×

NMB BANK
NIC ASIA

धमाधम चल्दै रेकर्डिङ र शूटिङ

कलाकारलाई तीज गीतको चटारो, अहिल्यैदेखि विदेशका कार्यक्रम तय

काठमाडाैं | असार २०, २०८०

NTC
तस्वीरमा बायाँबाट क्रमश: खुमन अधिकारी, पशुपति शर्मा, शान्तिश्री परियार र स्मृति तिमिल्सिना
Premier Steels

गायक पशुपति शर्माले यसपालि ५ वटा तीज गीत गाइसकेका छन् । यीमध्ये २ वटा उनकै सिर्जना हुन् । उनले गाउने तयारीमा रहेका गीतहरू पनि अझै केही छन् । 

Muktinath Bank

‘आफ्नै सिर्जनामा यसपालि ५–६ वटा तीज गीत आउलान्,’ उनले भने, ‘अरूको गाएको समेत गर्दा एक दर्जन जति पुग्लान् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीजमा महिलाले नाच्ने खालका गीतहरू खोज्ने भएका कारण आफ्ना गीतहरू सोही अनुसारको हुने पशुपतिले बताए । 


Advertisment
Nabil box
Kumari

‘कतिपय गीतमा नारीका बेदना, भावना पोखिएलान्, कतिपय गीतमा मायाप्रेमका कुराहरू पनि होलान्,’ उनी भन्छन्, ‘यद्यपि, धेरै तीज गीतचाहिँ दिदीबहिनीहरूलाई नचाउने खालकै हुनेछन् ।’ 

Vianet communication

यसै साताबाट आफ्ना तीज गीतको भिडियोको छायांकन समेत शुरू गर्ने उनले बताए । 

अर्का गायक खुमन अधिकारीले भने तीज गीतको शूटिङ शुरू गरिसकेका छन् । सोमवार एउटा तीज गीतको शूटिङ सकेका उनले मंगलवार दिउँसो स्टुडियो पुगेर अर्को एउटा तीज गीत रेकर्डिङ गरे ।

हिजोआज उनको दैनिकी तीज गीत रेकर्डिङ र शूटिङमा बित्न थालेको छ । केहीको रेकर्डिङ सकेका उनका पनि रेकर्ड गर्नका लागि केही तीज गीत पाइपलाइनमा छन् । 

रेकर्डिङ र भिडियो शूटिङ गरे पनि युट्युबमा सार्वजनिकचाहिँ साउन लागेपछि मात्रै गर्ने उनको योजना छ ।

यस वर्ष तीज असोज १ गते परेको छ । तीज आउन झण्डै साढे दुई महिना बाँकी रहँदा कलाकारहरू गीतको तयारीमा जुटिरहेका हुन् । 

विशेष गरी लोकदोहोरी क्षेत्रमा सक्रिय गायक–गायिका, गीतकार, संगीतकारदेखि निर्देशकसम्मलाई तीज गीतको चटारो हुने गर्छ । 

शूटिङमा सारिका केसी, रिना थापा मगरसहित मोडलहरू

गायिका शान्तिश्री परियारले असारमध्यसम्म ८ वटा तीज गीत गाइसकेकी छिन् । अझै केही तीज गीत गाउनुपर्ने छ । यसवर्ष आफ्नै युट्युब च्यानलका लागि पनि तीज गीत ल्याउने तयारी उनको छ । 

शान्तिश्रीको एकल स्वर रहने गरी गीतकार नेत्र अर्यालले तीज गीत तयार पारिरहेका छन् । त्यसमा संगीत भने गायक खेम सेञ्चुरीको रहनेछ । 

‘यसपालि पनि राम्रो–राम्रो कामहरू भएका छन्, फरक स्वादका तीज गीतहरू स्रोता–दर्शकले पाउनुहुनेछ,’ उनले भनिन् । 

स्टुडियोमा भने छैन विगतको जस्तो चहलपहल

तीज गीत रेकर्डिङ जेठदेखि नै शुरू हुने गर्छन् । असारमा त स्टुडियोहरूमा तीज गीत रेकर्डिङका लागि पालो कुरेर बस्नुपर्ने अवस्था हुन्थ्यो ।

यद्यपि, यस वर्ष भने स्टुडियोमा विगतमा जस्तो चहलपहल नदेखिएको गायक पशुपति शर्माले बताए । 

‘आर्थिक मन्दीको असर पनि होला, त्यसमाथि अहिले टिकटकका कारण युट्युबतिर पहिलेजस्तो भ्युज पनि देखिँदैन,’ उनी भन्छन् ‘यस वर्ष मैले तीज गीत रेकर्डिङको चहलपहल विगतमा जस्तो पाइनँ ।’ 

शूटिङमा मोडल अञ्जली अधिकारीसहित कोरस डान्सरहरू

झरीमै शूटिङ

निर्देशक स्मृति तिमिल्सिनाले विगतका वर्षमा असारको शुरूबाटै तीज गीतको छायांकन शुरू गर्ने गर्थिन् । यसपटक भने उनले असार १८ गते (सोमवार)बाट मात्रै छायांकन थालिन् । 

यसवर्ष तीज ढिला परेका कारण पनि छायांकनका गतिविधि ढिलो शुरू भएको उनको बुझाइ छ । 

अबका केही दिन उनी नियमितजसो तीज गीतको छायांकनमा व्यस्त हुनेछिन् । झरीमै भए पनि तीज गीतको छायांकन गरिने उनले बताइन् ।

धेरै तीज गीतको छायांकन पार्टी प्यालेसमा हुने गरेको छ । साउनबाट तीज गीतको भिडियोहरू सार्वजनिक हुने क्रम शुरू हुन्छ । 

स्मृतिले यस वर्ष तीज गीतको तयारीलाई लिएर विगतमा जस्तो चहलपहल नभएको आफूलाई लागिरहेको बताइन् । 

चलेका गायक–गायिकाको तीज विदेशमा

तीज गीतमा रुचाइएका अधिकांश गायक–गायिकाहरूको डिमान्ड विदेशमा बढी हुने गर्छ । यसअगाडिका तीन वर्ष कोरोनाका कारण विदेशमा तीज विशेष कार्यक्रम कमै भए । 

यसपटकबाट भने विदेशका तीज विदेश कार्यक्रम लयमा फर्किने अनुमान गरिएको छ । चलेका अधिकांश गायक–गायिकाहरूले विदेशका तीज विशेष कार्यक्रम तय गरिसकेका छन् । 

गायक पशुपति शर्मा योपटकको तीजमा अस्ट्रेलिया पुगेर त्यहाँ रहेका नेपाली दिदीबहिनीलाई नचाउने तयारीमा छन् । अस्ट्रेलियाका दिदीबहिनी नचाएर उनी अमेरिका पुग्नेछन् । 

गायिका शान्तिश्री परियार तीजमा विदेशमै व्यस्त हुने भएकी छिन् । उनले अस्ट्रेलियामा १२ वटा तीज विशेष कार्यक्रम तय गरिसकेकी छिन् । अस्ट्रेलियाबाट उनी भारतको दिल्ली पुगेर तीज विशेष कार्यक्रममा प्रस्तुत हुनेछिन् ।

‘दिल्लीबाट इजरायल, इजरायलबाट दुबई अनि बल्ल नेपाल आउनेछु,’ उनले भनिन्, ‘यसपटक झण्डै एक महिना विदेशकै तीज विशेष कार्यक्रममा व्यस्त हुने भएकी छु ।’

अन्य थुप्रै गायक–गायिकाले पनि विदेशका तीज विशेष कार्यक्रम तय गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x