×

NMB BANK
NIC ASIA

के स्थानीय तह जनता लुट्न बनाइएको हो ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

मेयर जितेर कुर्चीमा बस्ने बित्तिकै नगरपालिकामा वृद्धभत्ता बढाएर चर्चा कमाउने खेललाई स्थानीय विकास मन्त्रालयले रोकेपछि निर्वाचित मेयरहरुको दोश्रो काम जनताले थाहा पाएका थिएनन् । काठमाडौंका नवनिर्वाचित मेयर बिद्यासुन्दर शाक्यले त्यसपछि मोबाइलतिर नजर डुलाए अनि गाडीहरुको पार्किङतिर पनि ध्यान पुर्याए । अन्य नगरपालिकाहरुमा पनि राजधानी शहर काठमाडौंका मेयरको शैली पछ्याउन थालियो ।

नेपालको गरिबी दर अझै पनि एसियाको औसतमा हेर्दा उच्च देखिन्छ । मानव बिकास सूचकाङ्कहरुमा नेपाल धेरै पछाडि देखिन्छ । गाउँं गाउँमा जनताको आधारभूत मानिएको स्वास्थ्य सेवाको पहुँच नपुगेकाले मानिसहरु सानो रोगको कारणबाट पनि अकालमा ज्यान गुमाउन बाध्य छन् । कतिपय जिल्ला सदरमुकामहरुमा मोटरबाटो पनि पुगेको छैन ।

बिदेशबाट सहयोग मागेर कतिपय स्थानीय तहले कुनै समितीमार्फत एम्बुलेन्स चलाइरहेका छन् भने कतिपय ठाउँमा भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर ‘भीख’को रुपमा दिएका जड्यौरी एम्बुलेन्स र स्कुलबसहरु चलिरहेका छन् ।

स्थानीय तह लुटको पर्याय बन्ने दिशातर्फ अग्रसर देखिन्छ । लहै लहैमा चुनाव भयो, लहै लहैमा अनपढहरु निर्वाचित भए । उनीहरुको गर्ने निर्णय पनि लहै लहैमा नै हुन्छ भन्ने कुरामा कुनै दुईमत रहेन ।

स्थानीय तहको काम जनतालाई केन्द्र सरकारसँग जोड्ने हो । केन्द्रबाट आएको निर्देशिका अनुसार जनताको आधारभूत आवश्यकतालाई स्थानीय श्रोत र साधनहरुकै प्रयोगबाट हल गर्न प्रयास गर्ने हो । चरम गरिबी भएका स्थानीय निकायहरुका निर्वाचित प्रतिनिधीहरुले समस्याहरुको कारण पत्ता लगाएर प्रदेश र केन्द्रीय सरकारलाई हल गर्न दबाब दिने हो ।

लेखक अर्याल


निर्वाचित भएर आएको दुई दिनमा सबै निर्वाचित प्रतिनिधिको हातहातमा मोबाइल थमाइदिने, सबै वडाध्यक्षहरुलाई मोटरसाइकलको ब्यबस्था गरिदिने, करको दायरा छोडेर दर बढाउँदै हिड्ने हो भने त्यस्ता निर्वाचित प्रतिनिधिहरु जनताका सेवक होइनन, शोषक हुन ।

यहाँ त चुनावी घोषणापत्रको पनि कुरा आउँछ । १०१ दिनमा काठमाडौंलाई नमूना महानगरपालिका बनाउने घोषणा गरेका मेयर शाक्यले ढलले बालिका बगाएको घटनाको जिम्मेवारी अझैसम्म लिएका छैनन् । बरु महानगरपालिकाकामा पार्किङ शूल्क लगाउने जस्ता कामका लागि हतारो गरेका छन् ।

