×

NMB BANK
NIC ASIA

यस्तो छ प्रदेश एकका दुई उपमहानगरको चुनावी भिडन्त

कात्तिक २०, २०७४

NTC
Premier Steels

इटहरी, ३० जेठ — प्रदेश एकका दुई उपमहानगरपालिकाहरू धरान र इटहरीमा मुख्य दलहरूका मेयर तथा उपमेयरका उम्मेदवारहरूको टुंगो लागेपछि चुनावी रौनक थपिएको छ ।

Muktinath Bank


धरान र इटहरीमा सबैभन्दा पहिले आफ्ना मेयर र उपमेयर टुंगो लाएको माओवादीपछि कांग्रेसले आफ्ना उम्मेदवारहरू सार्वजनिक ग–यो । एमालेले सबैभन्दा ढिलो जेठ २७ गते आफ्नो पार्टीको मेयर तथा उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेपछि त अब कुन पार्टीको को उम्मेदवार बन्ला भन्ने अड्कल र प्रक्षेपणहरू अन्त्य भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले नयाँ चुनावी अकंगणितका चर्चाहरू शुरु भएका छन् । सुनसरी जिल्लामा रहेका सीमा जोडिएका यी दुई उपमहानगरमा तराइको गर्मी र मतदानको गर्मी उत्तिकै आयतनले बढेको छ ।


Advertisment
Nabil box
Kumari

धरानमा राई, सुब्बा र बेघाको त्रिपक्षीय भिडन्त
धरानमा नेपाली कांग्रेसका उपमहानगर समिति सभापति तिलक राई, एमाले धरान अध्यक्ष तारा सुब्बा र माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा मेयरको चुनावी लडाईंमा छन् ।

Vianet communication


कांग्रेसका तिलक राई धरानमै जन्मिएका कांग्रेसी नेता हुन् । किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष समेत रहेका राईलाई कांग्रेस धरानका बलिया उम्मेदवार मानिन्छ । धरानको महेन्द्र बहुमुखी क्याम्पसको विद्यार्थी हुँदा नेविसंघको राजनीतिमा २०४८ सालमा प्रवेश गरेका राईलाई मेयर रेसमा रहेका आफ्नै पार्टीका लोकप्रिय नेता किशोर राईले पूर्ण सहयोग गरेको अवस्थामा राईले राम्रो मत ल्याउने कांग्रेस धरानको तर्क छ ।

सबै वडामा पार्टीका समितिहरू गठन भएको कांग्रेसको मत यसपटक धेरै राम्रो आउने र मेयर पक्का जित्ने कांग्रेसजनहरू बताउँछन् ।

एमालेका तारा सुब्बा धरानका पुराना वामपन्थी नेता हुन् । २०४० सालबाट धरानको निकेतन स्कूलमा पढ्दा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति शुरु गरेका सुब्बा धरानका सुकुम्बासी समुदायमा बढी रुचाइएका नेताको रूपमा चिनिन्छन् । पटकपटक धरान एमालेका अध्यक्ष भएका सुब्बालाई मेयर पदका लागि पनि अन्य कसैले पार्टीमा चुनौती नदिएकाले एमाले एकढिक्का भएर चुनावमा लाग्दा सुब्बालाई जित्न सजिलो हुने एमालेवृत्तको तर्क छ ।


धरानका विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत सक्रिय सुब्बालाई तटस्थ मतदाताहरूको समेत मत आएर उनी नै धरानको मेयर हुने एमालेको दाबी छ । धरानका चर्चित पूर्वमेयर मनोज मेन्याङ्बोसहितको चुनावी समूहले एमाले धरानलाई मेयर र उपमेयर दुवै जिताउने एमालेको तर्क छ ।

धरानका मेयर उम्मेदवारहरूमा सबैभन्दा कान्छा उम्मेदवार हुन् माओवादी केन्द्र धरानका इन्चार्ज र माओवादी केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य आइन्द्रविक्रम बेघा । पैंतीस वर्षीय बेघाले एमालेबाट राजनीति शुरु गरेका हुन् भने ‘माओवादी जनयुद्ध’सँगै उनी माओवादी प्रवेश गरेका थिए । एघार महिना बेपत्ता र तीन वर्ष जेल परेका बेघालाई युद्धकै बेलामा पाँचथरका माओवादीले अपहरण गरेका प्रजिअ डिल्लीराम लुइँटेललाई रिहा गर्ने शर्तमा राज्यले थुनामुक्त गरेको थियो ।


