चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको बहस सम्पन्न भइसकेको छ ।
अदालतको फैसलाको नजिकिँदै जाँदा अहिले सबैको ध्यान सर्वोच्च अदालततिर छ । मुलुकको अबको राजनीति कता जान्छ भन्ने कुरा धेरै हदसम्म सर्वोच्चको फैसलाले निर्धारण गर्नेछ ।
अदालतबाट प्रतिनिधि सभा विघटन सदर या बदर जे भएपनि नेपालको राजनीति दुर्घटनाउन्मुख रहेको कतिपय राजनीतिक विश्लेषकहरूको चिन्ता छ ।
यही विषयमा हामीले भारतका लागि पूर्व राजदूतसमेत रहेका कांग्रेस नेता दीपकुमार उपाध्यायसँग कुराकानी गरेका छौं ।
उनले अदालतले जेसुकै फैसला गरेपनि नेपालको राजनीति सही दिशातर्फ नजाने टिप्पणी गरेका छन् ।
लोकान्तरलाई उपाध्यायले दिएको धारणाको सम्पादित अंश :
नेकपाले इतिहासबाट पाठ सिक्न चाहेन/सकेन
नेकपाले आफ्नो घरझगडा मिलाउन नसकेको, विगतको इतिहासबाट पाठ सिक्न नसकेको या नचाहेको जस्तो देखिएको छ ।
यसमा नेपालीहरूको बीचमा अन्तरविरोध नभएसम्म द्वन्द्व नभएसम्म कसैले पनि अस्थीरता निम्त्याउन सक्दैन ।
नेपाली नेताहरूकै नियत ठीक नभएसम्म बाहिरी शक्तिलाई अहिलेको अस्थीरताको दोष दिन मिल्दैन ।
पटक-पटक एउटै गल्ती हामीले दोहोर्याएका छौं तर हामी अरूलाई दोष दिन खप्पिस छौं ।
हामीमाथि दबाब पर्यो भन्दै हिँड्छौं । हामी आफैं मिल्यौं भन्ने, आफैं फुट्यौं भन्ने तर दोष अरूलाई थुपार्ने कुरा घातक हो ।
ओली एक्लैको बलबुतामा प्रतिनिधि सभा विघटन भएको होइन
केपी ओली आफ्नो एक्लै हिम्मत गरेर अथवा एक्लैको बलबुतामा प्रतिनिधि सभा विघटन गर्ने कदम चालेको होइन ।
यहाँ अन्तर्राष्ट्रिय शक्तिदेखि लिएर राष्ट्रिय शक्ति पनि सहमतिको एजेण्डामा आउने देखेपछि ओली अघि बढेका हुन् । तर राजनीति भनेको सोझो र सरल रेखामा चल्दैन ।
ओलीले जसरी हिसाबकिताब गरेर अघि बढे, उनले चाहे अनुसारको परिणाम आउन सकेन ।
खास गरेर नेपाली कांग्रेस पार्टीले, राप्रपाले, संघीय समाजवादी पार्टीका पनि मधेशकेन्द्रित नेताहरू अझै प्रस्ट हुन सकेका छैनन् ।
भारतको स्वार्थ बोक्ने शक्ति, युरोपियन र अमेरिकी लबीबाट अब निर्वाचनका लागि प्रस्ट समर्थन हुन्छ र त्यही भरोसामा संवैधानिक र कानूनी रूपमा कुनै आधार नभएपनि प्रतिनिधि सभा विघटनमा समर्थन प्राप्त हुने र निर्वाचनमा देशलाई लैजाने ओलीको योजना थियो ।
देशले अस्थीरता भोगेकै कारण प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने गरी संविधान बनेको हो ।
पटक-पटक अस्थीरता, संवैधानिक जटिलता भोगेको नेपालमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने, प्रधानमन्त्रीले विभिन्न चरण पार नगरिकन प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था ल्याइएको हो ।
त्यसको प्रमाणका रूपमा संविधान सभाका अध्यक्ष, महान्यायाधिवक्ता र अन्य कतिपयले बोलिसकेका छन् । प्रधानमन्त्रीले पनि संसद्मै मैले प्रतिनिधि सभा विघटन गर्दिनँ भनेर भनेका थिए ।
आफू लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले प्रतिनिधि सभा विघटन गर्दिनँ भनेका प्रधानमन्त्रीले एकाएक लोभ, दबाब या अन्य कुनै कारणले पुस ५ गते हठात् विघटन गर्ने निर्णयमा पुगे ।
न्यायमूर्तिलाई पनि फैसला गर्न गाह्रो छ
जतिसुकै स्वार्थहरूको गठजोड भएपनि कानून, समाज जानेका जतिपनि भनौं न पूर्व प्रधानन्यायाधीश, कानून व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरूले संविधानवादको विरुद्धमा हो यो विघटन भनेर भनिरहेको अवस्था छ । यो निकै गम्भीर कुरा हो ।
न्यायमूर्तिहरूलाई पनि गाह्रो छ । सधैंभरि न्यायालयमा बस्ने होइन । रिटायरपछि सामाजिक जीवन त जिउनै पर्छ । त्यसैले गाह्रो भएको हो ।
जसरी तसरी छिटो निर्णय गरिदिउँ र चुनावमा जाउँ भन्ने हो भने पनि ढिलो भइसक्यो । अब विघटन सदर हुने भए पनि पनि निर्वाचन आयोगसँग समय छैन । समय घर्किसकेको छ ।
अब गर्ने भनेको पुस ५ गतेबाट ६ महिना (असार ५)सम्म शंकाको सुविधा सरकारलाई छ ।
त्यसपछि त संविधान नै विघटन हुने हो । सरकारको संवैधानिक वैधता अन्त्य हुन्छ । त्यसपछि संकटकाल लगाउने, राष्ट्रपति शासन लगाउनेभन्दा अरू विकल्प के छ र ?
