पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
कोभिड– १९ नाम दिइएको कोरोना महामारीले झण्डै एक वर्षसम्म शिथिल बनाएको अर्थतन्त्र र जनजीवन चलायमान बन्न शुरू गर्दै गर्दा नेपालमा कोरोनाको दोस्रो लहरको त्रास बढेको छ ।
कोरोना महामारीका कारण गत वर्षको चैत महिनादेखि बन्द रहेका विद्यालय लामो कालखण्डपछि केही साता अघिमात्र सुचारू भएका थिए । शनिवार फेरि सीसीएमसीले तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिश गरेको छ ।
विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिसले मानिसहरूमा फेरि एक प्रकारको सन्त्रास बढेको छ । कोरोनका कारण लामो समय बन्द रहेको अर्थतन्त्र भर्खरै तंग्रिँदै थियो ।
उल्लेख्य विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकले नेपालको पर्यटन क्षेत्रलाई केही हदसम्म भए पनि राहत दिँदै आएको थियो ।
फाट्ट–फुट्ट विदेशी पर्यटक आउन थालेपछि सुस्ताएको पर्यटन व्यवस्थाले श्वास फेर्न शुरू गरेको छ ।
कोरोनाको संक्रमणको दोस्रो लहर फैलिने खतराका बावजुद पर्याप्त सावधानी अपनाएको देखिएको छैन । कोरोना संक्रमण फैलाउन सबभन्दा जोखिमपूर्ण ठानिएको राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भीडभाड कायमै छ ।
रेष्टुराँ र चिया पसलमा पनि मानिसहरू विना मास्क भीडभाड गरेर बसेको देखिन्छ । भीडभाड हुने ठाउँमा भौतिक दूरी कायम गर्ने तथा मास्क लगाउने र हातधुने जस्ता सावधानी अपनाउने कुरालाई सरकारले कडाइ गर्न जरुरी छ ।
जनताको जीवन रक्षा सरकारको मुख्य दायित्व हो । साथसाथै देशको अर्थतन्त्रलाई चलायमान र बनाइराख्नु अनिवार्य शर्त हो ।
जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्नेतर्फ सरकारले ध्यान पुर्याउन जरुरी छ ।
फेरि पनि लकडाउन या ‘सेमी लकडाउन’जस्ता अर्थतन्त्रलाई धक्का दिने कुनै पनि कदम देशले धान्न सक्दैन ।
सावधानीका उपाय अवलम्बन गर्दै आम नागरिकलाई कोभिडविरुद्धको खोप छिटोभन्दा छिटो लगाउने प्रबन्ध गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।
नागरिकमा चेतना र पर्याप्त सावधानीबाट कोरोना संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ ।
महामारीका बेला सरकारले गरेका आग्रहलाई नागरिकले अनुशरण गरे भने फेरि पनि लकडाउन गर्नुपर्ने आवश्यकता हुँदैन ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...