स्थानीय तहको काम कर्तव्य र अधिकारसँग सम्बन्धित निर्देशिकाहरु जनताको हात हातमा पुर्याइनु पर्छ । ता की जनताले पाउने भनिएको कुन कुन सुबिधा पाइरहेको छ र कुन कुन सुबिधाको हरण भइरहेको छ । खोला नाला, बन, कृषि लगायतका आयका श्रोतहरुमा कसरी कर लगाइँदै छ र त्यो उपयुक्त बिकल्प हो कि होइन भन्ने बिषयमा जनस्तरबाटै छलफल हुनु जरुरी छ ।

काठमाडौं लगायतका अन्य महानगरहरुमा निर्वाचित प्रतिनिधिहरुले गर्ने पहिलो काम ढल तथा फोहोरहरुको निकास हो । सहरलाई स्वच्छ सुन्दर र सुरम्य बनाउने पहिलो जिम्मा निर्वा्चित प्रतिनिधिहरुकै हुन्छ । तर त्यो भन्दा दुई कदम अघि बढेर मोबाइल, गाडी र सवारी पार्किङको करतिर ध्यान जानु भनेको सरासर खराब र बेइमान इतिहास दोहोर्याउने खेलो हो ।

लाखौं खर्च गरेर चुनाव जितेकाहरुको लागि पहिलो प्राथमिकता भनेकै आफ्नो खर्च उठाउनतर्फ गएजस्ता देखिन्छ । जनताले त्यस्ता उम्मेदवारहरुलाई चिन्न सकेनन्, यो जनताको कमजोरीको रुपमा सँधै रहिरहने छ ।

विकसित देशमा स्थानीय सरकारले जनताको आधारभूत आवश्यकतालाई घर दैलो मै पुर्याउने जिम्मा लिएको हुन्छ । जनताले गरेका कृषिजन्य या अन्य उत्पादनहरुको बजार सहजीकरण गरिदिने काम गरेको हुन्छ । भौतिक संरचनाहरुलाई ब्यबस्थापन गर्ने काम देखी लिएर जनताका संपूर्ण प्रशासनिक कामहरुको जिम्मा स्थानीय स्तरमै भैरहेका हुन्छन । त्यसबाट पाठ सिकेर अबको पाँचबर्ष भित्रमा उल्लेख्य रुपमा गरिबी कम गर्नको लागी नेपालका अहिलेका प्रतिनिधिहरुले काम गर्ने सुनौलो अवसर छ ।

जनताको सेवा गर्ने अवसर भन्दा पनि जनतालाई लुट्ने अवसरको रुपमा लिएर देशलाई पुनः पछाडी धकेल्ने र गरिबी देखाएर बिदेशबाट फेरि ‘दान’ मागेर खाने प्रवृत्ति अहिलेको नेपालको बिकासको प्रमुख चुनौती हो ।

जनता भोकै बस्नु नपरोस, उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस, उत्पादित सामानहरुको बजार ब्यबस्थापनमा सहजीकरण होस्, हरेक बालबालिका स्कुल जान पाउन, हरेक स्थानीय तहले निरक्षरतालाई उन्मुलन गरुन, आफ्नो ठाउँमा एक घर एक रोजगारी कार्यक्रम र एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गरुन । प्रशासनिक कामहरुको लागी जनताले कुनै झन्झट बेहोर्न नपरोस । हामिलाई यस्तो स्थानीय सरकार चाहिएको हो ।

यतिबेला जनताले खबरदारी गर्नुपर्ने बेला आएको छ । निर्वाचित प्रतिनिधिहरुले चुनाव अगाडि गरेको प्रतिवद्धका कागजहरु लिएर उनीहरुलाई बाचा कबुल गरे अनुसारको काम गराउन जनता आफैं लाग्नुपर्ने देखिन्छ । संचारको तीव्र बिकास भएको यो अवस्थामा कुनै पनि कुराहरु पारदर्शी बन्नु पर्छ र जे कुरा अपारदर्शी राख्न खोजिन्छ, त्यसको सामुहिक भण्डाफोर गर्नुपर्दछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x