धरानमा माओवादीका एक्ला दाबेदार र संघीय समाजवादीसँगको आन्तरिक तालमेलका कारणले बेघाले राम्रो मत ल्याएर चुनाव जित्ने माओवादी केन्द्र धरानको तर्क रहेको छ ।

मेयरको तुलनामा कम चर्चा पाएका उपमेयरमा धरान एमालेबाट चर्चित युवा नेत्री मन्जु भण्डारी उठेकी छन् भने कांग्रेस धरानले श्यामा रेग्मीलाई उठाएको छ । माओवादी केन्द्रले भने संघीय समाजवादी फोरमका पारस कामबाङलाई उपमेयरका लागि समर्थन गर्ने चर्चा चलेको छ ।

इटहरीमा प्रसाईं, चौधरी, कार्की र जिमीको चारपक्षीय भिडन्त
प्रदेश एकको सम्भावित राजधानी शहरको रूपमा चर्चामा आएको पूर्वको केन्द्रमा रहेको इटहरीमा भने कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसबाट रोहित प्रसाईं, एमालेबाट द्वारिकालाल चौधरी, राप्रपाबाट रोहित कार्की र माओवादी केन्द्रबाट हरिमाया जिमी मेयरका लागि लड्दैछन् ।


कांग्रेसका प्रसाईं नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । इटहरी उद्योग वाणिज्य महासंघको दुई कार्यकाल अध्यक्ष र हाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य प्रसाईं इटहरीका पुराना कांग्रेसी नेता हुन् । इटहरीकै पृष्ठभूमि र राम्रो सामाजिक नेटवर्क भएकाले प्रसाईंले जित्ने इटहरी कांग्रेसका नेताहरू बताउँछन् ।

तर इटहरीका लोकप्रिय कांग्रेस नेता हेमकर्ण पौडेलले टिकट नपाएपछि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी र सडक आन्दोलनसमेत भएकाले प्रसाईंलाई आफ्नै कार्यकर्ताले भोट नहाल्ने हुन् कि भन्ने त्रास इटहरी कांग्रेसमा छ ।

नेविसंघका क्षेत्रीय सभापति टंक दाहालले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार हुने कुरा सार्वजनिक गरेपछि कांग्रेस इटहरी थप तनावमा परेको छ । तर टिकट नपाएका नगर सभापति पौडेल र मेयरका उम्मेदवार प्रसाईंसँगै चुनावी प्रचारमा हिँड्न थालेकाले कांग्रेसमा हाल कायम मतभेद लामो समय नरहने र कांग्रेसले इटहरीको मेयर जित्ने कांग्रेस नेताहरूको तर्क छ ।

एमाले सुनसरी अध्यक्ष समेत रहेका द्वारिकालाल चौधरी इटहरीको मेयरमा एमालेका उम्मेदवार हुन् । २०४९ र २०५४ सालमा लगातार हाल इटहरी उपमहानगरपालिकामै पर्ने हाँसपोसा गाविसका अध्यक्ष चौधरी आफ्नो समुदाय र एमाले पार्टीमा सबैले रुचाएका मध्यमार्गी नेताका रूपमा परिचित छन् । मेयरको रेसमा रहेका प्रमुख प्रतिस्पर्धी इटहरी एमाले इन्चार्ज रामप्रसाद चौलागाईंले नै चुनावी कमान्ड समालेपछि चौधरीको चुनावी लडाईं धेरै सहज हुने एमाले इटहरीका नेताहरू बताउँछन् ।


एमाले इटहरीका सफल भनिएका पूर्वमेयर सर्वध्वज साँवासहितको चुनावी प्रचारमा रहेको एमालेले आफ्नो जित सुनिश्चित भन्दै आएको छ ।


इटहरीको खनार क्षेत्रमा बढी नै लोकप्रिय रहेका नेता रोहित कार्की राप्रपा इटहरीका मेयरका उम्मेदवार हुन् । पूर्वमन्त्री रामकुमार सुब्बाको गृहनगर इटहरी राप्रपाको राम्रो प्रभावशाली क्षेत्र भएको र पछिल्लो समय दुवै राप्रपा मिलेकाले चुनावी जित निकाल्न सकिने राप्रपाको तर्क छ ।

