि मुख्यमन्त्री पोखरेलले गौतमलाई भेटेर प्रदेशको राजधानी दाङ बनाउन लविङ गरेका थिए । 

प्रदेशको राजधानी दाङ सार्ने निर्णयपछि बुटवलमा स्वतस्फूर्त आन्दोलन शुरु भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x