×

NMB BANK
NIC ASIA

रञ्जुले भोट तान्न सकिनन्, इटहरीमा विवेकशीललाई ८ मत !

कात्तिक २०, २०७४

NTC
Premier Steels

इटहरी, २० असार — स्थानीय तहको निर्वाचनमा काठमाडौंमा राम्रै चर्चा बटुलेको विवेकशील नेपाली दलको दोस्रो चरणको निर्वाचनमा चाहिँ विजोग भएको छ ।

काठमाडौंमा स्टकोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी रञ्जु दर्शनाले राम्रै भोट ल्याएकी थिइन् । काठमाडौैंमा विवेकशील तेस्रो भएको थियो । तर रञ्जुको त्यही लय इटहरीमा देखिएन ।

इटहरीमा साझा पार्टीका मेयर र उपमेयरलाई समर्थन गरेको विवेकशील पार्टीले इटहरीको २० नम्बर वडामा विवेकशीलकै उम्मेदवार उठाएको थियो । वडाध्यक्ष उठेका ध्रुव भण्डारीले जम्मा ८ मत ल्याएपछि विवेकशीलको विजोग देखिएको हो ।

भण्डारीले मुठ्ठी कँसेको हात चुनाव चिन्ह लिएर उठेका थिए ।


तर इटहरीको वडा नम्बर २० मा ४६२८ मत खसेकोमा भण्डारीले ८ भोट मात्रै पाए । खसेको मतको दश प्रतिशत नल्याएमा जमानत नै जफत हुने व्यवस्था छ । उनले जमानत जफत गराएका छन् ।

विवेकशिलले जमानत जोगाउन ४६३ मत ल्याउन जरुरी थियो । तर विवेकशिलले ०.१७३ प्रतिसत मत मात्रै ल्यायो ।
काठमाडौंको मेयरमा ‘इस्टकोट’ चुनाव चिन्ह लिएर चम्किएको विवेकशील नेपाली दलले इटहरीको वडामा मुठ्ठी कसेको हात चुनाव चिन्ह ल्याएर उठ्दा खासै प्रभाव पार्न सकेन ।

रन्जुले समेत मत तान्न सकिनन्


आफूले उठाएको स्थानीय उम्मेदवार वडा स्तरीय भएपनि विवेशील सुनसरीले भने वडामै केन्द्रिय नेताहरु उतारेर प्रचार तिव्र पारेको थियो ।

विवेकशील नेपाली दलका केन्द्रिय व्यवस्थापिका प्रमुख गोविन्द नारायण र काठमाण्डौको मेयर रेसमा सानदार मत ल्याएकी रन्जु दर्शना समेत इटहरीमै आएर आफ्ना वडाध्यक्षका उम्मेदवार ध्रुव भण्डारीको प्रचार गरेका थिए ।
सामाजिक सञ्जाल र घरदैलो प्रचारमा राम्रो खटेको विवेकशील नेपाली दलले इटहरीमा धेरै मतदाताको मन जित्न सकेन ।

‘इटहरीमा रन्जु दर्शना आएर पनि मत तान्न सकिनन् जबकि रन्जुका धेरै समर्थकहरु इटहरीमा थिए’, इटहरीका युवा देवराज श्रेष्ठ भन्छन, ‘काठमाडाैंको पुरा महानगरको मत माग्दा रन्जुले आफ्नो राम्रो प्रदर्शन गरिन् तर इटहरीको एउटा वडामा मात्रै भोट माग्दा पनि विवेकशीलले जमानत समेत जोगाउन सकेन ।’

काठमाडाैंमा सामाजिक अभियानसँगै राजनीतीमा विवेकशिल आएकोले धेरैले पत्याएको बताएका श्रेष्ठ इटहरीमा विवेकशीलको आधारभूमि नबनेकोले कम मत आएको तर्क गर्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x