माओवादी केन्द्र इटहरीले अन्य दलहरूको भन्दा फरक काम गर्दै मेयरमा महिला उम्मेदवार उठाएको छ । युद्धकालमा वीरता किराँती भनेर परिचित हरिमाया जिमीले माओवादी केन्द्रको संगठन र महिलाको तटस्थ मत पाएर मेयरको उम्मेदवार जित्ने माओवादी केन्द्रको दाबी छ ।

उपमेयरमा भने एमालेले लक्ष्मी गौतम, कांग्रेसले विमला ढकाल, राप्रपाले माया रायमाझी र माओवादी केन्द्रले सागर सुवेदीलाई मैदानमा उतारेका छन् । अन्तिम समयमा उपमेयरका सुवेदी मेयरमा र मेयरमा उठेकी जिमीलाई माओवादीले उपमेयरमा राखेर चुनावमा जाने चर्चा चलेपनि माओवादी नेता शिव डाँगी त्यो हल्ला मात्रै भएको बताउँछन् ।

‘एमाले आक्रामक, अन्य दल रक्षात्मक’
प्रदेश एकका दुवै उपमहानगरपालिका एमालेले जित्दै आएका क्षेत्रहरू हुन् । धरान र इटहरीमा बहुदल आएपछिका सबै स्थानीय निकायमा एमालेले जित्दै आएको थियो भने अघिल्ला संविधानसभाका २०६५ र २०७० दुवै चुनावमा पनि एमालेले इटहरीमा भारी मतान्तरले जित्दै आएको छ ।

धरानमा भने पहिलो संविधानसभामा माओवादी केन्द्रले जितेको थियो । इटहरीमा दोस्रो संविधानसभामा एमाले र कांग्रेसको मतान्तर सात हजार थियो भने धरानमा पच्चीस सय हाराहारी थियो । यो अंकगणितका आधारमा एमाले दुवै उपमहानगरमा बलियो देखिन्छ ।

विभिन्न जातीय समुदायका तटस्थ मतदाताहरूले आफ्नो समुदायको अनुहार हेरेर मत हाल्छन् अथवा पार्टी वा सिद्धान्त हेरेर हाल्छन् त्यो कुराले पनि पूर्वका दुई उपमहानगरको मत परिणाममा असर पार्ने चुनावी विश्लेषकहरू बताउँछन् ।

७९,२८२ मतदाता रहेको धरानको जनगणना २०६८ अनुसारका सबैभन्दा ठूला पाँच समुदायहरूमा क्रमशः राई (२८,५३६), खसआर्य (२४,४५६), लिम्बू (१६,०६१), नेवार (१५,२३७) र तामाङ (१०,००३) रहेका छन् ।
यता ७७,६७७ मतदाता रहेको इटहरीमा जनगणना २०६८ अनुसारका शीर्ष पाँच समुदायहरूमा खसआर्य (५०,७१७), चौधरी (२७,१००), राई (१२,३०५), नेवार (६,५४१) र लिम्बू (४,७४३) रहेका छन् । जनगणना २०६८ अनुसार धरानको जनसंख्या १ लाख ३७ हजार ७ सय पाँच रहेको छ भने अनलाइनमा उपलब्ध जानकारी अनुसार इटहरीको जनसंख्या १ लाख ४२ हजार ८ सय एक रहेको छ ।

एमाले आफूले जित्दै आएका पुराना पकेट क्षेत्रहरू जोगाउने अभियान सहित ‘आक्रामक’ ढंगले चुनाव प्रचारमा लागेको छ भने रक्षात्मक अबस्थामा रहेका अन्य दलहरू एमालेको ‘लाल किल्ला’ तोड्न ‘आक्रामक’ भएका छन् । तर एमालेको रक्षात्मक र अन्य दलको आक्रामक पोजिसन भनिएपनि पहिलो चरणको चुनावमा जस्तो मुख्य दलहरूबीचमा चुनावी तालमेल भने नहुने देखिएको छ ।

यहाँ कांग्रेस र माओवादी केन्द्र अनि एमाले र राप्रपाबीचमा गठबन्धन नबन्ने देखिएको छ । धरानमा भने माओवादी र संघीय समाजवादी फोरमबीचमा चुनावी एकता हुने भनिएपनि त्यसको समेत अन्तिम टुंगो लागेको छैन ।

त्यसैले प्रदेश एकका यी दुवै उपमहानगरको भिडन्त ‘वान भर्सेस वान’ नै हुने देखिएको छ जसले चुनाव झनै रोचक बनाउने स्थानीयहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x