×

NMB BANK
NIC ASIA

फेवाताल जोगाउन बनाइएको ड्याम बाढीले बगायो, एक दर्जनभन्दा बढी घर जोखिममा

असार २४, २०७८

NTC
Premier Steels

फेवातालमा ग्रेगर र बालुवा थुप्रिनबाट रोक्नका लागि हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगाएको छ ।

Muktinath Bank

गएरातिदेखिको अविरल वर्षाका कारण ड्याम बगाएपछि तल्लो तटीय क्षेत्रका एक दर्जनभन्दा बढी (करीब १५) घर जोखिममा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा महानगरपालिका वडा २३, डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम गएरातिको वर्षापछि आएको बाढीले बगाएको हो । 


Advertisment
Nabil box
Kumari

फेवातालमा पानीको लागि मुख्य स्रोत हर्पन हो । 

Vianet communication

स्थानीय चेतबहादुर क्षेत्रीका अनुसार ड्याम निर्माणको २ वर्ष पूरा नहुँदै जगदेखि नै बगाएको छ । गत वर्ष पनि सो ड्याममा बाढीले क्षति पुर्‍याएको थियो । 

फेवातालको सिरान क्षेत्रका खोलाहरूबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिँदा बर्सेनि तालको गहिराइ घट्दै गएकोमा सिल्ट पोखरी र ड्याम निर्माणसँगै ताल पुरिनबाट जोगिने विश्वास थियो । 

त्यसबेला नै ड्याम निर्माणमा गुणस्तरहीन सामान राखेको भन्दै स्थानीयले विरोध जनाएका थिए । 

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि भन्दै हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलाका विभिन्न ४ स्थानमा ड्याम बनाइएको थियो । 

बेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइ र ४ मिटर उचाइको सिल्टेसन ड्याम बनाइएको हो ।

त्यसको जिम्मा सिल्टेसन ड्याम पिके जेभी कन्स्ट्रक्सनले लिएको थियो । 

पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम गीता/जयनेपाल ईश्वर जेभीले जिम्मा लिएको थियो । 

यसको लागत ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ थियो भने पोखरा २४ लौरुकखोलामा निर्माण भएको सिल्टेसन ड्याम खड्का कृष्ण/पिके जेभी दाङले ५ करोड ७४ लाख ८४ हजारमा बनाएको थियो ।

पोखरा २३ र २४ स्थित अँधेरीखोलामा निर्मित सिल्टेसन ड्याम खड्का कृष्ण/पिके जेभी दाङले नै निर्माण गरेको थियो । 

यसको लागत ९ करोड ६ लाख ४ हजार थियोे । तालको सिरान क्षेत्र हर्पनखोलामा बनाइएको ड्याममा ७ करोड ८८ लाख खर्च भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x