०२ साउन २०८३, शनिबार

सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर, ६ वर्ष कैद र ५४ लाख रुपैयाँ जरिवाना

बैशाख ३१, २०८१
काठमाडौं
सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर, ६ वर्ष कैद र ५४ लाख रुपैयाँ जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा मनीष भनिने दुर्गासिंह तामाङ दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमवार तामाङलाई दोषी ठहर गरेको हो ।

विशेषले तमाङलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० (१) बमोजिम कसुरको मात्रा अनुसार ६ वर्ष कैद र उनीसँग कायम रहेको सम्पत्ति २७ लाख १७ हजार ५८ रुपैयाँ नौ पैसाको दोब्बर ५४ लाख ३४ हजार एक सय १७ रुपैयाँ ९२ पैसा जरिवानाको फैसला सुनाएको छ ।

लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएका तामाङ उच्च अदालत पुगे पनि उच्चले जिल्लाकै फैसला सदर गरेको थियो ।​

लागुऔषध कारोबार बापत प्राप्त गरेको सम्पत्तिको रुपमा २३ लाख ५० हजार बरामद भएको अवस्था र आर्जन गरेको अन्य सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको थियो ।

तामाङलाई विशेषले २०८१ वैशाख २४ गते दोषी ठहर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्