०८ साउन २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बैशाख ३१, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

कांग्रेस अनुपस्थित रहेको प्रदेश सभा बैठकमा राप्रपाले भने तटस्थमा मतदान गरेको थियो ।

सोमवारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । ६२ सांसद उपस्थित भएको बैठकमा ५ जना तटस्थमा देखिए । विपक्षमा भने शून्य मत खसेको थियो ।​

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसदले गरी ५७ जना सांसदले पक्षमा मतदान गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित थिए ।

गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका हुन् ।

उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति जेठ ९ गतेलाई तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्