अल्पनाश रोज्ने कि सर्वनाश?
यसमा अब के भने दुर्घटनाउन्मुख भइसक्यो । किन गयो भन्दा पुनःस्थापना गरेपनि 'अल्पनाश' हुने देखिन्छ ।
हिजोको जस्तो सांसद किनबेचको फोहोरी खेल नगरेर मिलेर सरकार बनाउने र चलाउने र चुनाव पनि अलि छिट्टै गरिदिने हो भने केही कम क्षति होला । त्यो पनि के हुन्छ थाहा छैन ।
प्रतिनिधि सभा विघटनलाई सदर गर्नु भनेको चाहिँ 'सर्वनाश' हुनु हो । यसअघि गिरिजाप्रसाद कोइरालाले तोकिएकै समयमा चुनाव गरे ।
उनी धन्यवादका पात्र छन् । तर अहिले विघटन सदर भएपछि पनि चुनाव हुने कुनै छाँटकाँट छैन । त्यसपछि चुनाव गर्न अर्को पात्र आउला भनेर कुरेर बस्ने त ?
विश्वमा कहीँ नभएको सत्तामा रहेका कार्यकारी प्रमुखले आमसभा गर्दै हिँड्ने ।
अदालत र निर्वाचन आयोगलाई प्रभावित पार्ने गरी अभिव्यक्तिहरू दिने खालको काम त कहीँ देखिएको छैन ।
विचाराधीन रहेको मुद्दामा कार्यकारी प्रमुखले नै धैर्यता देखाउन नसक्नुले देशलाई एउटा द्वन्द्वतिर लैजाने परिस्थितिको सिर्जना गरेको छ ।
प्रतिनिधि सभा पुनःस्थापना हुँदा या विघटन सदर हुँदा दुवै अवस्थामा नेपालीलाई पटक्कै सहज छैन । देश दुर्घटनाउन्मुख देखिन्छ ।
विघटन सदर भइहालेमा ओलीले आ-आफ्ना प्रभावका नेताहरूलाई जबरजस्ती तानेर एउटा कित्तामा उभ्याउन सक्लान् । पूर्वएमाले भनेका सबै आइएनजीओबाट प्रभावित हुन् ।
उनीहरूलाई पनि अत्यन्त दबाब पर्छ । जसरी पनि चुनाव गराउनै पर्छ भनेर उनीहरूलाई दबाब दिइयो भने सफल हुन सक्ला ।
चुनावको नाममा देशलाई द्वन्द्वमा लैजाने नै एजेण्डा हो यो । असारसम्म चुनाव गर्ने हो भने यस्तो सफलता प्राप्त गर्न सक्लान् ओलीले ।
नेकपाको आधिकारिकता विवाद समाधान नभएसम्म चुनाव असम्भव
तर निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको कुरा छ । जसको बहुमत छ उसैले आधिकारिकता पाउने हो ।
कानूनले अल्पमतलाई आधिकारिकता दिने परिकल्पना नै गरेको छैन । तर पनि आयोगलाई दबाब दिएर विवाद निरुपण गर्न दिइएको छैन ।
यदि ओलीकै पक्षमा विवाद निरुपण भयो भने पनि अदालतमा मुद्दा जान्छ । अदालतले समय खान्छ ।
चुनाव गराउने डिजाइन नै होइन यो । पार्टी मिलेपनि नमिलेपनि चुनाव हुन सक्दैन । अन्तर्राष्ट्रिय शक्ति केन्द्रको बलमा जतिसुकै चुनाव-चुनाव गरेपनि कुनै पनि हिसाबले असारसम्म चुनाव हुन सक्दैन ।
मैले शुरुमै भनें, यो केपी ओली एक्लैले सनकका भरमा चालेको कदम होइन । प्रधानमन्त्री, राष्ट्रपति, अन्तर्राष्ट्रिय शक्तिकेन्द्र र अरू पनि विभिन्न होलान्, प्रधानमन्त्री आफैंले शुरूमा सेटिङ भन्दै हिंडेका थिए ।
आफ्नै नेता नालायक भएपछि विदेशीलाई के दोष?
म चाहिँ विदेशी शक्तिलाई दोष दिन चाहन्न । जे कमजोरी छ, हाम्रै नेताहरूमा छ ।
दिवंगत भएका नेताहरू त छैनन् । तर अहिले जो छन्, उनीहरूले राष्ट्रिय सहमतिमार्फत देशलाई बचाउने प्रयास गर्न सक्छन् । ती सबैले मम भनेर जनतासमक्ष माफी माग्ने हो भने त केही होला । होइन भने देश द्वन्द्वमा गयो ।
बढी क्षति गराउने कि कम क्षति गराउने भन्ने कुरा अझै पनि नेताहरूकै हातमा छ ।
जुन हिसाबले नेकपाको विभाजन भएको छ, नेताहरूलाई पनि भविष्यको चिन्ता होला ।
पोलिटिकल करियरको चिन्ता होला । उनीहरूलाई आफ्नो र देशको पनि चिन्ता छ भने फेरि पनि आफ्नो धरातलमा आएर सोचून् ।
कांग्रेसका नेताहरूले पनि देशलाई सर्वोपरी राखेर सोच्न जरुरी छ । यसो भयो भने कम मूल्यको क्षतिमा समस्या समाधान गर्न सकिन्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...